काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपराष्ट्रपतिको निर्वाचनमा जनमत पार्टीकी नेतृ ममता झालाई मत दिने निर्णय गरेको छ ।
उपराष्ट्रपति निर्वाचनमा मत दिने विषयमा बसेको सो पार्टीको पदाधिकारी र सांसदहरुको बैठकले झालाई मत दिने निर्णय गरेको हो ।
उपराष्ट्रपति चयनका लागि अहिले संसद भवन बानेश्वरमा मतदान भइरहेको छ । उक्त पदका लागि सत्ता गठबन्धन दलबाट जनता समाजवादी पार्टीका रामसहाय यादव, नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्य र जनमत पार्टीबाट झा उम्मेदवार रहेका छन् ।
जनमत पार्टी सत्ता गठबन्धनदलभित्रै रहेपनि उसले नेतृृ झालाई उपराष्ट्रपतिको उम्मेदवारको रुपमा उठाएको हो ।
वि.सं.२०७९ चैत ३ शुक्रवार १४:२१ मा प्रकाशित






























