back
CTIZAN AD

वल्र्डलिंकमा भित्रियो विदेशी कम्पनीको करिब २ अर्ब लगानी

वि.सं.२०७९ चैत ८ बुधवार

663 

shares

काठमाडौ । नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वल्र्डलिंकमा करिब दुई अर्ब लगानी भित्रिएको छ ।

सोमबार एक कार्यक्रमकाबीच ब्रिटिस इन्टरनेशनल इन्भेष्टमेन्ट र डोल्मा इम्प्याक्ट फण्डले वल्र्डलिंकमा १ अर्ब ९८ करोड संयुक्त लगानी गरेको कम्पनीले जानकारी दिएको हो ।

ब्रिटिस इन्टरनेशनल इन्भेष्टमेन्ट (बीआईआई)ले ८.४ मिलियन डलर अर्थात १ अर्ब ८ करोड रुपैयाँ लगानी गर्नेछ भने डोल्मा इम्प्याक्ट फण्डले ६.९ मिलियन डलर अर्थात ९० करोड नेपाली रुपैयाँ बराबरको लगानी गरेको कम्पनीले जनाएको छ ।

वल्र्डलिंकले ब्रिटिस इन्टरनेशनल इन्भेष्टमेन्टबाट यसअघि सन् २०१९ को अक्टोबरमा १२ मिलियन डलर अर्थात १ अर्ब ३५ करोड नेपाली रुपैयाँ बराबरको लगानी कम्पनीले भित्र्याइसकेको छ ।

यसअघिको लगानी र हालको लगानी गरी कम्पनीमा २७.२ मिलियन डलर अर्थात ३ अर्ब ३३ करोड बराबरको लगानी पुगेको छ, जुन इन्टरनेट सेवा उद्योगमा अहिलेसम्मकै सबैभन्दा उच्च हो । ब्रिटिस इन्टरनेशनल इन्भेष्टमेन्ट र डोल्मा इम्प्याक्ट फण्डको लगानीले थप एक हजार रोजगारी सिर्जना गर्न र कर्मचारीहरुको सीप अभिवृद्धिका लागि तालिम प्रदान गर्न मद्दत गर्ने कम्पनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक दिलिप अग्रवालले बताए ।

यस्तै ब्रिटिस इन्टरनेशनल इन्भेष्टमेन्टका प्रविधि र टेलिकमका प्रबन्ध निर्देशक अभिनव सिन्हाले थप लगानीमार्फत नेपालमा भरपर्दो र सस्तो इन्टरनेट सेवा पुग्ने र स्थानीय अर्थतन्त्रमा सहयोग हुने बताए । कार्यक्रममा नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले ब्रिटिस इन्टरनेशनल इन्भेष्टमेन्टले विश्वव्यापी रुपमा इन्टरनेट पहुँच प्रदान गर्न प्रयासरत रहेको वल्र्डलिंकलाई गरेको सहयोग र सहकार्यले आफू गौरवान्वित भएको बताइन् ।

त्यसैगरी डोल्मा फण्ड म्यानेजमेन्टका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत प्राध्यापक टिम गोचर ओबीईले नेपालमा सबैभन्दा छिटो आर्थिक फड्को मार्ने उद्योग डिजिटल भएको जानकारी दिए ।

वि.सं.२०७९ चैत ८ बुधवार ०८:२८ मा प्रकाशित

आजको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

सिटिजन्स बैंकद्वारा दृष्टिविहीन बालबालिकाका लागि ब्रेल शैक्षिक सामग्री सहयोग

सिटिजन्स बैंकद्वारा दृष्टिविहीन बालबालिकाका लागि ब्रेल शैक्षिक सामग्री सहयोग

काठमाडांै । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

बीमा बजार सुधार र आगामी रणनीतिबारे ‘राउन्ड टेबल’ छलफल

बीमा बजार सुधार र आगामी रणनीतिबारे ‘राउन्ड टेबल’ छलफल

विराटनगर । नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालयको आयोजनामा बीमा...

नाइमा नेपाल माेबिलिटी एक्सपाे २०२६ मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने

नाइमा नेपाल माेबिलिटी एक्सपाे २०२६ मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने

काठमाडौं, ६ जुलाई २०२६: नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन...

तनहुँका किसान निर्वाहमुखीबाट व्यावसायिक कृषि उद्यमतर्फ आकर्षित

तनहुँका किसान निर्वाहमुखीबाट व्यावसायिक कृषि उद्यमतर्फ आकर्षित

डुम्रे,तनहुँ । कृषि उत्पादन वृद्धि, रोजगारी सिर्जना र किसानको आयआर्जनमा...

गण्डकी प्रदेशका पाँच सर्वोत्कृष्ट र उत्कृष्ट कृषक सम्मानित

गण्डकी प्रदेशका पाँच सर्वोत्कृष्ट र उत्कृष्ट कृषक सम्मानित

कास्की । गण्डकी प्रदेश सरकारले प्रदेशका सर्वोत्कृष्ट र उत्कृष्ट पाँच...