back
CTIZAN AD

होण्डा टेक्निसियन स्किल कन्टेस्टमा गजुरेलले हात पारे ३० हजार नगद

वि.सं.२०७९ चैत ८ बुधवार

648 

shares

काठमाडौ । स्याकार ट्रेडिङ कम्पनी प्रालि सर्भिस डिभिजनको अगुवाइमा ‘होण्डा टेक्निसियन स्किल कन्टेस्ट–२०२३’ आयोजना गरिएको छ ।

होण्डाले आफ्नो डिलर नेटवर्कमा कार्यरत टेक्निसियनहरुको सीप र दक्षता अभिवृद्धि गर्ने र बिक्री पछिको सर्भिसको सेवा स्तर उत्कृष्ट बनाउने उदेस्यका साथ हरेक वर्ष यस्तो कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।

ललितपुरको ग्वार्को स्थित होण्डाको ट्रेनिङ सेन्टरमा आयोजित यस वर्षको कार्यक्रममा काठमाडौं, विराटनगर, जनकपुुर, पोखरा र भैरहवाबाट छनोट भएका २/२ जना प्रतियोगीहरु सहभागी थिए ।

प्रतियोगिता अवधि भर सहभागी टेक्निसियनहरु होण्डाको नियम तथा अनुशासन पालना गर्दै प्रतियोगितामा सहभागी भएका थिए । यस प्रकारको प्रतियोगिताबाट सहभागी टेक्निसियनहरुको कार्यदक्षता अभिवृद्धि हुनुको साथै आउँदो दिनमा अझै कार्यकुशलताका साथ अघि बढ्न उत्प्रेरणा मिल्ने विश्वास कम्पनीले गरेको छ ।

प्रतियोगितामा बज्रअटो महराजगञ्जका केशव गजुरेल प्रथम भए । उनले ३० हजार नगदसहति प्रमाणपत्र हात पारे । एसटीसी पोखराका झलेन्द्र इटानी दोस्रो भए । उनले २० हजार नगदसहित प्रमाणपत्र हात पार्दा नौदेवी मोटर्स् विराटनगरका विनोद शर्मा तृतीय हुँदै १५ हजार नगद तथा प्रमाणपत्र प्राप्त गरे । कार्यक्रममा सहभागी अन्यलाई प्रमाणपत्र प्रदानग गरिएको थियो । नेपाल अटो मेकानिक्स ट्रेड युनियनका अध्यक्ष प्रदिप घिमीरे, नाडा नेपालका प्रकाश कपुरी लगायत स्याकार होण्डाका विभिन्न डिभिजन प्रमुखहरुको सहभागिता रहेको थियो ।

 

 

वि.सं.२०७९ चैत ८ बुधवार ०८:३२ मा प्रकाशित

आजको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

सिटिजन्स बैंकद्वारा दृष्टिविहीन बालबालिकाका लागि ब्रेल शैक्षिक सामग्री सहयोग

सिटिजन्स बैंकद्वारा दृष्टिविहीन बालबालिकाका लागि ब्रेल शैक्षिक सामग्री सहयोग

काठमाडांै । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

बीमा बजार सुधार र आगामी रणनीतिबारे ‘राउन्ड टेबल’ छलफल

बीमा बजार सुधार र आगामी रणनीतिबारे ‘राउन्ड टेबल’ छलफल

विराटनगर । नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालयको आयोजनामा बीमा...

नाइमा नेपाल माेबिलिटी एक्सपाे २०२६ मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने

नाइमा नेपाल माेबिलिटी एक्सपाे २०२६ मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने

काठमाडौं, ६ जुलाई २०२६: नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन...

तनहुँका किसान निर्वाहमुखीबाट व्यावसायिक कृषि उद्यमतर्फ आकर्षित

तनहुँका किसान निर्वाहमुखीबाट व्यावसायिक कृषि उद्यमतर्फ आकर्षित

डुम्रे,तनहुँ । कृषि उत्पादन वृद्धि, रोजगारी सिर्जना र किसानको आयआर्जनमा...

गण्डकी प्रदेशका पाँच सर्वोत्कृष्ट र उत्कृष्ट कृषक सम्मानित

गण्डकी प्रदेशका पाँच सर्वोत्कृष्ट र उत्कृष्ट कृषक सम्मानित

कास्की । गण्डकी प्रदेश सरकारले प्रदेशका सर्वोत्कृष्ट र उत्कृष्ट पाँच...