back

कर्णाली प्रदेश योजना आयोगको उपाध्यक्षमा शाही नियुक्त

वि.सं.२०७९ चैत ९ बिहीवार

186 

shares
NTC AD
Global IME AD
NMB Bank Limited Long Ad Banner

कर्णाली । कर्णाली प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा योगेन्द्र शाही नियुक्त भएका छन् ।

मुख्यमन्त्री राजकुमार शर्माको अध्यक्षतामा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले शाहीलाई आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णबहादुर जिसीले जानकारी दिए ।

बुधबारकै बैठकले मुख्यमन्त्रीको प्रमुख प्रशासनिक सल्लाहकार विज्ञका रूपमा नेपाल सरकारका सेवा निवृत्त सहसचिव भरतकुमार शर्मालाई नियुक्त गर्ने निर्णय भएका उनले बताए ।

वरिष्ठ आर्थिक सल्लाहकारमा नेपाल राष्ट्र बैंकमा कार्यरत उपनिर्देशक डा शालिकराम पोख्रेललाई सिफारिस गर्ने बैठकले निर्णय गरेको छ । साथै बैठकले ‘कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठान स्थापना तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७९’ र कर्णाली प्रदेश खेलकुद विकास ऐन, २०७६’ लाई संशोधन गर्न बनेको विधेयकलाई प्रदेशसभा बैठकमा पेस गर्न स्वीकृति प्रदान गरेको छ ।

प्रवक्ता जिसीका अनुसार ‘भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको खाद्य अधिकार तथा सम्प्रभुता पहिलो संशोधन नियमावली, २०७९’ लाई पनि बैठकले स्वीकृत गरेको छ ।

भौतिक पूर्वाधार ऊर्जा तथा जलस्रोत मन्त्रालयमार्फत सञ्चालनमा रहेको रानीघाट तेलपानी १८ किलोमिटर सडक निर्माणको लागि १ दशमलव १४ हेक्टर वन क्षेत्रको जग्गा प्राप्त गर्नका लागि नेपाल सरकारसमक्ष मन्त्रिपरिषद् बैठकले सिफारिस गरेको बताइएको छ ।

वि.सं.२०७९ चैत ९ बिहीवार १५:३६ मा प्रकाशित

NLIC AD
NABIL bank AD
प्रादेशिक अस्पतालका समस्या समाधान गर्न प्रदेश सरकार तयार छः मन्त्री सिंह

प्रादेशिक अस्पतालका समस्या समाधान गर्न प्रदेश सरकार तयार छः मन्त्री सिंह

सिरहा । मधेस प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शत्रुधनप्रसाद सिंहले प्रादेशिक...

खेलाडी तुम्बापोको जीवनीमा आधारित चलचित्र ‘अञ्जिला’ निर्माण

खेलाडी तुम्बापोको जीवनीमा आधारित चलचित्र ‘अञ्जिला’ निर्माण

काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी गोलरक्षक एञ्जिला तुम्बापो...

बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको जेल सजाय छ महिना थपियो

बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको जेल सजाय छ महिना थपियो

ढाका । बंगलादेश सरकारले पूर्वप्रधानमन्त्री खालेदा जियाको जेल सजायलाई अर्को...

गुणस्तरीय शिक्षाका लागि स्थानीय तहले लैङ्गिकमैत्री बजेट ल्याउनुपर्नेमा मन्त्री चौधरीको जोड

गुणस्तरीय शिक्षाका लागि स्थानीय तहले लैङ्गिकमैत्री बजेट ल्याउनुपर्नेमा मन्त्री चौधरीको जोड

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले गुणस्तरीय...

हात्तीको आक्रमणबाट महिलाको मृत्यु, श्रीमान घाइते

हात्तीको आक्रमणबाट महिलाको मृत्यु, श्रीमान घाइते

झापा । झापाको शिवसताक्षी नगरपालिकामा जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको...

शान्तिपूर्ण रूपमा देशभर एकैसाथ एसइई परीक्षा

शान्तिपूर्ण रूपमा देशभर एकैसाथ एसइई परीक्षा

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले आजदेखि सञ्चालन गरेको यस वर्षको...