back
CTIZAN AD

कर्णाली प्रदेश योजना आयोगको उपाध्यक्षमा शाही नियुक्त

वि.सं.२०७९ चैत ९ बिहीवार

771 

shares

कर्णाली । कर्णाली प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा योगेन्द्र शाही नियुक्त भएका छन् ।

मुख्यमन्त्री राजकुमार शर्माको अध्यक्षतामा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले शाहीलाई आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णबहादुर जिसीले जानकारी दिए ।

बुधबारकै बैठकले मुख्यमन्त्रीको प्रमुख प्रशासनिक सल्लाहकार विज्ञका रूपमा नेपाल सरकारका सेवा निवृत्त सहसचिव भरतकुमार शर्मालाई नियुक्त गर्ने निर्णय भएका उनले बताए ।

वरिष्ठ आर्थिक सल्लाहकारमा नेपाल राष्ट्र बैंकमा कार्यरत उपनिर्देशक डा शालिकराम पोख्रेललाई सिफारिस गर्ने बैठकले निर्णय गरेको छ । साथै बैठकले ‘कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठान स्थापना तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७९’ र कर्णाली प्रदेश खेलकुद विकास ऐन, २०७६’ लाई संशोधन गर्न बनेको विधेयकलाई प्रदेशसभा बैठकमा पेस गर्न स्वीकृति प्रदान गरेको छ ।

प्रवक्ता जिसीका अनुसार ‘भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको खाद्य अधिकार तथा सम्प्रभुता पहिलो संशोधन नियमावली, २०७९’ लाई पनि बैठकले स्वीकृत गरेको छ ।

भौतिक पूर्वाधार ऊर्जा तथा जलस्रोत मन्त्रालयमार्फत सञ्चालनमा रहेको रानीघाट तेलपानी १८ किलोमिटर सडक निर्माणको लागि १ दशमलव १४ हेक्टर वन क्षेत्रको जग्गा प्राप्त गर्नका लागि नेपाल सरकारसमक्ष मन्त्रिपरिषद् बैठकले सिफारिस गरेको बताइएको छ ।

वि.सं.२०७९ चैत ९ बिहीवार १५:३६ मा प्रकाशित

दलको विधान संशोधन गर्दै रास्वपा

दलको विधान संशोधन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको विधान, २)८३...

किन कारबाही नगर्ने भन्दै ? भन्दै प्राधिकरणद्वारा एनसेलसँग स्पष्टीकरण माग

किन कारबाही नगर्ने भन्दै ? भन्दै प्राधिकरणद्वारा एनसेलसँग स्पष्टीकरण माग

काठमाडौँ, ३ भदौः नेपाल दूरसञ्चार प्राधिकरणले सेवाग्राहीले डाटा अफ गरेको...

स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष, उपाध्यक्षसहित सदस्यहरु नियुक्त

स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष, उपाध्यक्षसहित सदस्यहरु नियुक्त

नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (NHRC) को अध्यक्षमा डा. सुधा बस्नेत...

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको नवनिर्मित आफ्नै केन्द्रीय कार्यालय...

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा.डा ढुण्डीराज पौडेल नियुक्त

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा.डा ढुण्डीराज पौडेल नियुक्त

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलको अध्यक्ष पदमा प्रा. डा ढुण्डीराज...

चार महिनामा ११ हजार सरकारी कर्मचारीलाई कारबाही

चार महिनामा ११ हजार सरकारी कर्मचारीलाई कारबाही

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको राष्ट्रिय सतर्कता केन्द्रले...