back
CTIZAN AD

एनआरएनएद्वारा राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग सामग्री हस्तान्तरण

वि.सं.२०७९ चैत ९ बिहीवार

621 

shares

काठमाडौ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले राष्ट्रिय आविष्कार केन्द्रलाई रु ६३ लाख बराबरको सहयोग सामग्री हस्तान्तरण गरेको छ ।

सामाजिक साझेदारीको अवधारणाअन्तर्गत एनआरएनएले गोरखा भूकम्पपछिको पुनःनिर्माणका क्रममा सुरु गरेको लाप्राक बस्ती विकास आयोजनाका लागि खरिद गरिएका निर्माण उपकरण, औजार र सवारी साधन केन्द्रलाई सहयोगस्वरुप हस्तान्तरण गरिएको हो ।

हस्तान्तरण गरिएका उपकरण एवं सामग्री आविष्कार केन्द्रको वीरगञ्जस्थित कृषि औजार कारखाना लिमिटेडको पुनःस्थापनाका लागि प्रयोग गरिनेछ । सो अवसरमा सङ्घका कार्यकारी अध्यक्ष रविना थापाले नेपालका वैज्ञानिक तथा समाजसेवी महावीर पुनले राष्ट्रिय आविष्कार केन्द्रको स्थापनासहित मुलुकमा वैज्ञानिक अनुसन्धान, सूचना–प्रविधि तथा समाजका अन्य क्षेत्रमा राष्ट्रको उन्नति र सम्वद्र्धनका लागि पु¥याएको योगदानको प्रशंसा गरे ।

एनआरएनएले प्रदान गरेका ती उपकरणले प्रविधि र विज्ञानका क्षेत्रमा अतुलनीय योगदान पु¥याइरहेको आविष्कार केन्द्रलाई मद्दत पुग्ने आशा राखेको उनको भनाइ थियो ।

सङ्घका अध्यक्ष कुल आचार्यले विदेशमा बसेका नेपालीले आविष्कार केन्द्रलाई यथाशक्य सहयोग गर्ने प्रतिबद्धता जनाउँदै पुनको सक्षम नेतृत्वमा मुलुकभित्रै विभिन्न आविष्कार भइरहेकाप्रति खुसी व्यक्त गर्नुभयो । सङ्घले समृद्ध नेपाल निर्माणका लागि विदेशमा रहेका नेपालीले आ–आफ्नो स्थानबाट सहयोग गरिरहेको भन्दै अध्यक्ष आचार्यले आविष्कार केन्द्रमार्फत मुलुकमा नवीनतम् विकासका लागि साझेदारी गर्न पाउँदा गौरवान्वित महसुस भएको बताए ।

कार्यक्रममा आविष्कार केन्द्रका संस्थापक महावीर पुनले सङ्घले गरेको सहयोगप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि सहयोगको अपेक्षा राखेको बताए । कृषिप्रधान देश भए पनि कृषि औजार बनाउने कारखाना नै तीन दशकदेखि बन्द रहँदा आफूलाई केही गर्नैपर्छ भन्ने महसुस भएकाले पनि वीरगञ्जस्थित कृषि औजार कारखाना पुनःसञ्चालनको योजना अघि सारेको पुनको भनाइ थियो ।

उक्त योजनामा सङ्घले सहयोगका लागि अग्रसरता देखाएकामा पुनले खुसी व्यक्त गरे । देशैभरिका किसानले आविष्कार केन्द्रबाट ठूलो अपेक्षा राखेकाले पनि कृषि औजार कारखाना पुनःस्थापनाका लागि आफू अहोरात्र खटिरहेको उनको भनाइ थियो ।

समुदायको हितका लागि खरिद गरिएका सामग्री समुदायलाई नै हस्तान्तरण गर्ने मनशायसहित आविष्कार केन्द्रलाई सहयोग गरिएको सङ्घले जनाएको छ । राष्ट्रिय आविष्कार केन्द्रको सहयोगका लागि ‘मेक इन नेपाल’ र ‘स्थानीय नवप्रवर्तन’ को अवधारणाअन्तर्गत सङ्घ तथा सङ्घका अभियन्ताले व्यक्तिगतरुपमा आर्थिक सहयोग गर्दै आएका छन् ।

 

वि.सं.२०७९ चैत ९ बिहीवार १५:५८ मा प्रकाशित

दलको विधान संशोधन गर्दै रास्वपा

दलको विधान संशोधन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको विधान, २)८३...

किन कारबाही नगर्ने भन्दै ? भन्दै प्राधिकरणद्वारा एनसेलसँग स्पष्टीकरण माग

किन कारबाही नगर्ने भन्दै ? भन्दै प्राधिकरणद्वारा एनसेलसँग स्पष्टीकरण माग

काठमाडौँ, ३ भदौः नेपाल दूरसञ्चार प्राधिकरणले सेवाग्राहीले डाटा अफ गरेको...

स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष, उपाध्यक्षसहित सदस्यहरु नियुक्त

स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष, उपाध्यक्षसहित सदस्यहरु नियुक्त

नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (NHRC) को अध्यक्षमा डा. सुधा बस्नेत...

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको नवनिर्मित आफ्नै केन्द्रीय कार्यालय...

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा.डा ढुण्डीराज पौडेल नियुक्त

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा.डा ढुण्डीराज पौडेल नियुक्त

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलको अध्यक्ष पदमा प्रा. डा ढुण्डीराज...

चार महिनामा ११ हजार सरकारी कर्मचारीलाई कारबाही

चार महिनामा ११ हजार सरकारी कर्मचारीलाई कारबाही

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको राष्ट्रिय सतर्कता केन्द्रले...