काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) का नेता अशोक राईले गणतन्त्र र। संघीयताभित्र पहिचान माग्नेको हत्याको श्रृंखला नरोकिएको बताए ।
आइतबारको प्रतिनिधि सभा बैठकमा कोशी प्रदेशको नामाकंरणको शान्तिपूर्ण विरोध प्रदर्शनका क्रममा बर्बर ढंगले प्रशासनिक दमन र प्रहरीको प्रहार देखिएको बताउँदै नेता राईले सो दिन प्रदर्शनकारी हरुमध्ये संयुक्त संघर्ष समिति तथा संघीय लिम्बुवानका नेता पदम बहादुर लिम्बुको मृत्यु भएकोप्रति सभामुखमार्फत् सरकार तथा प्रदेश सरकारको ध्यानाकर्षण गराएका थिए ।
‘यस किसीमका दुःखद घटनाहरुको श्रृंखलाको अन्त कहिँ पनि भइरहेको छैन । संविधान जारी गर्ने सिलसिलामा भएको विरोध कार्यक्रम जसलाई मधेश आन्दोलन र मधेश जनविद्रोह पनि भनिन्छ । त्यो सिलसिलामा ५९ जना सहिद भएका थिए उनीहरुले आफ्नो हकअधिकारका लागि जीवन बलिदान गरेका थिए,’ नेता राईले भने, ‘त्यो श्रृंखला रोकियोस् भन्ने हाम्रो चाहना हो । शान्तिपूर्ण ढंगले जनताले आफ्नो अधिकार र पहिचान हो ।’
नेता राईले देशमा लोकतान्त्रिक परिपाटी र संघीयता स्थापना गरेको अवस्थामा लोकतन्त्रको सर्वोच्च रुप गणतन्त्र स्थापित गरिसकेको अवस्थामा गणतन्त्र भित्रै पहिचान माग्ने आन्दोलनकारीहरुको ज्यान लिने प्रक्रियाको श्रृंखलाको एउटा कडी फेरि थपिएको भन्दै यसलाई रोक्न अनग्रह गरे ।
विरोध प्रदर्शनका क्रममा गम्भीर घाईते भइका नेता लिम्बुको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चैत १० गते मृत्यु भएको थियो ।
वि.सं.२०७९ चैत १२ आइतवार १४:२१ मा प्रकाशित





























