back
CTIZAN AD

विमानस्थलको सेवा प्रभावकारी बनाउन उपप्रधानमन्त्री श्रेष्ठको निर्देशन

वि.सं.२०७९ चैत २५ शनिवार

876 

shares

काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मुलुकको पहिचानसँग जोडिएकाले सुरक्षामा कुनै कमीकमजोरी हुन नदिन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् ।

विमानस्थलको आज अनुगमन गर्दै उनले विमानस्थलको महत्व र यस निकायले दिनुपर्ने सुरक्षा, सेवा र वर्तमान सरकारको प्राथमिकताबारे निर्देशनात्मक सम्बोधन गरेका थिए । गृहसचिव विनोदप्रकाश सिंह र अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीसहित अनुगमनमा पुगेका उपप्रधानमन्त्री श्रेष्ठलाई अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत रामबाबु सुवेदी, नागरिक उड्डयन कार्यालयका महाप्रबन्धक प्रमुख प्रतापबाबु तिवारी एवं सुरक्षा निकायका अधिकारीले विमानस्थल प्रशासनका चालु गतिविधि र नयाँ योजनाको आवश्यकताबारे जानकारी गराएका थिए ।

उपप्रधानमन्त्री श्रेष्ठले विमानस्थलको हेल्पडेस्कलाई प्रभावकारी बनाउन र सम्पूर्ण गतिविधिलाई डिजिटलाइज गर्न जरुरी रहेको बताए । विमानस्थलको तत्काल र दीर्घकालीन सुधारका लागि १५ दिनभित्र पुनःसंरचना प्रस्ताव प्रस्तुत गर्नसमेत उहाँले सो अवसरमा निर्देशन दिए ।

निर्देशनात्मक मन्तव्यका क्रममा उपप्रधानमन्त्री श्रेष्ठले राष्ट्रिय सुरक्षा संवेदनशीलताको पाटोबाट विमानस्थल अत्यन्तै महत्वको ठाउँ भएकाले त्यसलाई कमजोर गर्ने कुनै पनि प्रवृत्ति र व्यवहारलाई छुट दिन नसकिने बताए । “अन्तर्राष्ट्रिय विमानस्थल भनेको राष्ट्रिय पहिचान हो”, उनले भने, “हामी अत्यन्त सक्रिय हुनु जरुरी छ ।”

नेपाल घुम्न आउने विदेशी पर्यटक र विदेशमा रोजगारी गर्न जाने नेपाली श्रमिक दुवैप्रति विमानस्थल प्रशासन अत्यन्त सहृदयी हुनु जरुरी रहेको उपप्रधानमन्त्री श्रेष्ठको भनाइ थियो । पर्यटकको प्रवेशद्वार आफैँमा त्यो देशको संस्कृति र सभ्यताको द्वार हुनुपर्ने धारणा उनको थियो । विप्रेषणबाट देशको अर्थतन्त्र धानिरहेका वैदेशिक श्रमिकलाई हेप्ने, दुःख दिने र झन्झट थोपर्ने काम सैह्य नहुने उपप्रधानमन्त्री श्रेष्ठले बताए । राजनीतिक परिवर्तनले हरेक क्षेत्रमा गुणात्मक सुधार स्थापित गर्न सक्नुपर्ने र सबै निकायबीचको सामूहिकता एवं अनौपचारिक सेवाभावले नै त्रिभुवन विमानस्थलको सुधार हुनसक्नेमा उनले सचेत गराए ।

वि.सं.२०७९ चैत २५ शनिवार २०:२७ मा प्रकाशित

प्रतिनिधिसभाबाट आर्थिक विधेयक पारित

प्रतिनिधिसभाबाट आर्थिक विधेयक पारित

काठमाडौँ । प्रतिनिधिसभाबाट आर्थिक विधेयक, २०८३ पारित भएको छ ।...

नाडाको स्वर्ण उत्सव भव्य रूपमा सम्पन्न

नाडाको स्वर्ण उत्सव भव्य रूपमा सम्पन्न

काठमाडौँ । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले आफ्नो ५०औँ वर्ष...

फेदीखोलामा दुईदिने स्काउट हाइकिङ तथा क्याम्पिङ सम्पन्न, ११३ विद्यार्थी सहभागी

फेदीखोलामा दुईदिने स्काउट हाइकिङ तथा क्याम्पिङ सम्पन्न, ११३ विद्यार्थी सहभागी

स्याङ्जा । स्याङ्जाको फेदीखोला गाउँपालिका को आर्थिक सहयोग तथा स्थानीय...

अब सिटिजन्स बैंकको वेबसाइट तथा मोबाइल बैंकिङमार्फत SIP आवेदन भर्न सकिने

अब सिटिजन्स बैंकको वेबसाइट तथा मोबाइल बैंकिङमार्फत SIP आवेदन भर्न सकिने

काठ्माडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सिटिजन्स क्यापिटल लिमिटेडको सहकार्यमा...

प्रतिनिधिसभाः समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

प्रतिनिधिसभाः समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले मुलुकको समसामयिक विषयमा सरकारको...