back
CTIZAN AD

पर्यटकको वृद्दिसँगै श्रीलङ्काको पर्यटन आयमा वृद्धि

वि.सं.२०७९ चैत २६ आइतवार

765 

shares

कोलम्बो । श्रीलङ्काको पर्यटन आयमा सन् २०२३ को पहिलो त्रैमासिकमा वृद्धि भएको छ ।

श्रीलङ्काको केन्द्रीय बैंकको पछिल्लो तथ्याङ्कअनुसार सन् २०२३ को पहिलो तीन महिनामा करिब ५३ करोड अमेरिकी डलर प्राप्त भएको छ । सन् २०२२ को सोही अवधिमा श्रीलङ्काले पर्यटनबाट ४८ करोड २३ लाख अमेरिकी डलर आम्दानी गरेको थियो ।

श्रीलङ्काले मार्च महिनामा १९ करोड ८१ लाख अमेरिकी डलर आम्दानी गरेको छ भने पहिलो त्रैमासिकमा पर्यटन आय ५२ करोड ९८ लाख डलर पुगेको तथ्याङ्कले देखाएको छ ।

श्रीलङ्काको पर्यटन उद्योगले सन् २०२३ मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ, जुन यसअघि १५ लाख थियो ।

पर्यटनबाट विदेशी मुद्रा आर्जन गर्ने विश्वका प्रमुख मुलुकमध्येको एक श्रीलङ्कामा कोभिड–१९ को महामारीका साथै आर्थिक तथा राजनीतिक सङ्कटका कारण पर्यटन क्षेत्र धरासायी भएको छ । (रासस÷सिन्ह्वा)

वि.सं.२०७९ चैत २६ आइतवार ०७:५० मा प्रकाशित

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

टिकाराम सुनार, सुदूरपश्चिम । माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली...

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखा । १२ औँ विश्व योग दिवसको अवसरमा गोरखामा एकदिवसीय...

पर्यटकको खचाखचले अन्नपूर्ण गुल्जार बन्यो अन्नपूर्ण आधार शिविर

पर्यटकको खचाखचले अन्नपूर्ण गुल्जार बन्यो अन्नपूर्ण आधार शिविर

सन्तोष गौतम, म्याग्दी । सोह्र वर्षअघिसम्म गुमनाम अन्नपूर्ण हिमालको आधार...

गर्मी छल्न भेडेटार आउने पर्यटकको कोसेली ‘अग्र्यानिक तरकारी’

गर्मी छल्न भेडेटार आउने पर्यटकको कोसेली ‘अग्र्यानिक तरकारी’

संगीता राई, धरान (सुनसरी) । साँझ पर्न थालेको छ ।...

बेगनासतालमा डुङ्गा दौड प्रतियोगिता हुने

बेगनासतालमा डुङ्गा दौड प्रतियोगिता हुने

पोखरा । पोखरा महानगरपालिका–३१ स्थित बेगनासतालमा यही बुधबार छैटौँ संस्करणको...