back
CTIZAN AD

थाइल्याण्डमा गोली चल्दा चारजनाको मृत्यु

वि.सं.२०७९ चैत २६ आइतवार

942 

shares

बैङ्कक । थाइल्याण्डको दक्षिणी भागमा शनिबार भएको गोलीकाण्डमा कम्तीमा चार जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

राजधानी बैंककबाट करिब ६०० किलोमिटर दक्षिणमा पर्ने सुरत थानी प्रान्तको खिरी राट निखोम जिल्लामा स्थानीय समयअनुसार साँझ ५ बजे सशस्त्र आक्रमण सुरु भएको थियो ।

“सशस्त्र आक्रमणबाट चार जनाको मृत्यु भएको छ,” स्थानीय प्रहरी प्रमुख क्रिआङक्राई क्राइकाउले एएफपीसँग भने ।

स्थानीय सञ्चारमाध्यमका अनुसार गाउँका एक पूर्व मुखियाको घर नजिकै गोली चलेको थियो ।

थाइल्याण्डमा बन्दुकको स्वामित्वको उच्च दर छ र विगत १२ महिनामा हिंसात्मक घटनाहरू निरन्तर भइरहेका छन् । यो अवधिमा हालैका केही दशकभित्र भएका सबैभन्दा घातक आक्रमणहरूमध्ये एक पनि समावेश छ ।

गत अक्टोबरमा उत्तरपूर्वी नोङ बुआ लाम फु प्रान्तमा एक पूर्व प्रहरी हवल्दारले ३६ जनाको हत्या गरेका थिए, जसमध्ये २४ जना बालबालिका थिए ।

गत महिना फेचबुरी प्रान्तमा भएको गोलीकाण्डमा तीन जनाको मृत्यु भएको थियो भने अन्य तीन जना घाइते भएका थिए । (रासस/एएफपी)

वि.सं.२०७९ चैत २६ आइतवार ०७:५३ मा प्रकाशित

भेनेजुएला भूकम्प : २४ देशबाट सहायता र सयौँ उद्धारकर्मी प्राप्त

भेनेजुएला भूकम्प : २४ देशबाट सहायता र सयौँ उद्धारकर्मी प्राप्त

काराकास, भेनेजुएला । भेनेजुएलामा केही दिनअघि देशलाई झट्का दिने विनाशकारी...

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

। वासिङ्टनले अमेरिका–इरान समझदारीले खाडी सहयोग परिषद् (जीसीसी) राज्यहरूको सार्वभौमिकता,...

आँधीले जापानमा उडान प्रभावित

आँधीले जापानमा उडान प्रभावित

टोकियो । दुई शक्तिशाली उष्णकटिबन्धीय आँधी जापानतर्फ अघि बढेसँगै देशका...

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

ला गुआइरा (भेनेजुएला) । उत्तरी भेनेजुएलामा बुधबार राति एक मिनेटभन्दा...

भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु, ७०० जना घाइते

भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु, ७०० जना घाइते

काराकास । भेनेजुएलामा बुधबार साँझ आएको शक्तिशाली भूकम्पमा कम्तीमा ३२...

द्वन्द्व सुरु भएयता ‘स्टेट अफ हर्मुज’ हुँदै ३६ वटा वस्तुवाहक जहाज आवतजावत

द्वन्द्व सुरु भएयता ‘स्टेट अफ हर्मुज’ हुँदै ३६ वटा वस्तुवाहक जहाज आवतजावत

पेरिस । इरानसँग सम्बन्धित द्वन्द्व सुरु भएयता सोमबार ‘स्टे«ट अफ...