तारा घिमिरे स्वेच्छा, सङ्खुवासभा
१
आमाको याद आउँछ धेरै भुलौला कसरी
जन्मायौ नौ महिना गर्भ राखेर (राखेर ईश्वर भाकेर)
पाइला मोडी नभेटी अन्तै डुलौला कसरी
२
अमृत दियौ काखमा राखी हुर्कायौ बढायौ
पाइनौ पेट भरी खान कहिले, कहिले भोक तिर्खा जहिले
बोकेर डोको मेलामा जाँदै दुखले पढायौ
३
सन्तान भन्दै हुरुक्कै भयौ उठेर रातमा
सुकायौ सन्तानको लागी आधा ज्यान,
आधा ज्यान हामीमा गयो ध्यान
बोकेर आयौ नखाई आफू कोसेली हातमा
४
अर्पण ग¥यौ ज्यानको बाजी राखेर तिमीले
नरुनु आमा तिमी धर्केर, धर्केर आउनेछु फर्केर
चपायौ सधैं फलाम चिउरा चाखेर तिमीले
५
आमाको मुख उज्यालो पार्न पसिना पुछ्ने छु
तिरौला गुण अमृत पिएको, पिएको फाटेको चोली सिएको
सपुथ तिम्रो सन्तान हुँ म पीडा त्यो बुझ्ने छु
वि.सं.२०८० वैशाख १६ शनिवार ०९:५५ मा प्रकाशित






























