back
CTIZAN AD

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ

वि.सं.२०८० वैशाख २६ मंगलवार

909 

shares

काठमाडाैं । पाकिस्तानका पूर्वप्रधानमन्त्री एवम् तेहरिक-ए-इन्साफ (पीटीआई) प्रमुख इमरान खान पक्राउ परेका छन् । बीबीसीले जनाएअनुसार उनलाई इस्लामावाद उच्च अदालत बाहिरबाट पक्राउ गरिएकाे हाे ।

इस्लामाबादका आईजीले एक विज्ञप्तिमा इमरान खानलाई अल-कादिर ट्रस्ट मामिलामा पक्राउ गरिएको बताएका छन्। इस्लामाबाद पुलिसले धारा १४४ अनुसार कारबाही हुने बताइएको छ।

पीटीआईका उपप्रमुख फवाद चौधरीले एक ट्विट गर्दै रेन्जर्सले खानलाई उच्च अदालत अगाडि गिरफ्तार गरेको जनाएका छन् । ‘इमरान खानको गाडी घेरिएको छ‚’ उनले ट्विटरमा लेखेका छन् ।

पिटिआईले राखेको भिडिओमा उनलाई ठूलो सुरक्षाकर्मीको समूहले घेरेर गाडीभित्र हालेको देखिन्छ।

खानलाई कुन मुद्दामा पक्राउ गरिएको भन्नेबारे भने अझै खुलेकाे छैन ।

वि.सं.२०८० वैशाख २६ मंगलवार १६:०८ मा प्रकाशित

प्रतिनिधिसभाको बैठक बस्दै, के-के छन् कार्यसूची ?  

प्रतिनिधिसभाको बैठक बस्दै, के-के छन् कार्यसूची ?  

काठमाडौँ ।  सङ्घीय संसद, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बिहान...

बाँदरको उपद्रोले किसानको वर्षभरीको  मेहनत जोखिममा

बाँदरको उपद्रोले किसानको वर्षभरीको  मेहनत जोखिममा

भोजपुर । भोजपुरमा बाँदरको बढ्दो उपद्रोले किसानको वर्षभरको मेहनत जोखिममा...

चापाकल खरिदमा अनियमितता गरेको आरोपमा अधिकृतसहित ११ जनाविरुद्ध मुद्दा

चापाकल खरिदमा अनियमितता गरेको आरोपमा अधिकृतसहित ११ जनाविरुद्ध मुद्दा

काठमाडौँ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको औरही नगरपालिकामा चापाकल...

काठमाडौँ उपत्यकामा अहिलेसम्मकै  धेरै ग्यास बिक्री

काठमाडौँ उपत्यकामा अहिलेसम्मकै  धेरै ग्यास बिक्री

काठमाडौँ ।  देशभर उल्लेख्य मात्रामा खाना पकाउने एलपी ग्यास बिक्रीवितरण...

विद्युतीय ऊर्जाको प्रयोग बढाउन महानगरको प्रोत्साहन अभियान 

विद्युतीय ऊर्जाको प्रयोग बढाउन महानगरको प्रोत्साहन अभियान 

कास्की ।  पोखरा महानगरपालिकाले विद्युतीय ऊर्जाको प्रयोग बढाउने उद्देश्यका साथ...

मानव अधिकार पुरस्कारका लागि सिफारिस आह्वान

मानव अधिकार पुरस्कारका लागि सिफारिस आह्वान

काठमाडौं । नेपाल सरकारले मानव अधिकारको संरक्षण र संवर्द्धनमा उल्लेखनीय...