
काठमाडाैं । बलिउड अभिनेता आमिर खान भारत फर्किएका छन् । काठमाडौंको बुढानीलकण्ठस्थित विपश्यना केन्द्रमा ध्यान गर्न आएका खान १० दिन नपुग्दै आज भारत फर्किएका हुन् ।
खान शुक्रबार बिहान १०ः ५० बजे इण्डिगो एयरलाइन्सबाट मुम्बई प्रस्थान गरेका थिए ।
विपश्यान मेडिटेशन बूढानीलकण्ठका अनुसार साथीको निधन भएका कारण उनी बीचमै ध्यान छाडेर फर्किएका हुन्।
ध्यान केन्द्रका अनुसार आइतबार नेपाल आएका आमिरको विपश्याना मेडिटेशन आगामी मे १८ तारिखमा सकिने तालिका थियो। तर साथीको निधनको खबर आएसँगै उनी बीचमै ध्यान छाडेर फर्किएका हुन्।
खान विपाश्यनाका लागि आइतबार नेपाल आएका थिए ।