back
CTIZAN AD

भ्युजका लागि युट्युबरले विमान नै दुर्घटना गराएपछि…

वि.सं.२०८० वैशाख ३० शनिवार

1.2K 

shares

काठमाडाैं । भिडिओ हेरिने सङ्ख्या (भ्युज) बढाउनका लागि नियतवश एक विमान दुर्घटना गराएका युट्युबरले दुर्घटनास्थल सफा गरेर सङ्घीय अनुसन्धानलाई अवरोध गरेकोमा दोष स्वीकारेको अमेरिकी अभियोजनकर्ताहरूले बताएका छन्।

२९ वर्षीय ट्रेभर ज्याकोबले सन् २०२१ को डिसेम्बरमा उक्त विमान दुर्घटनाको भिडिओ युट्युबमा पोस्ट गरेका थिए। उनले त्यो दुर्घटना नै भएको भन्दै जोड दिएको उक्त भिडिओलाई अहिलेसम्म २९ लाखभन्दा धेरै पटक हेरिएको छ। अदालतमा प्रस्तुत गरिएको दलिलमा उनले उक्त भिडिओ एउटा वस्तुको प्रायोजन सम्झौता अन्तर्गत खिचिएको जनाएका छन्।

२९ वर्षीय पाइलट तथा स्काइडाइभर उनले सङ्घीय अनुसन्धानमा अवरोध पुग्ने गरी गरिएको विध्वंस र त्यसलाई लुकाउने काम बापतको गम्भीर अपराध स्वीकारेको बिहीवार अमेरिकी न्याय मन्त्रालयले एक विज्ञप्तिमार्फत जनाएको छ। सन् २०२१ को नोभेम्बरमा ज्याकोबले सान्ट बार्बरा, क्यालिफोर्निया विमानस्थलबाट एक्लै उडान गरेका थिए। उनको विमानमा क्यामेराहरू जडान गरिएका थिए।

त्यसबाहेक उनीसँग प्यारासुट र सेल्फी स्टीक समेत थियो। उनी “आफ्नो गन्तव्यमा पुग्न चाहेका थिएनन् बरु उडानकै बखत आफ्नो विमानबाट निस्कने र प्यारासुटका सहायताले जमिनमा झरेको भिडिओ खिच्ने योजनामा थिए र त्यसबिचमा उनको विमान तल झर्दै दुर्घटना भयो,” सेन्ट्रल डिस्ट्रिक्ट अफ क्यालिफोर्नियाका लागि अमेरिकी न्यायाधिवक्ताको कार्यालयले जनाएको छ।

उक्त विमान उडान सुरु गरेको ३५ मिनेटपछि द लस पड्रेस न्याश्नल फरेस्टमा दुर्घटनाग्रस्त भएको थियो। उनी हिँड्दै उक्त स्थानमा पुगेर फुटेजहरू सङ्कलन गरे।

युट्युबमा उक्त भिडिओ हेर्नेहरूले उक्त दुर्घटनाबारे शंङ्का व्यक्त गरेका थिए। ज्याकोबले पहिल्यै प्यारासुट लगाएको र विमानलाई सुरक्षित तरिकाले अवतरण गराउने कुनै प्रयास नगरेको कुराले आफूहरूको ध्यान खिचेको उनीहरूले बताएका थिए।

उनले उक्त दुर्घटनाबारे न्याश्नल ट्रान्सपोर्टेसन सेफ्टी बोर्डमा जानकारी गराएका थिए। उक्त निकायले त्यहाँको भग्नावशेष संरक्षणको जिम्मेवारी ज्याकोबकै रहेको जनायो।

अदालतमा प्रस्तुत दलिलमा ज्याकोबले पछि दुर्घटनास्थल आफूलाई थाहा नभएको दाबी गरेका थिए। विज्ञप्तिमा भनिएको छ: त्यो उनलाई थाहा थियो र उनी हेलिकप्टरबाट फर्किए र भग्नावशेषलाई सुरक्षित पार्ने र हटाउने काम गरे जसलाई पछि उनले नष्ट गरे।

आउँदा सातामा अदालतमा ज्याकोबलाई प्रारम्भिक रूपमा उपस्थित गराइने अपेक्षा गरिएको छ। गत वर्ष उनको पाइलटको अनुमति पत्र रद्द गरिएको थियो। प्रतिक्रियाका लागि बीबीसीले गरेको आग्रहमा उनका वकिलले कुनै जवाफ दिएनन्। बीबीसीबाट

वि.सं.२०८० वैशाख ३० शनिवार १७:२९ मा प्रकाशित

फेदीखोलामा दुईदिने स्काउट हाइकिङ तथा क्याम्पिङ सम्पन्न, ११३ विद्यार्थी सहभागी

फेदीखोलामा दुईदिने स्काउट हाइकिङ तथा क्याम्पिङ सम्पन्न, ११३ विद्यार्थी सहभागी

स्याङ्जा । स्याङ्जाको फेदीखोला गाउँपालिका को आर्थिक सहयोग तथा स्थानीय...

अब सिटिजन्स बैंकको वेबसाइट तथा मोबाइल बैंकिङमार्फत SIP आवेदन भर्न सकिने

अब सिटिजन्स बैंकको वेबसाइट तथा मोबाइल बैंकिङमार्फत SIP आवेदन भर्न सकिने

काठ्माडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सिटिजन्स क्यापिटल लिमिटेडको सहकार्यमा...

प्रतिनिधिसभाः समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

प्रतिनिधिसभाः समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले मुलुकको समसामयिक विषयमा सरकारको...

प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे संसदमा स्पष्ट पार्नुपर्ने विपक्षीको माग

प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे संसदमा स्पष्ट पार्नुपर्ने विपक्षीको माग

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसहित विपक्षी दलहरुले मुलुककोे सीमा...

‘मौरिस हर्जोग’ पदमार्गको हुमखोलामा झोलुङ्गे पुल निर्माण

‘मौरिस हर्जोग’ पदमार्गको हुमखोलामा झोलुङ्गे पुल निर्माण

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण आधार शिविर...

दूधमा आत्मनिर्भर बन्दै बागलुङ

दूधमा आत्मनिर्भर बन्दै बागलुङ

बागलुङ । दश वर्षपहिले मलेसियाको रोजगारीबाट फर्किएका बागलुङ नगरपालिका–१२ लिलाधर...