back
CTIZAN AD

‘मोचा’ आँधीका कारण बङ्गलादेशको दक्षिणपूर्वी क्षेत्रमा व्यापक क्षति

वि.सं.२०८० जेठ १ सोमवार

867 

shares
ढाका । बङ्गालको खाडीमा एक दशक यताकै सबैभन्दा ठूलो आँधी ‘मोचा’ले आइतबार म्यानमार र दक्षिणपूर्वी बङ्गलादेशमा क्षति पु¥याएको छ ।
करिब २०० माइल प्रतिघण्टाको रफ्तारमा आएको आँधीबेहरीले विशेष गरी बङ्गलादेशको दक्षिणपूर्वी कक्स बजार जिल्ला र यसको अपतटीय टापुमा अत्यधिक क्षति पुगेको जनाइएको छ ।
कक्स बजार जिल्लाका डेपुटी कमिस्नर तथा डिस्ट्रिक्ट म्याजिस्ट्रेट शाहीन इमरानले सिन्ह्वालाई बताएअनुसार आँधीले घर र बालीनालीमा क्षति पु¥याएको छ र रुखहरु ढलेका छन् ।
अधिकारीका अनुसार कक्स बजारमा आएको आँधीका कारण कम्तीमा १२ हजार घर पूर्ण वा आंशिक रुपमा ध्वस्त भएका छन् ।
 उनले प्रभावित विकट क्षेत्रबाट जनधनको क्षतिका बारेमा आधिकारिक च्यानलमार्फत सूचना सङ्कलन भइरहेको जानकारी दिए । म्यानमारबाट आएका करिब १० लाख रोहिङज्या शरणार्थी रहेको बङ्गलादेशको कक्स बजार जिल्लाको शिविरमा रहेका सयौं अस्थायी आश्रयस्थलमा पनि क्षति पुगेको छ ।
अधिकारीहरूले आँधीका कारण प्रभावित क्षेत्रमा कुनै हताहती नभएको बताएका छन् ।
बङ्गलादेशका विपद् व्यवस्थापन तथा राहत राज्यमन्त्री एनामुर रहमानले कोक्स बजार जिल्लामा प्रभावितलाई सहयोग गर्न पर्याप्त कदम चालेको बताए ।
कोक्स बजारको तटीय जिल्ला र सेन्ट मार्टिन टापुसहित यसको अपतटीय टापुहरूमा खतरनाक सङ्केतसहित आँधीले अवतरण गरेको थियो ।
बङ्गलादेशको मौसम विभागका निर्देशक मोहम्मद अजिजुर रहमानका अनुसार सेन्ट मार्टिन टापुमा हावाको गति स्थानीय समयअनुसार आइतबार दिउँसो २ ः०० बजे अधिकतम १४७ किलोमिटर प्रतिघण्टा पुगेको थियो । राजधानी ढाकाबाट करिब ३०० किलोमिटर दक्षिणपूर्वमा रहेको तटीय कक्स बजार जिल्लाको सेन्ट मार्टिन टापुमा व्यापक बाढी आएको टिभी फुटेजमा देखिएको छ ।
मोचाले देशको अन्तिम सीमा पार गर्न थालेको छ, यसको आधा भाग म्यानमारतर्फ र बाँकी आधा बङ्गलादेशतर्फ गएको छ । बङ्गलादेशको कक्स बजार र म्यान्मारको सिट्वेको बीचमा १९५ किलोमिटर प्रतिघण्टाको रफ्तारमा बतास चलेको रहमानले बताए ।
 उनले मोचा पहिले नै कमजोर भइसकेको तर बङ्गलादेशको राजधानी ढाकालगायत केही स्थानमा सोमबार पनि मौसम खराब रहने  उनले बताए ।
बङ्गालको खाडीमा माछा मार्ने डुङ्गा, र सामुद्रिक पानीजहाजलाई अर्को सूचना जारी नभएसम्मका लागि सुरक्षित स्थानमा बस्न भनिएको छ । रासस/सिन्ह्वा

वि.सं.२०८० जेठ १ सोमवार १७:४५ मा प्रकाशित

प्रशिद्ध ब्रान्डको लोगो प्रयोग गरेर  नक्कली कन्डम आपूर्ति गर्ने सञ्जालको पर्दाफास

प्रशिद्ध ब्रान्डको लोगो प्रयोग गरेर  नक्कली कन्डम आपूर्ति गर्ने सञ्जालको पर्दाफास

ब्रसेल्स ।  युरोपेली संघ ९ईयू०ले चीनमा निर्मित दुई लाखभन्दा बढी...

दुई वर्षपछि विश्वव्यापी वैदेशिक लगानी बढेको संयुक्त राष्ट्रसङ्घको दावी 

दुई वर्षपछि विश्वव्यापी वैदेशिक लगानी बढेको संयुक्त राष्ट्रसङ्घको दावी 

जेनेभा  । संयुक्त राष्ट्र सङ्घले सन् २०२५मा दुई वर्षको गिरावटपछि...

श्रीलङ्कामा कारागार हिंसाको छानबिन सुरु, मृतक २७ पुगे

श्रीलङ्कामा कारागार हिंसाको छानबिन सुरु, मृतक २७ पुगे

कोलम्बो ।  श्रीलङ्काको नेगोम्बो कारागारमा भएको हिंसात्मक झडपमा मृत्यु हुनेको...

विश्वकप फुटवल : कोलम्बियालाई हराउँदै स्वीट्जरल्यान्ड ‘क्वार्टरफाइनल’मा

विश्वकप फुटवल : कोलम्बियालाई हराउँदै स्वीट्जरल्यान्ड ‘क्वार्टरफाइनल’मा

काठमाडौँ । कोलम्बियालाई हराउँदै स्वीट्जरल्यान्ड फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा...

मध्यपूर्व तनाव घट्दै, ओपेक प्लसले उत्पादन कोटा बढाउने सम्भावना

मध्यपूर्व तनाव घट्दै, ओपेक प्लसले उत्पादन कोटा बढाउने सम्भावना

लन्डन । मध्यपूर्वमा युद्धपछि देखिएको तनाव क्रमशः कम हुँदै गएसँगै...

हुथी विद्रोहीको आक्रमणमा १४ यमनी सैनिकको मृत्यु

हुथी विद्रोहीको आक्रमणमा १४ यमनी सैनिकको मृत्यु

एडेन । यमनको इरान समर्थित हुथी विद्रोहीहरूले लाल सागर (रेड...