back
CTIZAN AD

कृषि सहकारी र सानिमा रिलायन्स लाईफबीच सेवा सम्बन्धी सम्झौता

वि.सं.२०८० जेठ २ मंगलवार

876 

shares

काठमाडौं । नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेड तथा सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सबीच बीमा सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

सम्झौता अन्तर्गत देशभर रहेको नेपाल कृषि सहकारी केन्द्रीय संघको सदस्यता प्राप्त कृषि तथा साना किसान कृषि सहकारी संस्थाहरुका विपन्न तथा साना किसान सदस्यहरुलाई म्यादी जीवन बीमा सेवा प्रदान गर्ने योजना छ ।

म्यादी बीमा एक प्रकारको लागत प्रभावी जीवन बीमा योजना हो, यस योजना अन्तर्गत बिमितको मुत्यु भएमा बीमांक बरावर रकम प्रदान गरिने छ । संघले आफनो स्थापनाकाल देखि नै ग्रामीण गरिबी न्यूनिकरण र समोबेशीकरणका लागि आफनो सदस्यहरुको क्षमता वृद्धि गरी समाजिक पुँजीको विकास गर्न उत्पेरणा गर्ने नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको छ ।

संघले विविध कार्यक्रम मार्फत आफनो सदस्य संस्थाहरुलाई कृषि उत्पादन तथा उत्पादकत्वमा वृद्धि गर्न, व्यवसायिक योजना तथा रणनीतिक योजना बनाउन सहयोग पु¥याई गैर वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ । हाल यस संघबाट नेपालको ७७ जिल्लामा १२०० भन्दा बढी संस्थाहरुमा आवद्ध १२ लाख भन्दा बढी साना किसान परिवारहरूले सेवा लिई रहेका छन् ।

सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेड साविक रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेड र साविक सानिमा लाईफ इन्स्योरेन्स लिमिटेड एक आपसमा गाभिएर, प्रचलित नियम तथा कानून वमोजिम सम्वन्धीत नियमनकारी निकायवाट बीमा व्यवसाय संचालन गर्न अनुमति प्राप्त गरी बिमा व्यवसाय प्रदान गर्दै आईरहेको संस्था हो ।

विगत ५ वर्ष देखि संस्थाले बीमा क्षेत्रमा समय सान्दर्भिक तथा नयाँ कुरा प्रतिपादन गरी सेवा प्रदान गर्ने उद्देश्य सहित आफ्नो लक्षित ग्राहक वर्गहरुमा सेवा प्रदान गरिरहेको दाबी गरेको छ । यस योजना मार्फत देशभर छरिएर रहेका विपन्न तथा साना किसान सदस्यहरुलाई बीमाको परिधिभित्र समावेश गर्न कोशेढुंगा सावित हुने विश्वास गरिएको छ दुबै संस्थाले गरेका छन् ।

वि.सं.२०८० जेठ २ मंगलवार ०७:५६ मा प्रकाशित

बीमा बजार सुधार र आगामी रणनीतिबारे ‘राउन्ड टेबल’ छलफल

बीमा बजार सुधार र आगामी रणनीतिबारे ‘राउन्ड टेबल’ छलफल

विराटनगर । नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालयको आयोजनामा बीमा...

सिटिजन्स बैंक र जय नेपाल सिनेमाजबीच समझदारी

सिटिजन्स बैंक र जय नेपाल सिनेमाजबीच समझदारी

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र जय नेपाल सिनेमाज...

इतिहास रच्दै नेपाल लाइफ: Gold Award बाट सम्मानित

इतिहास रच्दै नेपाल लाइफ: Gold Award बाट सम्मानित

काठमाडाैँ । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ...

आई.एम.ई लाइफ इन्स्योरेन्स Bronze Award बाट सम्मानित

आई.एम.ई लाइफ इन्स्योरेन्स Bronze Award बाट सम्मानित

काठमाडौं । आई.एम.ई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स...

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो समता एजुकेशनलाई पाँच लाख सहयोग

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो समता एजुकेशनलाई पाँच लाख सहयोग

काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...