back
CTIZAN AD

बीमा कम्पनीहरुले कृषिसम्बन्धी बीमा पोलिसी र दाबी भुक्तानी बन्द गर्ने

वि.सं.२०८० जेठ २ मंगलवार

771 

shares

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले कृषि बिमालेख बन्द गर्ने भएका छन् ।

सरकारले कृषि बीमाशुल्कमा तोकेको अनुदान रकम भुक्तानी नगरेपछि आगामी जेठ ७ गतेदेखि कृषिसम्बन्धी बीमा पोलिसी र दाबी भुक्तानी बन्द गर्ने निर्णय कम्पनीहरुले गरेका हुन् ।

सरकारले कृषि बीमा शुल्कमा तोकेको अनुदान रकम मध्ये हालसम्म ३ अर्ब रुपैयाँ कम्पनीहरुलाई दिन बाँकी छ ।
पाउनुपर्ने रकम पटक पटक माग गर्दा पनि नपाएपछि नेपाल बिमक संघले नेपाल सरकारबाट प्राप्त हुनुपर्ने बाँकी वक्यौता अनुदान पूर्णरुपमा प्राप्त नहुन्जेल कृषिसँग सम्बन्धित सबै बीमालेख जारी नगर्ने र सो सँग सम्बन्धीत क्षतिको दाबी भुक्तानी समेत नदिने निर्णय गरेको हो ।

नेपाल सरकारले २०६९ देखि कृषक र कृषिलाई प्राथमिकता दिई कृषि बीमाशुल्कमा अनुदान दिन थालेको थियो ।

सरकारले २०७७ देखि नै कम्पनीहरुलाई रकम दिन बाँकी रहेको संघको भनाइ छ । संघका अनुसार सरकारले माछा बीमाको अनुदान रकम २०७७ देखि नै दिन बाँकी रहेको छ । बाली बीमाको अनुदान रकम २०७८ असोजदेखि चैत मसान्तसम्म आंशिक भई हाल सम्मको बाँकी रहेको संघले जनाएको छ । यस्तै, पशुपन्छी बीमाको अनुदान रकम २०७८ असोज देखिको बाँकी रहेको छ ।

सरकारले अनुदान रकम उपलब्ध गराउन संघले नेपाल सरकार कृषि तथा पशुपन्छी मन्त्रालय, कृषि विभाग र नेपाल बीमा प्राधिकरणलाई पटक पटक मौखिक तथा लिखित अनुरोध गरेको थियो । तर, हालसम्म पनि रकम प्राप्त नभएका कारणले बीमा कम्पनीहरु जोखिममा परेको संघले जनाएको छ ।

अनुदान रकम उपलब्ध गराउन सरकार कृषि तथा पशुपन्छी मन्त्रालय, कृषि विभाग र प्राधिकरणलाई पटक पटक मौखिक तथा लिखित अनुरोध गर्दा समेत हालसम्म रकम प्राप्त नभएको कारणले बीमा कम्पनीहरु अत्याधिक जोखिममा परेको संघको भनाइ छ ।

वि.सं.२०८० जेठ २ मंगलवार ०८:०६ मा प्रकाशित

तनहुँका किसान निर्वाहमुखीबाट व्यावसायिक कृषि उद्यमतर्फ आकर्षित

तनहुँका किसान निर्वाहमुखीबाट व्यावसायिक कृषि उद्यमतर्फ आकर्षित

डुम्रे,तनहुँ । कृषि उत्पादन वृद्धि, रोजगारी सिर्जना र किसानको आयआर्जनमा...

गण्डकी प्रदेशका पाँच सर्वोत्कृष्ट र उत्कृष्ट कृषक सम्मानित

गण्डकी प्रदेशका पाँच सर्वोत्कृष्ट र उत्कृष्ट कृषक सम्मानित

कास्की । गण्डकी प्रदेश सरकारले प्रदेशका सर्वोत्कृष्ट र उत्कृष्ट पाँच...

महोत्तरीका उखु किसानको करिब दुई अर्ब भुक्तानी

महोत्तरीका उखु किसानको करिब दुई अर्ब भुक्तानी

महोत्तरी । महोत्तरीका दुई चिनी उद्योगमा बुझाइएको उखुको करिब रु...

बर्डफ्लुबाट प्रभावित किसानलाई करिब ५२ करोड राहत उपलब्ध गराइने

बर्डफ्लुबाट प्रभावित किसानलाई करिब ५२ करोड राहत उपलब्ध गराइने

काठमाडौँ । पशुसेवा विभागले बर्डफ्लुबाट प्रभावित ११ जिल्लामा रोग नियन्त्रणका...

युट्युवले बनायो सुलोचनालाई कागती खेती व्यवसायी

युट्युवले बनायो सुलोचनालाई कागती खेती व्यवसायी

तुलसीपुर (दाङ) । अधिकांशका लागि सामाजिक सञ्जाल युट्युब मनोरञ्जन र...

पालिकाले दियो किसानलाई अनुदानमा फलफूलका विरुवा

पालिकाले दियो किसानलाई अनुदानमा फलफूलका विरुवा

कञ्चनपुर । कृष्णपुर नगरपालिकाले फलफूलखेती विस्तार गरी स्थानीय उत्पादन वृद्धि...