Logo
१८ जेष्ठ २०८०, बिहीबार
     Thu Jun 1 2023
E-paper
  English Edition
   Unicode
Logo

भारतका सात राज्यमा अत्यधिक गर्मी, आवस्यक सावधानी अपनाउन आग्रह



नयाँ दिल्ली । भारतको मौसम विज्ञान विभागले सातै राज्यका लागि ‘उष्ण लहर’ का कारण वातावरण अत्यधिक तातो रहने भन्दै नागरिकलाई आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ ।

विभागका अनुसार उत्तर प्रदेश, पश्चिम बङ्गाल, झारखण्ड, दक्षिण हरियाणा, पश्चिम राजस्थान, छत्तीसगढ र उत्तरी मध्य प्रदेशका केही क्षेत्रमा अत्यधिक गर्मीको सम्भावना रहेको छ ।

आगामी पाँच दिनसम्म उडिसाका साथै कोंकण क्षेत्र, आन्ध्र प्रदेश, तमिलनाडु र केरलामा सोमबारसम्म तातो र असहज मौसम रहने अनुमान गरिएको छ ।

भारतका चर्को गर्मीले कैयौँ राज्यमा प्रभाव जमाइरहेका बेला मानिसहरूले राहतका लागि आइसक्रिम र चिसो पेय पदार्थको प्रयोग गर्न थालेपछि सम्बन्धित उद्योगहरूले माग अनुसार सामान आप्रर्ति गर्नसमेत कठिनाई हुन थालेको बताएका छन् । (रासस÷एएनआई)

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिन्धुपाल्चोक । मेलम्चीको खानेपानी आयोजनाको मर्मतपछि पानी काठमाडौँ पठाइएको छ । यही जेठ ६

काठमाडौं । हाल देशमा पश्चिमी वायू साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ ।

नेपालगञ्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका–८ ठुडिया खोला नजिकै आज भएको दुर्घटनामा दुई जनाको मृत्यु

नवलपुर। जिल्ला प्रहरी कार्यालयले रु ४१ लाख बढीका पुराना सवारीसाधन बिक्री गरेको छ ।