back
CTIZAN AD

खल्तीबाट नेपाल लाइफ इन्स्योरेन्स भुक्तानी गर्दा क्यासव्याक अफर

वि.सं.२०८० जेठ १० बुधवार

687 

shares

काठमाडौं । ‘खल्ती’ ले नेपाल लाइफ इन्स्योरेन्सको प्रिमियम खल्तीबाट भुक्तानी गर्ने प्रयोगकर्ताका लागि अफर ल्याएको छ ।

यस अफर अन्तर्गत प्रयोगकर्ताले हरेक लाइफ इन्स्योरेन्सको प्रिमियम भुक्तानीमा १ हजारसम्म क्यासब्याक प्राप्त गर्नुका साथै वानप्लस ११ जित्ने मौका पनि पाउनेछन् ।

यो अफर खल्तीको ‘द बिगेस्ट पेमेन्ट जात्रा’ अन्तर्गत पर्दछ । जहाँ खल्तीबाट आफ्नो नेपाल लाइफ इन्स्योरेन्सको बीमा प्रिमियम भुक्तानी गर्ने प्रयोगकर्ता मध्ये एक भाग्यशाली विजेताले बम्पर उपहार स्वरुप वानप्लस ११ स्मार्टफोन, हरेक हाप्ता स्मार्ट टिभी, स्मार्टब्याण्ड, ‘खल्ती प्रो’ को मेम्बरसिप जित्न सक्नेछन् ।

यसका अतिरिक्त खल्ती प्रयोगकर्ताले कुनै पनि दुई सेवाको भुक्तानी गरी ‘द बिगेस्ट पेमेन्ट जात्रा’मा सहभागिता जनाउँदै पल्सर एन १६० जित्न पनि योग्य हुनेछन् । साथै, प्रयोगकर्ताहरूले आफ्नो बीमा प्रिमियम वा १०० भन्दा माथिको कुनै भुक्तानीमा करोडौंको उपहार र कुपनहरू भएको स्क्र्याच कार्ड प्राप्त गर्नेछन् ।

यस अफरका बारे ‘खल्ती’का प्रमुख कार्यकारी अधिकृत विनय खड्का भन्छन्, ‘खल्तीको ‘द बिगेस्ट पेमेन्ट जात्रा’ अन्तर्गत उपलब्ध गरेको बिभिन्न अफरले प्रयोगकर्ताहरुलाई डिजिटल भुक्तानीप्रति आकर्षित गर्ने कुरामा हामी विश्वस्त छौँ । यसका साथै अनलाइन भुक्तानी गर्न रुचाउने भएकाले यस अभियानमा विषेश अफरहरु प्रदान गर्दैछौँ ।’

नेपाल लाइफ इन्स्योरेन्स प्रिमियम भुक्तानी गर्ने प्रयोगकर्ताहरूलाई १००० क्यासब्याक जित्ने अफर जेष्ठ ३२ सम्म मान्य छ भने बाँकी बम्पर उपहारहरु प्रयोगकर्ताहरुले असार ३१ गतेसम्म जित्न सक्नेछन् ।

वि.सं.२०८० जेठ १० बुधवार ०८:२२ मा प्रकाशित

दक्षिण एसियामै BSc र MSc Professional Accountancy दुवै कार्यक्रम सञ्चालन गर्ने एकमात्र Recognised Teaching Centre (RTC) बन्यो BPC

दक्षिण एसियामै BSc र MSc Professional Accountancy दुवै कार्यक्रम सञ्चालन गर्ने एकमात्र Recognised Teaching Centre (RTC) बन्यो BPC

काठमाडौं। ब्रिटिश एजुकेशन ग्रुप (BEG) अन्तर्गत सञ्चालित ब्रिटिश प्रोफेशनल कलेज...

युट्युवले बनायो सुलोचनालाई कागती खेती व्यवसायी

युट्युवले बनायो सुलोचनालाई कागती खेती व्यवसायी

तुलसीपुर (दाङ) । अधिकांशका लागि सामाजिक सञ्जाल युट्युब मनोरञ्जन र...

पोखरा–दुबई उडान दिगो बनाउन पहल

पोखरा–दुबई उडान दिगो बनाउन पहल

गण्डकी । आगामी सेप्टेम्बर २३ देखि सुरु हुने पोखरा–दुबई हवाई...

पालिकाले दियो किसानलाई अनुदानमा फलफूलका विरुवा

पालिकाले दियो किसानलाई अनुदानमा फलफूलका विरुवा

कञ्चनपुर । कृष्णपुर नगरपालिकाले फलफूलखेती विस्तार गरी स्थानीय उत्पादन वृद्धि...

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको...

सानिमा बैंकद्वारा भारत–नेपाल रियल टाइम P2P भुक्तानी सेवा सुरु

सानिमा बैंकद्वारा भारत–नेपाल रियल टाइम P2P भुक्तानी सेवा सुरु

काठमाडौं।सानिमा बैंकले नेपाल क्लियरिङ हाउस (NCHL) सँगको सहकार्यमा भारत–नेपाल रियल...