back
CTIZAN AD

एनआईसी एशिया बैंकको भिडियो केवाइसी सुविधा शुरु

वि.सं.२०८० जेठ १० बुधवार

783 

shares

काठमाडौं । एन आई सी एशिया बैंकले आफ्ना ग्राहकहरूको लागि ल्याएको भिडियो केवाईसी ९भि केवाईसी० सेवा शुरु गरेको छ ।

सो सेवा अन्तर्गत अनलाईन भिडियो कल गरी केवाईसी विवरण अद्यावधिक, खाता सुचारु, बचत खाताको स्कीम परिवर्तन, हस्ताक्षर अद्यावधिक तथा मोबाइल नम्बर वा ईमेल ठेगाना अद्यावधिक गर्न सकिन्छ ।

अनलाईन खाता खोल्ने ग्राहकहरूको लागि भिडियो कलबाटै केवाईसी विवरण अद्यावधिक गर्न सकिने सेवा यसअघि नै शुरुवात गरिसकेको बैंकले अब थप पाँचवटा सेवा समेत यस प्रणालीमा जोडेको जनाएको छ ।

घर वा अफिसबाटै लिन सकिने यी पाँच नवीन सेवाहरू बैंकको वेबसाइटमा रहेको एप्लाई नाउमा ट्याब गरी केवाईसीबाट उल्लेखित सेवाहरू मध्ये ग्राहकहरूले इच्छाएको सेवा छनौट गरी बैंकलाई अनुरोध गर्न सक्ने छन् । ग्राहकले दिएको अनुकुल समयमा बैंकले सम्बन्धित ग्राहकलाई सम्पर्क गरी सेवा दिने व्यवस्था मिलाएको छ ।

परिवर्तित समयअनुरुप परिष्कृत सेवा तथा सुविधाहरू ल्याउने क्रमलाई निरन्तरता दिइरहेको बैंकले उल्लेखित सेवा प्रदान गर्न भिडियो कल गर्दा ग्राहकहरूले आफ्नो पहिचान खुल्ने कुनै एक परिचय पत्र ९नागरिकता, राहदानी, सवारी चालक अनुमति पत्र वा मतदाता परिचय पत्र० तथा सेतो कागज र कालो वा निलो मसी भएको कलम आफूसँग राखी बैंक कर्मचारीले माग गरे बमोजिमका विवरण तथा कागजात देखाउनु पर्छ ।

यस नयाँ सेवाको सुरुवातसँगै ग्राहकहरूको विद्यमान खातामा नयाँ विवरण राख्नका लागि केवाईसी विवरण अद्यावधिक गर्न, निष्कृय खातालाई सुचारु गर्न, चलिरहेको बचत खाता योजनालाई अर्कोमा परिवर्तन गर्न, खातामा रहेको हस्ताक्षर परिवर्तन गर्न र खातामा प्रयोग भएको मोबाइल नम्बर वा ईमेल ठेगाना परिवर्तन भएमा सो अद्यावधिक गर्न भि केवाईसी सेवा निकै नै लाभदायी हुनेछ ।

हाल ३७ लाखभन्दा बढी ग्राहकहरू माझ बैंकिङ सेवा प्रदान गर्दै आइरहेको बैंकले ल्याएको यस नवीन सुविधाबाट स्वदेश तथा विदेशमा रहेका लाखौं ग्राहकहरूले भिडियो कलबाट सेवा लिन सक्ने हुँदा उक्त सेवा लिन बैंकको शाखा कार्यालयसम्म भौतिक रुपमा उपस्थित हुनुपर्ने झन्झटबाट मुक्ति मिल्ने बैंकले विश्वास लिएको छ ।

एनआईसीले मुलुकभर ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०९ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित शाखा सञ्जाल मार्फत बैंकिङ सुविधा प्रदान गर्दै आएको छ ।

वि.सं.२०८० जेठ १० बुधवार ०८:२५ मा प्रकाशित

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको...

सानिमा बैंकद्वारा भारत–नेपाल रियल टाइम P2P भुक्तानी सेवा सुरु

सानिमा बैंकद्वारा भारत–नेपाल रियल टाइम P2P भुक्तानी सेवा सुरु

काठमाडौं।सानिमा बैंकले नेपाल क्लियरिङ हाउस (NCHL) सँगको सहकार्यमा भारत–नेपाल रियल...

यस्तो छ आजका लागि राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको...

ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम सुरु

ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम सुरु

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको आयोजनामा आर्टिफिसिएल इन्टेलिजेन्स (एआई)...

राष्ट्रिय वाणिज्य बैङ्कले सुरु गर्यो अनलाइन कर्जा आवेदन सेवा सुरुआत

राष्ट्रिय वाणिज्य बैङ्कले सुरु गर्यो अनलाइन कर्जा आवेदन सेवा सुरुआत

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैङ्कले आजदेखि अनलाइन कर्जा आवेदन सेवाको...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...