back
CTIZAN AD

एसेम्बलिङ उत्पादनलाई दिँदै आएको सुविधा कटौती नहोस् भन्दै नाडाको ध्यानाकर्षण

वि.सं.२०८० जेठ १० बुधवार

771 

shares

काठमाडौं । सरकारले आगामी बजेटको तर्जुमा गर्दा सवारी साधन एसेम्बल उद्योगलाई थप प्रोत्साहित गर्ने नीति अवलम्बन गर्नुपर्ने नाडा अटोमोबाईल्स एशोसिएशन अफ नेपालले बताएको छ ।

एसेम्बल उद्योगले आद्योगिक सिपको विकास गरी नेपालमा रोजगारी सृजना गर्न र नेपालबाट बौद्धिक जनशक्ति पलायनको समस्यालाई हल गर्न समेत मद्दत गर्ने भन्दै बजेटमा अवलम्बन गर्नुपर्ने नाडाको माग छ ।

सरकारले पटक–पटक नीति हेरफेरले नेपालमा नेपालमा एसेम्बलिङ उद्योग बन्द हुने अवस्था ल्याउने नाडाको भनाइ छ । नाडाले एक विज्ञप्ति जारी गर्दै सरकारले आगामी बजेटमा सवारी साधान एसेम्बलिङ उत्पादनलाई दिँदै आएको महशुलमा छुट लगायतको नीतिगत सुविधा कटौती गर्न लागेको भन्दै नाडाल विशेष ध्यान आकृष्ट गराएको हो ।

‘सरकारले सवै नागरिकले सवारी साधन प्रयोग गरुन भन्ने उद्धेश्यले सोही अनुरुप नीतिगत प्रोत्साहनका प्याकेजहरु ल्याउदै जानु पर्नेमा थोरै बर्षको अन्तरालमा भएकै नीतिहरुलाई समेत पटक पटक हेरफेर गर्दै जाने हो भने नेपालमा एसेम्बलिङ उद्योग खुल्ने त कुरै छाडौं भएकै एसेम्बल उद्योगहरु पनि बन्द हुने अवस्था आउने छ’, विज्ञप्तिमा भनिएको छ ।

एउटा एसेम्बल उद्योगको कारण त्यससंग आश्रित भएर कैयन अन्य उद्योगहरुको पनि स्थापना हुने नाडाले जनाएको छ । सरकारले सुविधाहरुलाई समेत कटौती गर्ने नीति ल्याएमा त्यस्ता एसेम्बल उद्योगमा लगानी गरीरहेका उद्योगी व्यवसायीहरुको ठूलो लगानी डुब्ने मात्र नभई नेपालको ओद्योगिकरणको दौड पनि अझै पछाडी पर्ने विज्ञप्तिमा उल्लेख छ ।

सवारी साधनको एसेम्बल तथा उत्पादन उद्योग स्वयम्मा धेरै पुँजी तथा लगानी चाहिने उद्योग हो । नेपालमा नै सवारी साधनहरुको एसेम्बल उद्योग स्थापना हुदा सर्वसाधरण बर्गले समेत केही सस्तो मूल्यमा सवारी साधनहरु प्राप्त गर्ने मात्र नभई नेपालमा थप रोजगारी सिर्जना हुने र नेपालमा विदेशी प्रविधिको समेत हस्तान्तरण हुन गई नेपाली प्राविधिज्ञहरुको क्षमता विकासमा ठूलो सहयोग पुग्ने हुन्छ । एसेम्वली उद्योगहरुले औद्योगिकरण र आर्थिक स्थिरता कायम गर्न ठूलो टेवा पु¥याई रहेको हुन्छ ।

सरकारले नेपालमा सवारी साधनहरुको एसेम्बली उद्योग स्थापनाका लागि नीजिक्षेत्रलाई आकर्षित र प्रोत्साहित गर्न त्यसमा लाग्ने महशुलहरुमा विभिन्न छुट र नीतिगत सुविधाहरुको व्यवस्था गरेको छ । नेपालमा ४ वटा दुई पाँगे्र सवारी साधनहरुको एसेम्बल उद्योगहरुले उत्पादन गरिरहेको छ । यसका साथै अन्य दुईवटा उद्योगहरु तत्कालै उत्पादनको अवस्थामा रहेको छन् । केही अरु यस्ता एसेम्बल उद्योगहरु खुल्ने तयारीमा रहेको नाडाले जनाएको छ ।

वि.सं.२०८० जेठ १० बुधवार ०८:३२ मा प्रकाशित

नीर्जिबन बीमा व्यवसायमा बागमती प्रदेशको दबदबा

नीर्जिबन बीमा व्यवसायमा बागमती प्रदेशको दबदबा

काठमाडौँ । नेपाल बीमा प्रधिकराणले बुधबार सार्वजानिका गरेको तथ्याङ्क अनुसार...

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट भएको...

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी...

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

स्थानीय तहलाई एक वर्षभित्र अधुरा काम सक्न गाउँपालिका राष्ट्रिय महासंघको आग्रह

स्थानीय तहलाई एक वर्षभित्र अधुरा काम सक्न गाउँपालिका राष्ट्रिय महासंघको आग्रह

पाल्पा । गाउँपालिका राष्ट्रिय महासंघ नेपालले स्थानीय सरकारको जनप्रतिनिधिविहीन दोस्रो...