back
CTIZAN AD

पुनः मुद्दा दर्तापछि आक्रोशित रविले भने– मान्छेलाई इरिटेट गर्ने पनि सीमा हुन्छ

वि.सं.२०८० जेठ ११ बिहीवार

1K 

shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूविरुद्ध मुद्दा हालेर ‘इरिटेट’ पार्ने काम भएको बताएका छन् । आफुँले लिएको नागरिकताको प्रतिलिपिबारे प्रश्न उठाउँदै दायर रिट दर्तापछि सामाजिक सञ्जालमार्फत लामिछानेले यस्तो बताएका हुन् ।

लामिछानेले मुद्दा हाल्नु र मुद्दा हाल्ने उद्योग चलाउनु दुई अलग कुरा रहेको बताउँदै भनेका छन्, “मान्छेलाई इरिटेट गर्ने पनि सीमा हुन्छ ।”

सर्वोच्च अदालतको मिति २०७९ माघ १३ को फैसलाको प्रकरण नं। २२, २८ र ३२ मा अमेरिकी नागरिकता परित्याग गरेको तथ्य निश्चित गरेको उनको दाबी छ । अमेरिकी नागरिकता त्यागेको सक्कल निस्सा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पेस गरी नेपाली नागरिकता पुनः कायम गराएको दाबी उनले गरेका छन् ।

सर्वोच्चको फैसलापछि लामिछानेले पुनः प्राप्त गरेको नागरिकताको प्रमाणपत्र निस्सा नै नपु¥याई लिएको भन्दै युवराज पौडेल सफलले सर्वोच्चमा रिट दायर गरेका थिए । वैशाख २५ मा दायर रिट अदालतले बुधबार दर्ता गरेको थियो ।

रिटमा लामिछानेले नेपाली नागरिकता पुनः कायम गराउँदा अमेरिकी नागरिकता त्यागेको निस्सा नबुझाएको दाबी गरिएको छ । निस्सा नबुझाइ नागरिकता प्राप्त गरेको हुँदा नागरिकता बदर गर्न माग गरिएको छ । साथै, नागरिकताको प्रतिलिपि वैध नभएको कारण लामिछानेको प्रतिनिधिसभा सदस्यको पद खारेज गर्न माग गरिएको छ ।

सम्बन्धित समाचार

रविको अर्को त्रुटि : अमेरिकी नागरिकता त्यागेको निस्सा बिनै नेपाली नागरिकता

रवि लामिछानेविरुद्धको रिट दर्ता, फेरि त हुँदैन नागरिकता बदर ?

वि.सं.२०८० जेठ ११ बिहीवार १२:३८ मा प्रकाशित

बीमा बजार सुधार र आगामी रणनीतिबारे ‘राउन्ड टेबल’ छलफल

बीमा बजार सुधार र आगामी रणनीतिबारे ‘राउन्ड टेबल’ छलफल

विराटनगर । नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालयको आयोजनामा बीमा...

राष्ट्र बैंकद्वारा २५ अर्बको ऋणपत्र जारी

राष्ट्र बैंकद्वारा २५ अर्बको ऋणपत्र जारी

काठमाडौँ । नेपाल राष्ट्र बैंकले रु २५ अर्बको ऋणपत्रको बोलकबोलको...

नाइमा नेपाल माेबिलिटी एक्सपाे २०२६ मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने

नाइमा नेपाल माेबिलिटी एक्सपाे २०२६ मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने

काठमाडौं, ६ जुलाई २०२६: नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन...

बचतकर्तालाई १० हजारदेखि एक लाखसम्म फिर्ता गरिँदै

बचतकर्तालाई १० हजारदेखि एक लाखसम्म फिर्ता गरिँदै

काठमाडौँ । बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले पाँच...

तनहुँका किसान निर्वाहमुखीबाट व्यावसायिक कृषि उद्यमतर्फ आकर्षित

तनहुँका किसान निर्वाहमुखीबाट व्यावसायिक कृषि उद्यमतर्फ आकर्षित

डुम्रे,तनहुँ । कृषि उत्पादन वृद्धि, रोजगारी सिर्जना र किसानको आयआर्जनमा...

पोर्चुगललाई पराजित स्पेन विश्वकपको क्वाटरफाइनलमा

पोर्चुगललाई पराजित स्पेन विश्वकपको क्वाटरफाइनलमा

काठमाडौँ । फिफा विश्वकपको राउन्ड अफ–१६ अन्तर्गत भएको रोमाञ्चक प्रतिस्पर्धामा...