
हामी कुन दिशातर्फ फर्केर सुत्छौं, सोहीअनुसार नै हामीलाई प्रतिफल प्राप्त हुन्छ । सुताइको दिशा सही दिशातर्फ हुँदा त्यसले हाम्रो जीवनमा राम्रो प्रतिफल दिन्छ भने गलत दिशातर्फ फर्केर सुत्दा त्यसको प्रतिफल राम्रो हुँदैन ।
प्राक्शिरे शयने विद्या हानिमृत्युतथोत्तरे ।
पश्चिमे प्रबले चिन्ता धनआयुश्च दक्षिणे ।।
अर्थात् पूर्वतर्फ सिरानी बनाएर सुत्दा विद्या बढ्छ, उत्तर सिरानी बनाउँदा हानी वा मृत्युसमान कष्ट हुन्छ, पश्चिमतर्फ सिरानी बनाउँदा अत्यधिक चिन्ता हुन्छ भने दक्षिण सिरानी बनाएर सुत्दा धन र आयु वृद्धि हुन्छ।
उल्लेखित तथ्यअनुसार दक्षिण, उत्तर, पश्चिम, पूर्व जता सिरानी बनाए पनि खासै समस्या हुँदैन तर, उत्तर सिरानी बनाएर सुत्नु घातक हुन्छ ।
के छ वैज्ञानिक पक्ष ?
पृथ्वीमा चुम्बकीय तत्वको प्रभाव हुन्छ । यसमा दक्षिणबाट उत्तरतर्फ लगातार चुम्बकीय तरंग प्रवाहित भइरहेको हुन्छ। जब हामी दक्षिणतर्फ शिर अर्थात् टाउको राखेर सुत्छौं, तब यी ऊर्जा हाम्रो शरीरमा प्रवेश गर्छन् र खुट्टाबाट निस्किएर बाहिर जान्छन्। यही कारण बिहान उठ्दा मानिसले ताजगी महसुस गर्छन्।
तर, उत्तरतर्फ टाउको फर्काएर सुत्यौँ भने हाम्रो शरीरमा विपरीत ढंगले चुम्बकीय तरंग प्रवाहित हुन्छ। ऊर्जा खुट्टाबाट प्रवेश गरेर टाउकोबाट निस्कन्छ। यसको साइडइफेक्टस्वरूप हामीलाई मानसिक एवं शारीरिक समस्या हुन्छ। यस्तो सुताइ अल्जाइमर वा मस्तिष्कसम्बन्धी समस्याका साथै उच्च रक्तचापको कारण बन्छ। त्यसैले दक्षिणतर्फ टाउको फर्काएर वा सिरानी बनाएर सुत्नुपर्छ।
सिरानी कता बनाउने भन्ने कुरा पृथ्वीको चुम्बकीय अवस्थितिलाई आधार मानेर तय गरिएको हो। कुन दिशातर्फ सिरानी बनाउँदा सही हुन्छ र कुन दिशा गलत हुन्छ भन्ने कुरा यसैले निर्धारण गर्छ। पूर्वी दिशामा पनि सिरानी बनाएर सुत्न सकिन्छ। यसले पनि स्वास्थ्य एवम् मानसिकतामा राम्रो प्रभाव पार्छ। जबकी सूर्योदय हुने स्थानतिर खुट्टा फर्काएर सुत्दा त्यसको प्रभाव प्रतिकूल देखा पर्छ अर्थात् पश्चिमतर्फ सिरानी पारेर सुत्नु राम्रो हुँदैन ।
शरीर विज्ञान र चुम्बकीय दिशा
हाम्रो मुटु शरीरको तल्लो आधा भागमा छैन, त्यो तीन चौथाइ माथिल्लो भागमा छ। यस्तो किन छ तरु किनभने गुरुत्वाकर्षणको कारण मुटुले रक्त प्रवाह गराउँदा शरीरको तल्लो भागभन्दा माथिल्लो भागमा बढी गाह्रो हुने गर्छ। त्यसैले मुटुभन्दा तलको भागमा रक्त प्रवाह हुने धमनीभन्दा मुटुबाट माथि रक्त प्रवाह गर्ने धमनी बढी परिष्कृत हुन्छ। माथिल्लो भागमा रगत प्रवाह गराउँदा त्यो अत्यन्तै सानो सिरामा हुन्छ, अर्थात कपालको रौं बराबर। त्यसमा अतिरिक्त रगतको बुँद थपियो भने, त्यो फुटेर रक्तश्राव हुनसक्छ।
धेरैजसो मान्छेको मस्तिष्कमा रक्तश्राव हुन्छ। यसले खासै ठूलो हानी गरिरहेको हुँदैन, तर सामान्य असर भने गरिरहेकै हुन्छ। ३५ वर्षपछि मान्छेको स्मरणशक्ति वा ग्रहण गर्ने क्षमतामा ह्रास आउनुमा पनि यही कारण हुनसक्छ।
हाम्रो शरीरमा रगतसँग जोडिएको एनिमिया वा रक्तअल्पताजस्ता कुनै समस्या छन् भने चिकित्सकले आइरन चक्की सेवन गर्नुपर्ने सुझाव दिन्छन्। पृथ्वीको चुम्बकीय क्षेत्र अर्थात् म्याग्नेटिक फिल्डको बारेमा धेरैलाई थाहा नै छ। पृथ्वीमा चुम्बकीय शक्ति शक्तिशाली हुन्छन्।
हामी उत्तर दिशातर्फ टाउको बनाएर सुत्यौँ भने वा लगातार यस्तै अवस्थामा ६–७ घण्टा बितायौँ भने, चुम्बकीय आकर्षणको दबाव हाम्रो दिमागमा पर्छ। यसले टाउकाको रक्तप्रवाहमा पनि पूरै प्रभाव पार्छ। चुम्बकीय आकर्षणको कारण टाउकोमा बढी रक्तश्राव हुन्छ, त्यही कारण मानिस उत्तेजित भएर उठ्छ। अर्थात् निद्रा बीचमै भंग हुन्छ ।
यस किसिमको प्रभाव कति र कस्तो हुन्छ भन्ने कुराचाहिँ व्यक्तिअनुसार फरक पर्छ। रोग प्रतिरोधात्मक क्षमता कमजोर छ भने यसको असर बढी हुन्छ ।