back
CTIZAN AD

टुप्पी किन पाल्ने ? के छ धार्मिक र वैज्ञानिक तथ्य ?

वि.सं.२०८० जेठ ११ बिहीवार

4.6K 

shares

कपाल काट्दा टाउकोको बीच अथवा केन्द्र भागमा रौं राख्ने गरिन्छ । जसलाई हामी टुप्पी भन्छौं । संस्कृतमा टुप्पीलाई शिखा भनिन्छ । हिन्दु परम्परामा शिखा राख्नुको विशेष अर्थ र महत्व छ ।

धर्मशास्त्रले शिखा काट्नुलाई शीर काट्नु बराबर मानेको छ । जसबाटै बुझ्न सकिन्छ, शिखाको महत्व । शास्त्रअनुसार विभिन्न प्रकारका ध्यान तथा मन्त्रण शिखा छोएर मात्रै गर्नुपर्छ ।

पछिल्लो समय शिखा अर्थात् टुप्पी कतिपयले फेसनको रुपमा पनि पालेको पाइन्छ । तर, धर्मशास्त्रले यसलाई निकै महत्वका साथ लिएको छ ।

के छ वैज्ञानिक तथ्य ?

धर्मशास्त्रले जहाँ शिखा राख्ने भनेको छ, स्वास्थ्य विज्ञानअनुसार उक्त ठाउँमा मस्तिष्कको केन्द्र हुन्छ । शरीर, बुद्धि र मनका अंगहरू यही ठाउँबाट नियन्त्रित हुन्छन्।

यदि शिखा राखियो भने मस्तिष्क सन्तुलनमा रहन्छ भन्ने तथ्य धर्मशास्त्रले भनेकाे छ । यसले सहस्त्रार चक्रलाई जागृत राख्ने उल्लेख छ । शिखा राख्नाले सहस्रार चक्रलाई जागृत गर्न र बुद्धि, मन र शरीरलाई नियन्त्रण गर्न मद्दत गर्दछ।

धार्मिक ग्रन्थअनुसार सहस्रार चक्रको आकार गाईको खुर जस्तै हुने विश्वास गरिन्छ । त्यसैले पनि गाईको खुर बराबरको शिखा राख्नु भनिन्छ ।

वि.सं.२०८० जेठ ११ बिहीवार १३:४२ मा प्रकाशित

बुद्धिमान वृद्धको उत्तर

बुद्धिमान वृद्धको उत्तर

एक दिन एउटा गाउँमा निकै बुद्धिमान वृद्ध बस्थे। टाढा–टाढाबाट मानिसहरू...

मदनकृष्ण श्रेष्ठको जीवनीमा फिल्म बनाउँदै निर्देशक चाम्स

मदनकृष्ण श्रेष्ठको जीवनीमा फिल्म बनाउँदै निर्देशक चाम्स

काठमाडौँ । कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित चलचित्र ‘मदनकृष्ण’ बन्ने...