back
CTIZAN AD

प्रधानमन्त्री प्रचण्ड आज भारत भ्रमणमा जाँदै, के–के छन् त कार्यक्रम ?

वि.सं.२०८० जेठ १७ बुधवार

807 

shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पाँच मन्त्रीसहित आज  चारदिने भारत भ्रमणमा जाँदैछन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा भारतको चारदिने औपचारिक भ्रमणका लागि जान लागेका प्रधानमन्त्री प्रचण्ड अन्य पाँचमन्त्रीसहित टोलीको नेतृत्व गदै त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् ।

बुधबार दिउँसो १ बजे नेपाल एयरलाईन्सको जहाजबाट भारत प्रस्थान गर्न लागेका प्रचण्डसँगै परराष्ट्र मन्त्री एनपी साउद, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, अर्थ मन्त्री डा. प्रकाशशरण महत र उद्योगमन्त्री रमेश रिजालसहितको टोली सहभागी हुनेछ । भ्रमण टोलीमा नेपाल सरकारका सचिव, वरिष्ठ अधिकारी तथा प्रचण्डकी स्वकीय सचिव गंगा दाहाल पनि रहनेछन् ।

के–के छन् त छलफलका विषय ?
परराष्ट्रमन्त्री एनपी साउदले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा द्विपक्षीय हित र चासोका बारेमा प्रधानमन्त्रीस्तरमा छलफल हुने जानकारी दिएका छन् । उनले भ्रमणका क्रममा विद्युत् व्यापार, प्रसारण लाइन निर्माण, एकीकृत जाँच चौकीको उद्घाटनलगायत कार्यसूची रहेको बताएका छन् ।

मन्त्री साउदले भ्रमणका क्रममा नेपालको ऊर्जा तथा जलविद्युत्को क्षेत्रमा भारतीय लगानीको प्रवर्द्धन गर्ने, व्यापार तथा पारवहन एवं हवाई मार्गका बारेमा महत्त्वपूर्ण विचार विमर्श हुने उल्लेख गरेका छन् । दीर्घकालीन रूपमा बिजुलीको व्यापार गर्न सकियोस् भन्ने बारेमा प्रधानमन्त्रीको भ्रमणका क्रममा छलफल हुने र एउटा निष्कर्ष निस्कने परराष्ट्रमन्त्रीले विश्वास व्यक्त गरेका छन् । यस्तै महाकाली नदीमा नेपाल र भारत जोड्ने मोटरेबल पुल तथा केही झोलुङ्गे पुल निर्माणका बारेमा पनि सहमति हुनेछ ।

यस्तो छ भेटघाट कार्यक्रमको तालिका
प्रधानमन्त्री प्रचण्डको टोली दिउँसो नयाँदिल्लीस्थित इन्दिरा गान्धि अन्तराष्ट्रिय विमानस्थलमा उत्रिएपछि होटल मौर्यमा पुग्नेछन् । त्यहाँ भारतका विदेश सचिव विनयमोहन क्वात्रा र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालेसँग भेटघाटको कार्यक्रम रहेको छ ।

त्यस्तै प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीबीच बिहीबार बिहान ११ बजे हैदराबाद हाउसमा दुईपक्षीय भेटवार्ता हुने छ ।

त्यसलगत्तै प्रतिनिधिमण्डल स्तरको बैठक बस्ने छ । बैठकपछि दुवै प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्ने कार्यक्रम रहेको छ ।

बिहीबार दिउँसो भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आयोजनामा हुने दिवाभोजमा प्रधानमन्त्री प्रचण्डसहितको टोली सहभागी हुनेछ ।

त्यसैगरी प्रधानमन्त्री प्रचण्डले बिहिबारै भारतकी राष्ट्रपति द्रौपदी मुुर्मु र उपराष्ट्रपति जगदीप धनखडसँग भेटवाता गर्ने कार्यक्रम रहेको छ ।

त्यसैगरी नेपाल उद्योग बाणिज्य महासंघ र भारतीय उद्योग परिसंघले संयुक्त रुपमा आयोजना गर्ने नेपाल–भारत व्यापार शिखर सम्मेलनलाई प्रधानमन्त्री प्रचण्डको सम्बोधन तथा दुवै देशका व्यापारीसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ ।

त्यस्तै भारतका लागि नेपाली राजदूत शंकर प्रसाद शर्माले आयोजना गर्ने स्वागत समारोहमा प्रधानमन्त्री प्रचण्डले त्यहाँस्थित नेपाली समुदाय तथा संघसंस्थाका प्रतिनिधिहरुसँग भेटघाट गर्ने कार्यक्रम समेत रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

त्यसैगरी भ्रमणको तेस्रोदिन प्रधानमन्त्री प्रचण्ड मध्यप्रदेशको उज्जैन र इन्दौर प्रस्थान गर्ने तालिका रहेको छ । उनले इन्दौरमा रहेको विशेष आर्थिक क्षेत्रको भ्रमण गर्नेछन् । प्रधानमन्त्रीको टोली जेठ २० गते अपरान्ह ४ बजे नेपाल एयरलाईन्सको जहाजबाट स्वदेश फर्किने तालिका रहेको छ ।

नेपालका प्रधानमन्त्रीको रुपमा प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण यो चौथोपटक हो । यस भ्रमणले नेपा–भारतबीचको सदियौं पुरानो, बहुआयामिक र सौहार्दपूण सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास लिइएको छ ।

 

 

 

वि.सं.२०८० जेठ १७ बुधवार ०८:२३ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...