back
CTIZAN AD

नेपाली कांग्रेसका १४ सभापतिद्वारा कोशी प्रदेशको नाम पुर्नविचार गर्न माग

वि.सं.२०८० जेठ १७ बुधवार

1K 

shares

काठमाडौं । नेपाली कांग्रेस कोशी प्रदेशका १४ जिल्लाका सभापतिले विवादित बन्दै आएको कोशी प्रदेशको नाम पुर्नविचार गर्न माग गरेका छन् ।

१४ जिल्लाका सभापतिहरुले बुधबार संयुक्त विज्ञप्ति जारी गर्दै कोशी प्रदेशको नाम पुर्नविचार गर्न पार्टी नेतृत्व र प्रदेशसभासँग माग गरेका हुन् ।

‘नेपाली कांग्रेस भनेको नेपालको सबैभन्दा समावेशी र संघीयताको मर्म आत्मासाथ गर्ने पार्टी हो भन्ने हाम्रो विश्वास छ,’ संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘जननायक विपी कोइरालाले ७ दशक अघि नै समावेशीकरण र पहिचानको पक्षमा नेपाली कांग्रेसलाई दृढताका सािथ उभ्याउनु भएको स्मरण गर्दै अहिले प्रदेशमा भइरहेको आन्दोलन कोशी नाम सम्बन्धमा पार्टीको प्रदेश तथा केन्द्रको नेतृत्वले साहसिक निर्णय लिनुपर्ने आवस्यकता हामीले देखेका छौं ।’

संयुक्त विज्ञप्तिमा पहिचान पक्षधरहरुले आफ्नो मागको सुनवाईका लागि गरिरहेको आन्दोलनमा सरकारी दमन भएको भन्दै त्यसको भत्र्सना समेत गरेका छन् ।

‘आन्दोलनमा संयमित हुन हामी आन्दोलनकारीहरुलाई विशेष आग्रह गर्दछौं भने जिम्मेवार बनेर मानवअधिकारको सम्मान गर्न तथा विरोध गर्न पाउने मौलिक हकको सम्मान गर्न जोडदार माग गर्दछौं ।’ विज्ञप्तिमा भनिएको छ ।

 

वि.सं.२०८० जेठ १७ बुधवार १४:१२ मा प्रकाशित

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...