Logo
१० आश्विन २०८०, बुधबार
     Wed Sep 27 2023
E-paper
  English Edition
   Unicode
Logo

नेपाली कांग्रेसका १४ सभापतिद्वारा कोशी प्रदेशको नाम पुर्नविचार गर्न माग



काठमाडौं । नेपाली कांग्रेस कोशी प्रदेशका १४ जिल्लाका सभापतिले विवादित बन्दै आएको कोशी प्रदेशको नाम पुर्नविचार गर्न माग गरेका छन् ।

१४ जिल्लाका सभापतिहरुले बुधबार संयुक्त विज्ञप्ति जारी गर्दै कोशी प्रदेशको नाम पुर्नविचार गर्न पार्टी नेतृत्व र प्रदेशसभासँग माग गरेका हुन् ।

‘नेपाली कांग्रेस भनेको नेपालको सबैभन्दा समावेशी र संघीयताको मर्म आत्मासाथ गर्ने पार्टी हो भन्ने हाम्रो विश्वास छ,’ संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘जननायक विपी कोइरालाले ७ दशक अघि नै समावेशीकरण र पहिचानको पक्षमा नेपाली कांग्रेसलाई दृढताका सािथ उभ्याउनु भएको स्मरण गर्दै अहिले प्रदेशमा भइरहेको आन्दोलन कोशी नाम सम्बन्धमा पार्टीको प्रदेश तथा केन्द्रको नेतृत्वले साहसिक निर्णय लिनुपर्ने आवस्यकता हामीले देखेका छौं ।’

संयुक्त विज्ञप्तिमा पहिचान पक्षधरहरुले आफ्नो मागको सुनवाईका लागि गरिरहेको आन्दोलनमा सरकारी दमन भएको भन्दै त्यसको भत्र्सना समेत गरेका छन् ।

‘आन्दोलनमा संयमित हुन हामी आन्दोलनकारीहरुलाई विशेष आग्रह गर्दछौं भने जिम्मेवार बनेर मानवअधिकारको सम्मान गर्न तथा विरोध गर्न पाउने मौलिक हकको सम्मान गर्न जोडदार माग गर्दछौं ।’ विज्ञप्तिमा भनिएको छ ।

 


-->

काठमाडौं । एनएमबि बैंकले स्थीर ब्याजदरमा घर कर्जा योजना ल्याएको छ । बैंकले ‘अब

काठमाडौँ । नेपालमा रासायनिक मल कारखाना खोल्ने सम्बन्धमा विस्तृत सम्भाव्यता अध्ययनका लागि लगानी बोर्ड

काठमाडौं । डिजिटल वालेट ‘खल्ती’ले ‘सेन्ड मनी फर फ्री’ अफर सार्वजनिक गरेको छ ।

काठमाडौं । स्वास्थ्यकर्मीमाथि विरामीका आफन्त तथा परिवारबाट आक्रमणको सिलसिला बढेपछि गृहमन्त्रालयले सर्वसाधारणले देख्ने गरी

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सिटिजन लाइफ इन्स्योरेन्सको शेयर सुचिकृत भएको छ ।