back
CTIZAN AD

चारदिने भ्रमणका लागि प्रधानमन्त्री प्रचण्ड भारत प्रस्थान

वि.सं.२०८० जेठ १७ बुधवार

1.4K 

shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चारदिने भ्रमणका लागि भारत प्रस्थान गरेका छन् ।

प्रधानमन्त्री प्रचण्ड नेपाल एयरलाईन्सको नियमित उडानमार्फत् भारत प्रस्थान गरेका हुन् ।

भ्रमण टोलीमा भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, परराष्ट्र मन्त्री एनपी साउद, अर्थ मन्त्री डा. प्रकाशशरण महत, उद्योगमन्त्री रमेश रिजाल, प्रधानमन्त्रीकी छोरी तथा स्वकीय सचिव गंगा दाहाल लगायतको टोली आज दिउँसो १ बजे त्यतातर्फ प्रस्थान गरेको हो ।

यस्तो छ भेटघाट कार्यक्रमको तालिका
प्रधानमन्त्री प्रचण्डको टोली दिउँसो नयाँदिल्लीस्थित इन्दिरा गान्धि अन्तराष्ट्रिय विमानस्थलमा उत्रिएपछि होटल मौर्यमा पुग्नेछन् । त्यहाँ भारतका विदेश सचिव विनयमोहन क्वात्रा र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालेसँग भेटघाटको कार्यक्रम रहेको छ ।

त्यस्तै प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीबीच बिहीबार बिहान ११ बजे हैदराबाद हाउसमा दुईपक्षीय भेटवार्ता हुने छ ।

त्यसलगत्तै प्रतिनिधिमण्डल स्तरको बैठक बस्ने छ । बैठकपछि दुवै प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्ने कार्यक्रम रहेको छ ।

बिहीबार दिउँसो भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आयोजनामा हुने दिवाभोजमा प्रधानमन्त्री प्रचण्डसहितको टोली सहभागी हुनेछ ।

त्यसैगरी प्रधानमन्त्री प्रचण्डले बिहिबारै भारतकी राष्ट्रपति द्रौपदी मुुर्मु र उपराष्ट्रपति जगदीप धनखडसँग भेटवाता गर्ने कार्यक्रम रहेको छ ।

त्यसैगरी नेपाल उद्योग बाणिज्य महासंघ र भारतीय उद्योग परिसंघले संयुक्त रुपमा आयोजना गर्ने नेपाल–भारत व्यापार शिखर सम्मेलनलाई प्रधानमन्त्री प्रचण्डको सम्बोधन तथा दुवै देशका व्यापारीसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ ।

त्यस्तै भारतका लागि नेपाली राजदूत शंकर प्रसाद शर्माले आयोजना गर्ने स्वागत समारोहमा प्रधानमन्त्री प्रचण्डले त्यहाँस्थित नेपाली समुदाय तथा संघसंस्थाका प्रतिनिधिहरुसँग भेटघाट गर्ने कार्यक्रम समेत रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

त्यसैगरी भ्रमणको तेस्रोदिन प्रधानमन्त्री प्रचण्ड मध्यप्रदेशको उज्जैन र इन्दौर प्रस्थान गर्ने तालिका रहेको छ । उनले इन्दौरमा रहेको विशेष आर्थिक क्षेत्रको भ्रमण गर्नेछन् । प्रधानमन्त्रीको टोली जेठ २० गते अपरान्ह ४ बजे नेपाल एयरलाईन्सको जहाजबाट स्वदेश फर्किने तालिका रहेको छ ।

नेपालका प्रधानमन्त्रीको रुपमा प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण यो चौथोपटक हो । यस भ्रमणले नेपा–भारतबीचको सदियौं पुरानो, बहुआयामिक र सौहार्दपूण सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास लिइएको छ ।

 

वि.सं.२०८० जेठ १७ बुधवार १३:५६ मा प्रकाशित

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानको स्वर्गद्वारी नगरपालिकाका विभिन्न स्थानमा खोलाको किनारमा पाँच जनाको बेवारिसे...

रोल्पामा पहिरोमा पुरिएर ३ जनाको मृत्यु, बेपत्ता नौ जनाको पहिचान खुल्याे

रोल्पामा पहिरोमा पुरिएर ३ जनाको मृत्यु, बेपत्ता नौ जनाको पहिचान खुल्याे

रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा अविरल वर्षासँगै आएको पहिरोले घर तथा...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...