Logo
८ आश्विन २०८०, सोमबार
     Mon Sep 25 2023
E-paper
  English Edition
   Unicode
Logo

आइएमई पे र निसर्ग अस्पताल बीच छुट सम्झौता



काठमाडौं । आइएमई पे र निसर्ग अस्पताल बीच छुट प्रदान गर्ने सम्झौता भएको छ । अब निसर्ग अस्पतालमा आइएमई पे मार्फत भुक्तानी गर्नुहुने सेवाग्राहीहरुले २५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

सम्झौता पत्रमा निसर्ग अस्पतालको तर्फबाट तीर्थ राज पन्त र आइएमई डिजिटल सोलुसन लिमिटेडको तर्फबाट जगदीश अवस्थीले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौता अन्तर्गत निसर्ग अस्पतालको विभिन्न सेवा सुबिधा प्रयोग गरी आइएमई पे मार्फत भुक्तानी गर्दा सुबिधा बमोजिम ५ देखि २५ प्रतिशतसम्म छुट प्रदान गरिने छन् भने सो छुट एक वर्षका लागि लागु हुने जनाईएको छ।

आइएमई पेको बारेमाः

नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित आइएमई पे मोबाईल वालेट एप एक विद्युतीय भुक्तानी सेवा प्रदायक हो। “आइएमई पे” आइएमई ग्रुपको डिजिटल वित्तिय सेवा प्रदायक अन्तर्गतको एक उत्पादन हो। नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट्ट विनियमावली( २०७२ बमोजिम आइएमई डिजिटलले दुरसञ्चार सञ्जालको माध्यमबाट मोबाईल वालेट सेवा प्रदान गर्ने पहिलो कम्पनी हो।

आइएमई पे मोबाईल वालेटमार्फत सेवाग्राही आफैले अथवा एजेन्टहरुकोमार्फत विभिन्न किसिमको भुक्तानी कार्यहरु गर्न सक्नेछन। यसले व्यक्ति(व्यक्ति बीचमा हुने सामान्य रकम ट्रान्स्फर गर्ने सुबिधा देखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरुमा त्तच् स्कान गरी भुक्तान गर्ने, मोबाईल रिचार्ज गर्ने, र विभिन्न घरायसि तथा कार्यालयका बिलहरु भुक्तान गर्न मिल्ने सेवा प्रदान गर्दै आइरहेको छ। यस मोबाईल वालेटमा ब्याज तथा विभिन्न क्यासब्याकहरुको पनि सुबिधा उपलब्ध छ। आइएमई डिजिटल सोलुसन लिमिटेडले बैंकको सुबिधाबाट वञ्चित नेपाली तथा न्यून बैंकिङ सुबिधा प्राप्त सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तिय सेवाहरुको पहुँच उपलब्ध गराएर नेपालको वित्तिय समावेशीकरणमा योग्दान पुर्याउने लक्ष्य लिएको छ। २० लाखभन्दा बढि ग्राहकहरुलाई सिधै मोबाईल वालेट एप तथा एजेन्टहरु मार्फत आइएमई पेले विद्युतीय भुक्तानी सेवा प्रदान गर्न सफल छ।


-->

विक्रम गिरी, हाङ्जाउ (चीन) । १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत चीनको हाङ्जाउमा आइतवार भएको

काठमाडौँ । आर्थिक क्षेत्रका विज्ञहरूले नेपाल र चीनबीच सम्झौता गर्दा र सम्झौता कार्यान्वयनका लागि

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज

एकराज पाठक,बेइजिङ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आग्रह गरेका

काठमाडौँ । चालु आर्थिक वर्ष २०८०/८१ को सुरुवाती दुई महिनामा मुलुकले रू दुई खर्ब