back
CTIZAN AD

महिला टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा नेपालको २–१ को अग्रता

वि.सं.२०८० जेठ १८ बिहीवार

1.1K 

shares

 

काठमाडौँ।नेपालले पाँच खेलको ट्वान्टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको तेस्रो खेलमा घरेलु टोली मलेसियालाई पराजित गरेको छ । मलेसियाको वाइएसडी यूकेएम ओभलको खेल मैदानमा आज भएको खेलमा नेपालले मलेसियालाई २७ रनले पराजित गरेको हो ।

यस जितसँगै नेपालले तीन खेलको महिला टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा २–१ को अग्रता बनाएको छ । नेपालले दिएको एक सय ११ रनको लक्ष्य पछ्याएको मलेसियाले निर्धारित २० ओभरमा चार विकेट गुमाएर ८३ रनमा समेटियो ।

मलेसियाका लागि महिराह इज्जाती इस्माइलले सर्वाधिक ४४ रनमा अविजित रहिन् भने विनिफ्रेड दुराईसिंघमले २० रन बनाइन् । नेपालका लागि सीता रानामगर, इन्दु बर्मा र कविता कुँवरले समान १र१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय १० रनको योगफल बनाएको थियो । नेपालका लागि कप्तान रुबिना क्षेत्रीले १५ बलमा ३ चौका र १ छक्काको सहयोगमा सर्वाधिक २७ रन बनाइन् । सीता रानामगरले २४ रन बनाइन भने ज्योति पाण्डेले २३ रन जोडिन । ईन्दु बर्माले २० रन बनाइन् ।

मलेसियाका लागि निक नुर अतिएलाले २ तथा एसा इलिसा र विनिफ्रेड दुराईसिंघमले समान १र१ विकेट लिए ।

वि.सं.२०८० जेठ १८ बिहीवार १४:१४ मा प्रकाशित

एच पि प्रेजेन्ट्स नाडा अटो शो २०२६ को स्टलका लागि गोला प्रथा सम्पन्न

एच पि प्रेजेन्ट्स नाडा अटो शो २०२६ को स्टलका लागि गोला प्रथा सम्पन्न

काठमाडौँ । नाडा अटोमोवाइल्स् एशोसिएशन अफ नेपालद्वारा आउँदो २०८३ भाद्र...

आज यी चार प्रदेशका केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना !

आज यी चार प्रदेशका केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ ।...

पालिकाले दियो किसानलाई अनुदानमा फलफूलका विरुवा

पालिकाले दियो किसानलाई अनुदानमा फलफूलका विरुवा

कञ्चनपुर । कृष्णपुर नगरपालिकाले फलफूलखेती विस्तार गरी स्थानीय उत्पादन वृद्धि...

ब्राजिललाई पराजित गर्दै नर्वे विश्वकपको क्वाटरफाइनलमा

ब्राजिललाई पराजित गर्दै नर्वे विश्वकपको क्वाटरफाइनलमा

काठमाडौँ । एर्लिङ हालान्डको गोलमा पाँचपटकको विश्वकप विजेता ब्राजिललाई पराजित...

मध्यपूर्व तनाव घट्दै, ओपेक प्लसले उत्पादन कोटा बढाउने सम्भावना

मध्यपूर्व तनाव घट्दै, ओपेक प्लसले उत्पादन कोटा बढाउने सम्भावना

लन्डन । मध्यपूर्वमा युद्धपछि देखिएको तनाव क्रमशः कम हुँदै गएसँगै...

हुथी विद्रोहीको आक्रमणमा १४ यमनी सैनिकको मृत्यु

हुथी विद्रोहीको आक्रमणमा १४ यमनी सैनिकको मृत्यु

एडेन । यमनको इरान समर्थित हुथी विद्रोहीहरूले लाल सागर (रेड...