back
CTIZAN AD

कलङ्कीमाई मन्दिरको रजत जयन्ती : आठ महिनासम्म विभिन्न कार्यक्रम सञ्चालन गरी मनाइने

वि.सं.२०८० जेठ १८ बिहीवार

1.1K 

shares

काठमाडौैँ । कलङ्कीमाई मन्दिरको रजत जयन्तीका अवसरमा आठ महिनासम्म विभिन्न कार्यक्रम सञ्चालन गरी मनाइने भएको छ । कलङ्की मन्दिर संरक्षण तथा समाज सुधार संस्थाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा गत वर्ष फागुन २५ देखि यही कात्तिक २५ गतेसम्म पदयात्रा, सरसफाइ, रक्तदानलगायत कार्यक्रम सञ्चालन गरिने जानकारी दिइएको हो ।

संस्थाका अध्यक्ष वीरबहादुर थापाले कलङ्की चोक जसरी प्रख्यात छ सोही अनुरुपले यहाँको कालिमाता मन्दिरको महिमा पनि सबैले बुझ्न जरुरी रहेकाले मन्दिरको प्रचारप्रसारका लागि विविध कार्यक्रम गरिने बताए ।

कामपा–१४ का वडाध्यक्ष सुमन श्रेष्ठले हिजोका पुस्ताले जोगाएका धार्मिक, सांस्कृतिक सम्पदाको संरक्षणका लागि आउने पुस्ताले निरन्तरता दिनुपर्ने बताए । धार्मिक सम्पदाको संरक्षण गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने उनकोे भनाइ थियो ।

दुई हजार पाँच सय सदस्य समिति गठन गरी गत समितिले फागुन २५ गते कङ्लकीमाई मन्दिरमा विशेष पूजाआराधाना गरी महोत्सव शुभारम्भ गरेको थियो । संस्थाले यसअघि सरसफाइसम्बन्धी जनचेतनामूलक कार्यक्रम, नववर्षको शुभकामना आदानप्रदान, क्यालेन्डर वितरण, कङ्लकीदेखि कालुपाण्डे समाधिस्थलसम्म पदयात्रा कार्यक्रम सम्पन्न गरिसकेको जनाएको छ ।

संस्थाले आउँदो शनिबार रक्तदान कार्यक्रम, यही असार ३० गते धार्मिक प्रवचन, साउन २७ गते बूढानीलकण्ठ, गुहेश्वरी मन्दिर भ्रमण, भदौ २३ गते विद्यालयस्तरीय दौड प्रतियोगिता, घटस्थापनादेखि नवमीसम्म विभिन्न धार्मिक कार्यक्रम र कात्तिक २५ गते स्मारिका प्रकाशन, ज्येष्ठ सदस्य, विद्यार्थी, गरिब नागरिकको सम्मान र भोजनको आयोजना गर्ने संस्थाका अध्यक्ष थापाले जानकारी दिए ।

 

वि.सं.२०८० जेठ १८ बिहीवार १६:५७ मा प्रकाशित

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री...

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

काठमाडौँ । महालेखा नियन्त्रक कार्यालयले सेवानिवृत्त हुने राष्ट्रसेवक कर्मचारीको असार...

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि...

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

मध्यविन्दु (नवलपरासी) । नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा मुख्य...

राष्ट्रिय वाणिज्य बैङ्कले सुरु गर्यो अनलाइन कर्जा आवेदन सेवा सुरुआत

राष्ट्रिय वाणिज्य बैङ्कले सुरु गर्यो अनलाइन कर्जा आवेदन सेवा सुरुआत

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैङ्कले आजदेखि अनलाइन कर्जा आवेदन सेवाको...

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले रु एक करोड ४८ लाख बढीको...