back

कलङ्कीमाई मन्दिरको रजत जयन्ती : आठ महिनासम्म विभिन्न कार्यक्रम सञ्चालन गरी मनाइने

वि.सं.२०८० जेठ १८ बिहीवार

222 

shares
NTC AD
Global IME AD

काठमाडौैँ । कलङ्कीमाई मन्दिरको रजत जयन्तीका अवसरमा आठ महिनासम्म विभिन्न कार्यक्रम सञ्चालन गरी मनाइने भएको छ । कलङ्की मन्दिर संरक्षण तथा समाज सुधार संस्थाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा गत वर्ष फागुन २५ देखि यही कात्तिक २५ गतेसम्म पदयात्रा, सरसफाइ, रक्तदानलगायत कार्यक्रम सञ्चालन गरिने जानकारी दिइएको हो ।

संस्थाका अध्यक्ष वीरबहादुर थापाले कलङ्की चोक जसरी प्रख्यात छ सोही अनुरुपले यहाँको कालिमाता मन्दिरको महिमा पनि सबैले बुझ्न जरुरी रहेकाले मन्दिरको प्रचारप्रसारका लागि विविध कार्यक्रम गरिने बताए ।

कामपा–१४ का वडाध्यक्ष सुमन श्रेष्ठले हिजोका पुस्ताले जोगाएका धार्मिक, सांस्कृतिक सम्पदाको संरक्षणका लागि आउने पुस्ताले निरन्तरता दिनुपर्ने बताए । धार्मिक सम्पदाको संरक्षण गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने उनकोे भनाइ थियो ।

दुई हजार पाँच सय सदस्य समिति गठन गरी गत समितिले फागुन २५ गते कङ्लकीमाई मन्दिरमा विशेष पूजाआराधाना गरी महोत्सव शुभारम्भ गरेको थियो । संस्थाले यसअघि सरसफाइसम्बन्धी जनचेतनामूलक कार्यक्रम, नववर्षको शुभकामना आदानप्रदान, क्यालेन्डर वितरण, कङ्लकीदेखि कालुपाण्डे समाधिस्थलसम्म पदयात्रा कार्यक्रम सम्पन्न गरिसकेको जनाएको छ ।

संस्थाले आउँदो शनिबार रक्तदान कार्यक्रम, यही असार ३० गते धार्मिक प्रवचन, साउन २७ गते बूढानीलकण्ठ, गुहेश्वरी मन्दिर भ्रमण, भदौ २३ गते विद्यालयस्तरीय दौड प्रतियोगिता, घटस्थापनादेखि नवमीसम्म विभिन्न धार्मिक कार्यक्रम र कात्तिक २५ गते स्मारिका प्रकाशन, ज्येष्ठ सदस्य, विद्यार्थी, गरिब नागरिकको सम्मान र भोजनको आयोजना गर्ने संस्थाका अध्यक्ष थापाले जानकारी दिए ।

 

वि.सं.२०८० जेठ १८ बिहीवार १६:५७ मा प्रकाशित

NLIC AD
NABIL bank AD
बाह्र वर्षमै एसइई परीक्षा दिँदै पर्वतका एक छात्र

बाह्र वर्षमै एसइई परीक्षा दिँदै पर्वतका एक छात्र

पर्वत । सामान्यतया एसइई दिने विद्यार्थीको उमेर १४ वर्षदेखि माथिको...

अब फूल आयात होइन निर्यात गर्नुपर्छ : मन्त्री सुडी

अब फूल आयात होइन निर्यात गर्नुपर्छ : मन्त्री सुडी

काठमाडौँ । वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीले फूल तथा...

आर्टिफिसियल इन्टेलिजेन्समा चीनको अभियान

आर्टिफिसियल इन्टेलिजेन्समा चीनको अभियान

बेइजिङ । चीन सरकारले शिक्षालाई बढावा दिन कृत्रिम बौधिकता (एआई)...

महानगरले जथाभावी फोहर फाल्नेबाटरु २७ लाख उठायो

महानगरले जथाभावी फोहर फाल्नेबाटरु २७ लाख उठायो

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ को...

लगानी प्रवर्द्धनमा भूमिका खेल्न निजी क्षेत्रलाई मन्त्री शर्माको आग्रह

लगानी प्रवर्द्धनमा भूमिका खेल्न निजी क्षेत्रलाई मन्त्री शर्माको आग्रह

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालमा अन्तर्राष्ट्रिय...

प्रधानमन्त्री ‘प्रचण्ड’ भन्छन्-देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन

प्रधानमन्त्री ‘प्रचण्ड’ भन्छन्-देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन

मनहरी (मकवानपुर) । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको अर्थतन्त्र गत...