
काठमाडाैं । अमेरिकी राष्ट्रपति जो बाइडेन मञ्चमै लडेका छन्। शुक्रबार कोलोराडोस्थित अमेरिकी वायुसेना एकेडेमीमा आयोजित दीक्षान्त समारोहमा अन्तिम प्रमाणपत्र दिएर आफ्नो सिटतर्फ आउँदै गर्दा उनी लडेका हुन्।
८० वर्षीय बाइडेनले वायु सेनाका ग्राजुयटहरूलाई प्रमाणपत्र वितरण गर्नुअघि मन्तव्य राखेका थिए। वायुसेनालाई हौसला प्रदान गर्न बाइडेनले उर्जावान् भाषण दिएको न्यूयोर्क टाइम्सले उल्लेख गरेको छ।
मन्तव्य र प्रमाणपत्र वितरणपछि आफ्नो सिटतर्फ आउँदै गर्दा उनी केही चिजमा अल्झिएको जसरी मञ्चमै पछारिएका थिए। उनी लडेको भिडिओ सामाजिक सञ्जाल र सञ्चारमाध्यमहरूमा भाइरल बनेको छ।
Joe Biden tripped and fell during a US Air Force graduation ceremony.
The US president, 80, was quickly helped up walked back to his seat unassisted.https://t.co/ZiyDS3rJkf pic.twitter.com/dp7ViRvIYE
— Sky News (@SkyNews) June 1, 2023
बाइडेन लडेपछि त्यहाँ उपस्थित सेनाका अधिकारीहरूले उनलाई उठाएका थिए। उनी आफै पनि उठ्न प्रयास गरिरहेको भिडिओमा देख्न सकिन्छ। उठेपछि उनी आफै सिटमा गएर बसेका थिए।
राष्ट्रपति बाइडेनलाई चोट भने नलागेको ह्वाइट हाउसले जनाएको छ। ‘उहाँ ठिक हुनुहुन्छ,’ ह्वाइट हाउसका सञ्चार निर्देशक बेन लाबोल्टले ट्वीटरमा लेखेकी छन्।
बाइडेन यसअघि पनि एक सार्वजनिक कार्यक्रममा लडेका थिए। उनी लडेपछि पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले बाइडेनसँग अमेरिकाको नेतृत्व गर्ने सामर्थ्य नभएको टिप्पणी गरेका थिए।
अन्य विभिन्न राष्ट्रपतिहरू पनि कार्यक्रमको दौरानमा मञ्चमा लडेका घटनाहरू छन्। सधैँ क्यामेराले घेरिने राष्ट्रपतिहरू लड्दा केही असहज माहोल बन्ने गर्छ। एजेन्सीबाट