back
CTIZAN AD

अमेरिकी राष्ट्रपति बाइडेन स्टेजमै लडेपछि

वि.सं.२०८० जेठ १९ शुक्रवार

963 

shares

काठमाडाैं । अमेरिकी राष्ट्रपति जो बाइडेन मञ्चमै लडेका छन्। शुक्रबार कोलोराडोस्थित अमेरिकी वायुसेना एकेडेमीमा आयोजित दीक्षान्त समारोहमा अन्तिम प्रमाणपत्र दिएर आफ्नो सिटतर्फ आउँदै गर्दा उनी लडेका हुन्।

८० वर्षीय बाइडेनले वायु सेनाका ग्राजुयटहरूलाई प्रमाणपत्र वितरण गर्नुअघि मन्तव्य राखेका थिए। वायुसेनालाई हौसला प्रदान गर्न बाइडेनले उर्जावान् भाषण दिएको न्यूयोर्क टाइम्सले उल्लेख गरेको छ।

मन्तव्य र प्रमाणपत्र वितरणपछि आफ्नो सिटतर्फ आउँदै गर्दा उनी केही चिजमा अल्झिएको जसरी मञ्चमै पछारिएका थिए। उनी लडेको भिडिओ सामाजिक सञ्जाल र सञ्चारमाध्यमहरूमा भाइरल बनेको छ।

बाइडेन लडेपछि त्यहाँ उपस्थित सेनाका अधिकारीहरूले उनलाई उठाएका थिए। उनी आफै पनि उठ्न प्रयास गरिरहेको भिडिओमा देख्न सकिन्छ। उठेपछि उनी आफै सिटमा गएर बसेका थिए।

राष्ट्रपति बाइडेनलाई चोट भने नलागेको ह्वाइट हाउसले जनाएको छ। ‘उहाँ ठिक हुनुहुन्छ,’ ह्वाइट हाउसका सञ्चार निर्देशक बेन लाबोल्टले ट्वीटरमा लेखेकी छन्।

बाइडेन यसअघि पनि एक सार्वजनिक कार्यक्रममा लडेका थिए। उनी लडेपछि पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले बाइडेनसँग अमेरिकाको नेतृत्व गर्ने सामर्थ्य नभएको टिप्पणी गरेका थिए।

अन्य विभिन्न राष्ट्रपतिहरू पनि कार्यक्रमको दौरानमा मञ्चमा लडेका घटनाहरू छन्। सधैँ क्यामेराले घेरिने राष्ट्रपतिहरू लड्दा केही असहज माहोल बन्ने गर्छ। एजेन्सीबाट

वि.सं.२०८० जेठ १९ शुक्रवार ११:४३ मा प्रकाशित

प्रशिद्ध ब्रान्डको लोगो प्रयोग गरेर  नक्कली कन्डम आपूर्ति गर्ने सञ्जालको पर्दाफास

प्रशिद्ध ब्रान्डको लोगो प्रयोग गरेर  नक्कली कन्डम आपूर्ति गर्ने सञ्जालको पर्दाफास

ब्रसेल्स ।  युरोपेली संघ ९ईयू०ले चीनमा निर्मित दुई लाखभन्दा बढी...

दुई वर्षपछि विश्वव्यापी वैदेशिक लगानी बढेको संयुक्त राष्ट्रसङ्घको दावी 

दुई वर्षपछि विश्वव्यापी वैदेशिक लगानी बढेको संयुक्त राष्ट्रसङ्घको दावी 

जेनेभा  । संयुक्त राष्ट्र सङ्घले सन् २०२५मा दुई वर्षको गिरावटपछि...

श्रीलङ्कामा कारागार हिंसाको छानबिन सुरु, मृतक २७ पुगे

श्रीलङ्कामा कारागार हिंसाको छानबिन सुरु, मृतक २७ पुगे

कोलम्बो ।  श्रीलङ्काको नेगोम्बो कारागारमा भएको हिंसात्मक झडपमा मृत्यु हुनेको...

विश्वकप फुटवल : कोलम्बियालाई हराउँदै स्वीट्जरल्यान्ड ‘क्वार्टरफाइनल’मा

विश्वकप फुटवल : कोलम्बियालाई हराउँदै स्वीट्जरल्यान्ड ‘क्वार्टरफाइनल’मा

काठमाडौँ । कोलम्बियालाई हराउँदै स्वीट्जरल्यान्ड फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा...

मध्यपूर्व तनाव घट्दै, ओपेक प्लसले उत्पादन कोटा बढाउने सम्भावना

मध्यपूर्व तनाव घट्दै, ओपेक प्लसले उत्पादन कोटा बढाउने सम्भावना

लन्डन । मध्यपूर्वमा युद्धपछि देखिएको तनाव क्रमशः कम हुँदै गएसँगै...

हुथी विद्रोहीको आक्रमणमा १४ यमनी सैनिकको मृत्यु

हुथी विद्रोहीको आक्रमणमा १४ यमनी सैनिकको मृत्यु

एडेन । यमनको इरान समर्थित हुथी विद्रोहीहरूले लाल सागर (रेड...