back
CTIZAN AD

एमाले, काँग्रेस उम्मेदवार छान्दै

वि.सं.२०७४ वैशाख ३ आइतवार

819 

shares

३ वैशाख, मलेखु (धादिङ) । स्थानीय तह निर्वाचनका लागि मुख्य प्रतिस्पर्धी देखिएका एमाले र नेपाली काँग्रेसले उम्मेदवार छान्न थालेका छन् ।

जिल्लाको ११ गाउँपालिकामध्ये अधिकांशमा एमाले र नेपाली काँग्रेसले उम्मेदवार छानेपनि नगरपालिकामा भने उम्मेदवारको विवादले राप्रपाबाहेक अन्य दलले उम्मेदवार छान्न सकेका छैनन् । त्रिपुरासुन्दरीमा एमालेका शम्भु थापा, नेपाली काँग्रेसका वासु तिमल्सिना, नेत्रावतीमा नेपाली काँग्रेसका टेकजङ्ग लामा, रुबीभ्यालीमा एमालेका जीवन तामाङ, माओवादी केन्द्रका रामसिंह तामाङ, गङ्गाजमुनामा एमालेका इन्द्रबहादुर श्रेष्ठ, खनियाबासमा नेपाली काँग्रेसका रणबहादुर तामाङ, एमालेका प्रदीप फ्यूबा र थाक्रेमा एमालेका रामकुमार आचार्यलाई उम्मेदवार बनाउने निर्णय गरिएका ती पार्टीले बताएका छन् ।

नीलकण्ठ र धुनीबेसी नगरपालिकामा भने उम्मेदवारीको टुङ्गो लगाउन सकेका छैनन् । नीलकण्ठ नगरपालिकामा राप्रपाका तर्फबाट श्याम सिंह ठकुरीलाई उम्मेदवार बनाउने निर्णय गरेको राप्रपाले जनाएको छ । दुई लाख ६ हजार ४५ मतदाता रहेको धादिङ जिल्लामा मतदाता शिक्षा कार्यक्रमका लागि स्वयम्सेवक खटाइएको र उनीहरुलाई तालिमपछि गाउँ गाउँमा खटाइएको जिल्ला निर्वाचन अधिकारी ईश्वर सिंखडाले बताउनुभयो । रासस

वि.सं.२०७४ वैशाख ३ आइतवार ०७:३५ मा प्रकाशित

ऐन संशोधनका लागि पत्राचार

ऐन संशोधनका लागि पत्राचार

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले सुरक्षित मातृत्व तथा प्रजनन...

फरार प्रतिवादी पक्राउ

फरार प्रतिवादी पक्राउ

वीरगञ्ज (पर्सा) । ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले...

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज...

संवाद र सहमतिबाट परिस्थितिलाई सहज बनाऔँ : संयोजक दाहाल

संवाद र सहमतिबाट परिस्थितिलाई सहज बनाऔँ : संयोजक दाहाल

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संवाद,...

नेपालमा बाघको सङ्ख्या ४२९

नेपालमा बाघको सङ्ख्या ४२९

काठमाडौँ । पछिल्लो गणनाअनुसार नेपालमा बाघको सङ्ख्या ४२९ पुगेको छ...

सार्वजनिक वित्तीय व्यवस्थापन सुधार कार्यान्वयन कार्ययोजना सार्वजनिक

सार्वजनिक वित्तीय व्यवस्थापन सुधार कार्यान्वयन कार्ययोजना सार्वजनिक

काठमाडौँ । सरकारले सार्वजनिक वित्तीय व्यवस्थापन प्रणालीलाई प्रभावकारी, पारदर्शी, उत्तरदायी...