back

एमाले, काँग्रेस उम्मेदवार छान्दै

वि.सं.२०७४ वैशाख ३ आइतवार

462 

shares
GLOBAL IME AD
NTC AD

३ वैशाख, मलेखु (धादिङ) । स्थानीय तह निर्वाचनका लागि मुख्य प्रतिस्पर्धी देखिएका एमाले र नेपाली काँग्रेसले उम्मेदवार छान्न थालेका छन् ।

जिल्लाको ११ गाउँपालिकामध्ये अधिकांशमा एमाले र नेपाली काँग्रेसले उम्मेदवार छानेपनि नगरपालिकामा भने उम्मेदवारको विवादले राप्रपाबाहेक अन्य दलले उम्मेदवार छान्न सकेका छैनन् । त्रिपुरासुन्दरीमा एमालेका शम्भु थापा, नेपाली काँग्रेसका वासु तिमल्सिना, नेत्रावतीमा नेपाली काँग्रेसका टेकजङ्ग लामा, रुबीभ्यालीमा एमालेका जीवन तामाङ, माओवादी केन्द्रका रामसिंह तामाङ, गङ्गाजमुनामा एमालेका इन्द्रबहादुर श्रेष्ठ, खनियाबासमा नेपाली काँग्रेसका रणबहादुर तामाङ, एमालेका प्रदीप फ्यूबा र थाक्रेमा एमालेका रामकुमार आचार्यलाई उम्मेदवार बनाउने निर्णय गरिएका ती पार्टीले बताएका छन् ।

नीलकण्ठ र धुनीबेसी नगरपालिकामा भने उम्मेदवारीको टुङ्गो लगाउन सकेका छैनन् । नीलकण्ठ नगरपालिकामा राप्रपाका तर्फबाट श्याम सिंह ठकुरीलाई उम्मेदवार बनाउने निर्णय गरेको राप्रपाले जनाएको छ । दुई लाख ६ हजार ४५ मतदाता रहेको धादिङ जिल्लामा मतदाता शिक्षा कार्यक्रमका लागि स्वयम्सेवक खटाइएको र उनीहरुलाई तालिमपछि गाउँ गाउँमा खटाइएको जिल्ला निर्वाचन अधिकारी ईश्वर सिंखडाले बताउनुभयो । रासस

वि.सं.२०७४ वैशाख ३ आइतवार ०७:३५ मा प्रकाशित

बाढीले ‘डाइभर्सन’ बगाउँदा कान्तिलोकपथ सडक अवरुद्ध

बाढीले ‘डाइभर्सन’ बगाउँदा कान्तिलोकपथ सडक अवरुद्ध

बागमती । हेटौँडा-काठमाडौं जोड्ने कान्तिलोकपथ अवरुद्ध भएको छ । वर्षासँगै...

अख्तियार कार्यालयमा रौतहटको स्थानीय तहसम्बन्धी धेरै उजुरी

अख्तियार कार्यालयमा रौतहटको स्थानीय तहसम्बन्धी धेरै उजुरी

वीरगञ्ज (पर्सा) । अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडा कार्यालय मातहतका...

ट्रर्याक खुलेको दुई दशकपछि गलकोट-ताराखोला सडक कालोपत्र

ट्रर्याक खुलेको दुई दशकपछि गलकोट-ताराखोला सडक कालोपत्र

ढोरपाटन (बागलुङ) । दुई दशक अगाडि ट्रर्याक खुलेको गलकोट–ताराखोला सडक...

बागलुङमा प्याराग्लाइडिङ परीक्षणमै सीमित 

बागलुङमा प्याराग्लाइडिङ परीक्षणमै सीमित 

गलकोट (बागलुङ) । बागलुङमा प्याराग्लाइडिङको सम्भावना राम्रो रहेको परीक्षण उडानले...

अझै बनेन दुई वर्षअघि बाढीले भासिएको पुल

अझै बनेन दुई वर्षअघि बाढीले भासिएको पुल

झापा । यहाँको अर्जुनधारा नगरपालिकास्थित बिरिङ खोलामा दुई वर्षअघि बाढीले...

गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान

गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान

गण्डकी । गण्डकी प्रदेशसभाको अधिवेशन यही जेठ ११ गतेदेखि सुरु...