back
CTIZAN AD

कलाकारहरुले नयाँ बर्षमा दोहाको माहोल तताए

वि.सं.२०७४ वैशाख ३ आइतवार

843 

shares

basanta-film-new-year-progrreamme-1
नयाँ बर्षको कार्यक्रम लिएर कतार आएका नेपाली राष्ट्रिय तथा अन्तराष्ट्रिय कलाकारहरुले नयाँ बर्षमा दोहाको माहोल तताए । लगभग दर्जनको हाराहारीमा नेपाल अमेरिका तथा जापानबाट कतार प्रवेश गरेका कलाकारहरुका साथै स्थानीय कलाकारहरुको समेत प्रस्तुति रहेको थियो ।

“प्रवासमा नेपाली कलाकारहरु एक हौं,नेपाली कला, सस्कृति र प्रतिभाको सम्मान तथा प्रवर्दन गरौं” भन्ने मुल नाराका साथ बसन्त फिल्मिस प्रालिले नयाँ वर्ष २०७४ को शुभकामना आदान प्रदान तथा तेस्रो विविध सांस्कृतिक कार्यक्रम दोहाको गल्फ प्याराडाईज होटलको हलमा सम्पन्न गरेको थियो ।

जन्मदै आमाको कोखबाटै सराप्न सिके जस्तो गर्ने यादव देवकोटा (सरापे) ले आफ्नो कला (सराप्दै) सबैलाई पेट मिची मिची हास्ने बनाएका थिए । दोहोरि गीतमा घम्साघम्सीले रौनक थपेको कार्यक्रममा सबैले नाचेर धोको पुर्याएका थिए । स्थानीय कलाकार सन्चो माया तामांग झिल्के मजुर बोलको गितमा गरेको नृत्यबाट सुरु गरिन । कार्यक्रमका मुख्य आकर्षणको रुपमा रहेका बहु चर्चित लोक गायक अमेरिका देखी यस कार्यक्रममा आउनु भएका गायक भगवान भण्डारिले उनका पुरना तर बहु चर्चित गितहरु खैरेनीमा गेट, फुलमा भमरा र बनमा काडा छ वोलको गित गाउदै उपस्थिति सबैलाई नचाएका थिए । त्यस्तै तेजस रेग्मिले रक्सी चुरोट हटाएको छु, सपनिमा ओई भनी भनी बोलाउने, कान्छो छोरा हुँ, सानु सुबदारको बनिदेउन सुबदार्नी र आडमा बस्दा वोलका माया प्रेमका गितबाट मनोरञ्जन गराएका थिए ।

basanta-film-new-year-progrreamme-2जापानबाट आमान्त्रित रामकृष्ण बम मल्लले पश्चिमका लोक भाकाका मायाको सिमाना, मायाको भोको र सालैजो गितबाट मनोरञ्जन दिदै सबैलाई नचाएका थिए । त्यस्तै नेपालबाट आमन्त्रीत सुरिलो स्वरकी धनी जुना श्रीस मगरले मनमा गहिरो घाउ छ के गरौं, गएको बैस के गरी फर्काउने हो, साथै बागलुङको पर्यटकिय क्षेत्र घुम्टे लेक र गाजा धुरिलाई समेटेर बनाएको पन्चे बाजको गित वारी घुम्टे पारी गाजा,कौडा गित सरर सरर, सालैजो ,झ्याउरे गित रोदिमा मादलु घन्क्यो, बस्ती पाल्पाको र यानी माया जस्ता आधा दर्जन भन्दा बढी गित पस्कदै सबैलाई नचएकी थिईन ।

राष्ट्र प्रेमी गित हामिले नगरे कस्ले गर्ने आज नगरे कहिले गर्ने बोलको गित गाउदै आधुनिक गितका गायक रमेशराज भट्टराईले सबैलाई भावुक बनाएक थिए । तिम्रो मोहनी रुप, जादु छ बोलिमा, माया जालैमा पार्यौ पप गित, सालैजो र बजारमा आउदै गरेको बेहुला बनाउछु भन्थी बोहुला बनाएर गई बोलको गितबाट भरपुर मनोरञ्जनका साथै सबैलाई नचाउन सफल भएका थिए ।

आमन्त्रीत मोडल तथा नृत्याङ्ना मन्जिता केसीले पनी आफ्नो नृत्य प्रस्तुत गरेकी थिइन । सांगितिक कार्यक्रमकी संचालिका शितल शर्माले पनी पानी जहाजमा वोलको गित गाउदै सबैलाई नचाएकी थिईन । कार्यक्रममा चर्चित लोक गायिका देवीका केसी गुरुङले उनको चर्चित गित बाजी ठोकम आउ वोलको गित पस्केकी थिईन ।तात्दै गरेको जमातलाई भगिरथ चलाउनेले सालैजो गितमा सबैलाई नचाउन सफल भएका थिए । प्रवासी हुँदाको पीडा ,प्रवासमा नेपालिले भोग्नु परेका समस्या र जान अन्जानमा हुने गरेका गल्तीले निम्ताउने मृत्यु दण्ड सम्मको डरलाग्दो दृश्यलाई समेट्दै कतारमा रहेको ग् ७ क्ष् ज्ष्उ ज्यउ नृत्य समूहले सामुहीक नृत्य प्रस्तुत गरेका थिए ।

कार्यक्रममा बसन्त फिल्मिस प्रा।लिका कलाकारहरु बाट रिमिक्स गित तथा अजय परियार, अन्जना सुनुवार, सन्जुमाया तामाङ र तुफान काफ्लेले सामुहिक रुपमा नृत्य प्रस्तुतिबाट दर्शक नचाएका थिए । कतारमा रहेका स्थानिय कलाकार रेशम परियार, अर्जुन रकले आआफ्नो प्रस्तुति दिएका थिए ।

यस कार्यक्रम सफल बनाउनको लागी कतारमा रहेका १७ संघ सस्था,सामाजसेवी र व्यवसायीहरुले प्रत्यक्ष सहयोगिको रुपमा रहेका थिए भने अन्य संघसस्थाका प्रतिनिधि, समाजसेवी,बुद्दिजिवी,लगाएत नेपालीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

प्रवास र वीषेश गरी खाडी मुलुकलाई कर्म थलो बनाउदै आएका, स्वदेशमा रहदा सांगितीक क्षेत्रमा लागेका र प्रदेशिदा उक्त क्षेत्रलाई छोड्न बाध्य भएका प्रतिभाहरुको प्रतीभलाई जोगाई राख्नको लागी बसन्त फिल्मिस प्रालि २०१५ देखी कतारमा स्थापना गरेको कुरा जोड्दै फिल्मिसले सांगितीक क्षेत्रमा मात्र नभएर प्रवासमा समस्यामा परेका नेपालिहरुको सहयोग, कतारमा रहेका संघ ,सस्थाहरु सँग सहकार्य गरिरहेको कुरा राख्दै बसन्तको स्थापना,प्रवासमा यसको भूमिकाको बारेमा प्रालिका केन्द्रिय सदस्य तथा कार्यक्रमका संयोजक तिलु शर्मा पौडेलले प्रष्ट पारेका थिए ।

निर्धारित समय भन्दा झन्डै २ घण्टा पछी सुरु भएको कार्यक्रममा पुर्व निर्धारित कार्यक्रम अनुसार प्रा।लिलाई सहयोग गर्ने संघ संस्था ,व्यक्तित्व र कलाकारहरुको सम्मान कार्यक्रम रहेको भएपनि समय अभावको कारण आमन्त्रित ९ जना कलाकारहरुलाई प्रा।लि परिवारले दोसल्ला र सम्मान पत्रबाट सम्मानित गर्दै सोहि मन्चबाट बिधाई पनि गरेका थियो ।

कार्यक्रमका प्रमुख अतिथि वील गुरुङले प्रवासमा रहेर पनी आफ्ना कला सस्कृति झल्काउने गीत संगीत र नयाँ वर्ष २०७४ को शुभकामना आदान प्रदान सबै नेपाली मिलेर एकै ठाउमा साटासाट गर्न पाउदा खुशी लागेको बताउनु भयो । संयोग बस हामी नेपालिको नयाँ वर्ष २०७४ आजैकै दीन देखी सुरु भएको र सुरुको दीन देखी नै राम्रो कामको सुरुवात गरेका छौ । र स्वदेशमा पनी नयाँ कामहरुको सुरु भई रेहेको छ यसले निरन्तरता पाईरहोस् भन्दै देश , वीदेशबाट आमन्त्रीत कलाकार र कतारमा रेहेका स्थानिय कलाकारहरुलाई सम्मान व्यक्त गर्दै उपस्थिति सबै लाई नयाँ वर्षको शुभकामना दीनुको साथै प्रा।लिका प्रबन्धक निर्देशक ईश्वर काफ्लेले कलाकारिता क्षेत्रमा र सामाजिक क्षेत्रमा गरेको सहयोगको प्रशंसा पनी गरेका थिए ।

व्यानर अनावरण ,दिप प्रज्वलन र नेपाली राष्ट्रीय गानबाट सुरु भएको कार्यक्रममा बसन्त फिल्मिस प्रा।लिका प्रबन्धक निर्देशक ईश्वर काफ्लेको अध्यक्षता तथा समाजसेवी,वुद्दिजिवी विल बहादुर गुरुङको प्रमुख आतिथ्यता रहेको थिय। औपचारिक कार्यक्रमको सञ्चालन फिल्मिस प्रालिका सचिव अबु अलीको र स्वागत मन्तव्य प्रालिका केन्द्रीय ब्यबस्थापक शरद पाण्डेको रहेको थियो । भएको सांगीतिक माहोलको सहजिकरण (सञ्चालन) नेपालबाट आमान्त्रीत प्रतिभाकी धनी लोक गायिका, उद्घोषिका ,स्वास्थ्य क्रमी तथा मिडियाक्रमी शितल शर्मा र सहयोगीका रुपमा फिल्मिस प्रालिका केन्द्रिय सदस्य शरद पाण्डेले गरेका थिए ।

वि.सं.२०७४ वैशाख ३ आइतवार ०८:०० मा प्रकाशित

गैरआवासीय नेपाली नागरिकता र अधिकारकाे कार्यान्वयनमा सरकार अघि बढ्ने

गैरआवासीय नेपाली नागरिकता र अधिकारकाे कार्यान्वयनमा सरकार अघि बढ्ने

काठमाडौं । गैरआवासीय नेपाली (एनआरएन) का अधिकार, नागरिकता ऐनको प्रभावकारी...

ओएनएफ नर्वे टि-१० क्रिकेट रनिङ शिल्डको उपाधि हिमालयन भाइकिङलाइ

ओएनएफ नर्वे टि-१० क्रिकेट रनिङ शिल्डको उपाधि हिमालयन भाइकिङलाइ

प्रेम परियार, नर्वे । प्रवासी नेपाली एकता मञ्च (ओएनएफ) नर्वेको...

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

काठमाडौं । अमेरिकामा बसोबास गर्दै आएका नेपाली समाजसेवी हेम थापाले...

एनआरएनए मेडिहेल्थ सेन्टर आधिकारिक रूपमा भयो दर्ता

एनआरएनए मेडिहेल्थ सेन्टर आधिकारिक रूपमा भयो दर्ता

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी)...

नेपाल–लक्जम्बर्ग लोककल्याणकारी संस्थाको अध्यक्षमा युद्ध थापा चयन

नेपाल–लक्जम्बर्ग लोककल्याणकारी संस्थाको अध्यक्षमा युद्ध थापा चयन

लक्जम्बर्ग । नेपाल–लक्जम्बर्ग लोककल्याणकारी संस्थाको १३ औँ वार्षिकोत्सव तथा अधिवेशनबाट...

सुदूरपश्चिम समाज मेरिल्यान्डको अध्यक्षमा यज्ञबहादुर राना निर्वाचित

सुदूरपश्चिम समाज मेरिल्यान्डको अध्यक्षमा यज्ञबहादुर राना निर्वाचित

मेरिल्यान्ड (अमेरिका) । सुदूरपश्चिमेली नेपालीहरूको साझा संस्था सुदूरपश्चिम समाज मेरिल्यान्डको...