Logo
९ आश्विन २०८०, मंगलवार
     Tue Sep 26 2023
E-paper
  English Edition
   Unicode
Logo

दर्जनौँ छात्रासहित अफगानिस्तानी ८७ जनालाई विष खुवाइएको पुष्टि



सार–ए–पोल, अफगानिस्तान । अफगानिस्तानको एक ग्रामिण क्षेत्रमा दर्जनौँ छात्रासहित ८७ जनालाई विष खुवाइएको स्थानीय प्रशासनले जनाएको छ ।

अफगानिस्तानको उत्तरी सार–ए–पोल प्रान्तको सञ्चारक जिल्लामा आइतबार एक प्राथमिक विद्यालयका दर्जनौँ छात्रासहित ८७ जनालाई विष खुवाइएको प्रान्तीय सूचना तथा संस्कृति निर्देशक मुफ्ती अमिर सारिपुलीतले सोमबार जानकारी दिएका हुुन् ।

सरिपुलितले भने, “सञ्चारक जिल्लाको काबोद अब क्षेत्रमा रहेको फैजाबाद छात्रा विद्यालयका ७७ जना विद्यार्थी, सात जना शिक्षक, पाँच जना अभिभावक र एक जना कर्मचारीलाई विष खुवाइएको थियो । उनीहरूको अवस्था स्थिर छ ।” अधिकारीका अनुसार घटनाबारे अनुसन्धान सुरु गरिएको छ ।

यसैबीच एक पीडित छात्राकी आमा महनाजले घटनाको निन्दा गर्दै प्रान्तीय प्रशासनलाई घटनामा संलग्नको पहिचान गरी कानूनको कठघरामा ल्याउन आग्रह गरेका छन् । अर्का विद्यार्थी अली आगा करबलाईका पिताले प्रभावित विद्यार्थीको सङ्ख्या ८० भन्दा बढी रहेको बताउँदै छोरीको शीघ्र स्वास्थ्यलाभको लागि प्रार्थना गरिरहेको बताए । गाउँलेका अनुसार आइतबार ८० जना विद्यार्थीसहित ८७ जना एक्कासी बिरामी परेपछि उनीहरूलार्ई अस्पताल लगिएको थियो । उनीहरूलाई कसरी बिष आक्रमण गरियो भन्नेबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । (रासस÷सिन्ह्वा)


-->

काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले चिकित्सकमाथि दुर्व्यवहार र आक्रमण गर्नेमाथि कडा कारबाही

काठमाडौं । सर्वोच्च अदालतले बालुवाटारस्थित ललिता निवासको जग्गा हिनामिना प्रकरणमा नाम मुछिएका पूर्वप्रधानमन्त्रीद्धय डा.

बेइजिङ । चीन, दक्षिण कोरिया र जापानका शीर्ष नेताबीच यथासक्य चाँडो शिखर वार्ता हुनेभएको

येरेभान । नागोर्नो काराबाखमा सोमबार इन्धन डिपो विष्फोट हुँदा २० जनाले ज्यान गुमाएका छन्

बेइजिङ । चीनका विदेशमन्त्री वाङ यीले आगामी नोभेम्बरमा संयुक्त राज्य अमेरिकामा हुने एशिया–प्रशान्त आर्थिक