back
CTIZAN AD

सन् २०२३ मा हवाई उद्योगले कोभिडपछिको कीर्तिमानी रेकर्ड कायम गर्ने

वि.सं.२०८० जेठ २२ सोमवार

999 

shares

इस्तानबुल । विश्वभरका विमान कम्पनीले सन् २०२३ मा ४.३५ अर्ब यात्रुलाई उडान सेवा दिने प्रक्षेपण अन्तर्राष्ट्रिय हवाई यातायात सङ्घ (आईएटीए) ले गरेको छ । यो सेवा सङ्ख्या सन् २०१९ को रेकर्डको नजिक पुगेको छ । कोभिड महामारीबाट विश्व समुदाय विस्तारै सामान्यअवस्थामा फर्किएको र यसको लाभ विश्वभरीका उडान सेवाले लिने आईएटीएले सोमबार बताएको हो ।

आईएटीएका अनुसार सन् २०२३ मा खूद मुनाफा ९.८ अर्ब अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ, वा अघिल्लो अनुमानको दोब्बर हुनेछ । विश्व समुदायसँगै कोभिडबाट बढी प्रभावित मुलुकमध्येको एक राष्ट्र चीनले पनि कोभिड प्रतिबन्धको अन्त्य गरेपछि खूद मुनाफा अनुमानभन्दा बढी अर्थात् दोब्बर पुग्ने प्रक्षेपण गरिएको हो । सङ्गठनका अनुसार सन् २०२२ मा ३.६ अर्ब अमेरिकी डलर बराबरको नोक्सानी अनुमान गरिएकोभन्दा आधा कम नोक्सान भएको थियो ।

“सन् २०२३ मा एयरलाइन्सको वित्तीय प्रदर्शनले अपेक्षालाई पराजित गरिरहेको छ,” आईएटीएका महानिर्देशक विली वाल्शले इस्तानबुलमा सङ्गठनको वार्षिक साधारण सभालाई सम्बोधन गर्दै भने ।

“बलियो लाभप्रदता धेरै सकारात्मक विकासहरूद्वारा समर्थित छ । चीनले अनुमान गरेभन्दा पहिले यस वर्षको सुरुमा कोभिड–१९ प्रतिबन्ध हटाएको थियो,’ वाल्शले भने । हवाई इन्धनको मूल्य उच्च रहे पनि वर्षको पहिलो छ महिनामा भने यो मूल्यमा कमी आएको उनले बताए ।

फेब्रुअरी २०२२ मा रूसले युक्रेनमाथि गरेको आक्रमणका कारण ऊर्जाको लागत बढेको थियो तर त्यसयता तेल र प्राकृतिक ग्यासको मूल्यमा गिरावट आएको छ ।लागत पक्षमा, केही राहत भएको वाल्शले बताए । “आर्थिक अनिश्चितताले यात्रा गर्ने इच्छालाई कम गरेको छैन, यद्यपि टिकटको मूल्यले इन्धनको उच्च लागतलाई अवशोषित गरेको छ,” उनले भने ।

महामारीले वायुसेवा उद्योगलाई तहसनहस पारेको र सन् २०२० मा देशहरूले लकडाउन लागू गर्दा र सीमाहरू बन्द गर्दा १३७ अर्ब डलर गुमाएको थियो । यस क्षेत्रले सन् २०२१ मा थप ४२ अर्ब डलर गुमाएको थियो र गत वर्ष पनि रातो अवस्थामा थियो किनकि एक प्रमुख बजार चीनले कोभिड प्रतिबन्धहरूलाई जारी राख्ने अनुमान गरिएको थियो तर अन्ततः डिसेम्बरमा चीनले पनि कोभिडजन्य सबै प्रतिबन्ध हटाएको थियो । (रासस/एएफपी)

 

वि.सं.२०८० जेठ २२ सोमवार २०:३९ मा प्रकाशित

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

वरिष्ठ पत्रकार श्रेष्ठलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

वरिष्ठ पत्रकार श्रेष्ठलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई सशरीर अदालतमा...

रेजिडेन्ट र इन्टर्न चिकित्सकका माग तत्काल सम्बोधन गर्न नेपाल चिकित्सक संघको माग

रेजिडेन्ट र इन्टर्न चिकित्सकका माग तत्काल सम्बोधन गर्न नेपाल चिकित्सक संघको माग

काठमाडौं । नेपाल चिकित्सक संघले देशका विभिन्न मेडिकल कलेजका रेजिडेन्ट...

मानव तस्करी र आप्रवासन ठगीबारे एनआरएनए क्यानडाले सार्वजनिक गर्यो यस्तो धारणा

मानव तस्करी र आप्रवासन ठगीबारे एनआरएनए क्यानडाले सार्वजनिक गर्यो यस्तो धारणा

टोरन्टो । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले नेपाली डायस्पोराका केही...