back

संसदमै किसानहरुको अपमान गरिएको भन्दै महासंघको गम्भीर आपत्ति

वि.सं.२०८० जेठ २६ शुक्रवार

441 

shares
NTC AD

काठमाडौं । अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) ले संसदमै किसानहरुको अपमान गरिएको भन्दै गम्भीर आपत्ति जनाएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणका क्रममा भारत सरकारका तर्फबाट प्राप्त हुन लागेका १५ वटा मुर्रा राँगोको विषय संसदमा उछाल्दै केही राजनीतिक दलहरूले देशको दुईतिहाइ जनसंख्या ओगट्ने नेपाली किसानहरू र राष्ट्रिय अर्थतन्त्रमा एकतिहाई योगदान गर्ने कृषि क्षेत्रलाई अपमान गरिएको भन्दै महासंघले आपत्ति जनाएको हो ।

‘र युवाहरूलाई कृषिबाट विकर्षित गर्ने गरी अपमानजनक भाषामा संसदमा प्रहसन गरिएकोमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । हामी सो कार्यको तीव्र निन्दा तथा भत्र्सना गर्दछौँ ।’ महासंघले अध्यक्ष चित्र बहादुर केसीद्वारा जारी बिज्ञप्तिमा भनिएको छ ।

यस्तो छ विज्ञप्ति
नेपाल सरकारका सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को यही मिति २०८० जेठ १७–२० गतेसम्म भएको भारतको ४ दिने औपचारिक भ्रमणको क्रममा नेपालको विद्युत उत्पादन तथा विक्रि, संयुक्त चेकपोष्ट, पारवाहन, पेट्रोलियम पदार्थको पाइपलाइन लगायतका दीर्घकालीन हितका विषयमा सम्झौता गर्न सफल भएको, भारतीय शासक वर्गको आँखामा आँखा जुधाएर दुई पक्षीय हितको विषयमा कुराकानी गरेको, बरु आफ्नो भ्रमणलाई सद्भावना भ्रमणको रूपमा टुंगाउन तयार भएको तर देशको हित विरुद्ध कुनै पनि गलत सन्धि सम्झौता नगर्ने अडान लिएको, भारतीय संसदमा नेपालका लुम्बिनी र कपिलवस्तु जस्ता ऐतिहासिक स्थलहरू समेटेको भित्ते चित्र (मुरल) टाँगेको विषयलाई दृढताकासाथ उठाएको र विगतमा नेपाली भूमि अन्तर्गत रहेका तर अंग्रेजी शासकहरूले भारत छोड्दा नेपालका राजा र राणाहरूले आफ्नो सत्ता जोगाउन भारतलाई सुम्पेका विभिन्न भूभागहरू समेटिएको विशाल नेपाल (ग्रेटर नेपाल) को भित्ते चित्र राख्ने बहस चलेको उल्लेख गर्दै तीव्र विरोध गरेको र राष्ट्रहित विपरीतका कुनै पनि सन्धि–सम्झौता नगरी देशको शिर उँचो राखेकोमा हामी देशभरका किसानहरूको तर्फबाट हार्दिक आभार तथा धन्यवाद ज्ञापन गर्दछौँ । यसै सन्दर्भमा नेपाल सरकारलाई भारत सरकारका तर्फबाट प्राप्त हुन लागेका १५ वटा मुर्रा राँगोको विषय संसदमा उछाल्दै केही राजनीतिक दलहरूले देशको दुईतिहाइ जनसंख्या ओगट्ने नेपाली किसानहरू र राष्ट्रिय अर्थतन्त्रमा एकतिहाई योगदान गर्ने कृषि क्षेत्रलाई अपमान गर्ने र युवाहरूलाई कृषिबाट विकर्षित गर्ने गरी अपमानजनक भाषामा संसदमा प्रहसन गरिएकोमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । हामी सो कार्यको तीव्र निन्दा तथा भत्र्सना गर्दछौँ ।

नेपालको अर्थतन्त्रमा कृषिको योगदान, कृषि क्षेत्रमा पशुपालन, पशुपालनमा भैँसीको योगदान र भैँसीको उत्पादन र उत्पादकत्व बृद्धिमा उन्नत नश्ल सुधार, कृतिम गर्भाधान र त्यसका लागि मुर्रा जातको भैँसीको उपयोगिता र प्रभावकारिता बारे कुनै ज्ञान नभएका तर आफैले आफैलाई ब्रम्हज्ञानी ठान्ने महाकाली बेचुवा राजनीतिक दलहरू, ‘जान्नेलाई छान्ने’ भन्दै आफू बाहेकका आम नागरिक, किसान र मजदुरहरूलाई ‘नजान्ने’,अनपढ, गँवार बनाउँदै फेसबुक–ट्विटरमा नौटंकी गरेको भरमा राजनीतिमा अस्थायी ठाउँ बनाएका चटके राजनीतिक दलका किसानविरोधी, कृषिविरोधी र आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्र विरोधी बज्रस्वाँठहरूले संसदमा हंगामा खडा गर्नुले उनीहरूको कृषि र किसान विरोधी चरित्र र चिन्तन खुलस्त भएको छ । हामी देशका सबै कृषि र किसान विरोधी राजनीतिक दल र नेताहरूलाई मूर्दावाद भन्न चाहन्छौँ ।

नेपाली किसानको हितलाई ध्यानमा राखी पशुपालक किसानहरूलाई उच्च उत्पादनयुक्त पशु नश्ल उपलब्ध गराउन सम्माननीय प्रधानमन्त्रीज्यूले भारत भ्रमणको अवसरमा गरेको पहलका लागि हामी नेपालका करोडौँ किसानहरूको तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छौँ । नेपाल सरकारले धेरै पहिले नै प्रक्रिया अघि बढाइसकेको, सरकारको शीर्ष नेतृत्वले यसलाई तुच्छ विषय सम्झेर पहल नगरेको र तल्लो तहबाट पटकपटक पहल हुँदा पनि भारतले दिन अस्विकार गरेको उच्च गुणस्तरका मुर्रा जातका राँगोहरू यसपटक प्राप्त हुने सुनिश्चितता गरेकोमा सम्माननीय प्रधानमन्त्री प्रचण्डलाई हार्दिक बधाई ज्ञापन गर्न चाहन्छौँ । साथै स्वदेशी विउबिजन र पशु नश्लको संरक्षण र विकास गर्दै खाद्यान्न, तरकारी, उखु, चिया लगायतका विभिन्न बाली र पशु नश्लको अझ उच्चस्तरको आनुवांशिक स्रोतका लागि विभिन्न राष्ट्रहरूसँग पहल गर्न हामी नेपाल सरकारसँग जोडदार माग गर्दछौँ ।

नेपालजस्तो किसान बाहुल्य देशमा देशको जनसंख्याको दुईतिहाइ हिस्सा ओगट्ने किसानहरू नेपालका प्रमुख उत्पादक शक्ति हुन्, देशको राजनीतिक, सामाजिक तथा आर्थिक परिवर्तनका मुख्य चालक शक्ति हुन् । यो देशमा भएका जुनसुकै राजनीतिक दलहरूले किसानहरूको भोटले मात्रै संसदमा छिर्ने ल्याकत राख्दछन् र किसानहरूले नरुचाएको दिन तिनलाई नेपाली किसानहरूले ‘दुधमा परेको झिँगो टिपेर मिल्काए’ जस्तै नेपालको राजनीतिक इतिहासबाट तिनको नामो निशान मोटाइदिने तागत राख्दछन् । त्यसैले सबै राजनीतिक दलहरूलाई जिम्मेवार बन्न, कृषि पेसा र किसानहरूलाई अपमान गर्ने गतिविधि संसद वा संसद बाहिर नदेखाउन अन्यथा किसानहरूको आक्रोशको तारो बन्ने कुराको चेतावनी दिन चाहन्छौँ ।’

मितिः २०८०\०२\२६ गते

चित्रबहादुर श्रेष्ठ
अध्यक्ष

वि.सं.२०८० जेठ २६ शुक्रवार १३:३८ मा प्रकाशित

ADBL AD
राप्रपा अध्यक्ष  लिङ्देनद्वारा पार्टीका केही विभाग प्रमुखहरूको जिम्मेवारी हेरफेर

राप्रपा अध्यक्ष  लिङ्देनद्वारा पार्टीका केही विभाग प्रमुखहरूको जिम्मेवारी हेरफेर

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको...

आज यी चार प्रदेशका केही स्थानमा चट्याङ्ग सहित वर्षाको सम्भावना !

आज यी चार प्रदेशका केही स्थानमा चट्याङ्ग सहित वर्षाको सम्भावना !

काठमाडौं । हाल कोशी प्रदेश र बागमती प्रदेशमा आंशिक देखि...

मध्यपहाडी राजमार्गको खुर्काेट–घुर्मी खण्ड एकतर्फी खुल्यो

मध्यपहाडी राजमार्गको खुर्काेट–घुर्मी खण्ड एकतर्फी खुल्यो

काठमाडौँ । मध्यपहाडी राजमार्गअन्तर्गत खुर्काेट–घुर्मीखण्ड आजदेखि एकतर्फी रुपमा खुलेको छ...

चन्दननाथ र भैरवनाथ मन्दिरको लिङ्गो फेरियो

चन्दननाथ र भैरवनाथ मन्दिरको लिङ्गो फेरियो

जुम्ला । जुम्ला सदरमुकाम खलङ्गा बजारमा रहेको कर्णाली प्रदेशको प्रसिद्ध...

बाढीपछि पर्यटकको पर्खाइमा सौराहाका होटल व्यवसायी

बाढीपछि पर्यटकको पर्खाइमा सौराहाका होटल व्यवसायी

चितवन । सौराहास्थित राप्ती नदीको किनारमा रहेको सन्सेट होटलको नदी...