back
CTIZAN AD

गर्मीले आत्तिनु भएको छ ? अपनाउनुहोस् यी उपाय

वि.सं.२०८० जेठ २६ शुक्रवार

1.4K 

shares

काठमाडौँ । गर्मीको मौसममा सबैलाई गर्मीको महसुस हुन्छ । यो समयमा गर्मीका कारण धेरै समस्या पनि उत्पन्न हुन्छन् । यो मौसममा हिड्दा, बस्दा, सुत्दा, काम गर्दा वा त्यत्तिकै बस्दा पनि गर्मी महसुस हुन्छ । अझ यो मौसममा खेतबारीमा काम गर्नेलाई अझ बढी समस्या भोग्नु परेको हुन्छ ।
गर्मीकै कारण कतिपय रोगबाट ग्रसित भएको पाइन्छ । नेपालमा पनि पछिल्ला दिनमा अत्यधिक गर्मी बढेको छ । प्राय चिसो नै महसुस हुने काठमाडौं यातफेरि पहाडी क्षेत्रका मानिसले पनि गर्मी अत्यधिक महसुस गर्नु परेको छ भने तराईका क्षेत्रमा त लु लाग्ने समस्या अत्यधिक देखिएकाले सम्बन्धीत निकयाले सचेत समेत गराएको छ ।

यस्ता समस्याबाट केही राहत पाउन सकिन्छ की, आउनुहोस् अपनाउ यी उपाय

१ -गर्मीको मौसममा गर्मी सुहाउँदो वा गर्मीबाट बचाउने कपडा लगाउनुहोस् । जस्तै लुज–फिटिंग, कपासबाट बनेका कपडा, सेतो कलर अथवा शितल हुने लेनिनका कपडा । गाढा कपडाले हल्का भन्दा बढी प्रकाश तान्ने हुनाले सेता वा हल्का कपडा लगाउनु उचित हुन्छ ।

२- कागती अन्य बेलामा पनि लाभदायक हुन्छ । गर्मी मौसममा कागती पानी पिउनु उत्तम हुन्छ । कागती नै पहिलो फल हो जुन हाम्रो शरीरलाई चिसो बनाउन सहयोग गर्दछ ।

३ -पुदिनाको सेवन गर्नहोस । गर्मीको समयमा पुदिनाले राम्रो फाइदा गर्छ किनकी यसको गुण नै शीतल हुन्छ । पुदिनालाई आफैमा एक औषधिको रुपमा पनि लिइन्छ र यसमा भिटामिन ए पाइन्छ । गर्मीको समयमा रोगसँग लड्नको लागि पनि यो निकै उपयोगि छ ।

४ -पानीको मात्रालाई बढाउनुहोस् । गर्मीको समयमा पानी कम पिउदा शरिरमा डिहाइड्रेसन हुन्छ । शरीरका नसा र कोशिकाहरूलाई सिंचित गर्नका लागि पानी आवस्यक पर्दछ । त्यसैले गर्मीको समयमा पानी प्रशस्त पिउनु पर्दछ ।

५- घरबाट बाहिर कम निस्कने गर्नुहोस् । गर्मी महिनामा जतिसक्दो घरबाट बाहिर ननिस्कने । घामको किराणको प्रभाव सिधै हाम्रो छालामा पर्ने हुँदा त्यसले असर गर्दछ ।

६ -अनावशयका ढोकाहरु बन्द गर्नहोस । यदि तपाईले फ्यान, एसी जस्ता उपकरण चलाउनु भएको छ भने अनावश्यक ढोकाहरु बन्द गर्नुहोस् । सानो क्षेत्रमा मात्र चिसो बनाउनका लागि छिटो र सहज हुन्छ ।

७- बाहिर हावा चिसो हुँदा ढोका र झ्यालहरू खोल्नुहोस् । जस्ले गर्दा कोठा चिसो हुन्छ ।

८ -तपाईंको सौन्दर्य प्रशाधन र क्रिमहरू चिसो गर्नुहोस् । तपाईंको लोशन, मोइस्चराइजर र क्रिमहरू फ्रिजमा राख्दा तिनीहरु चिसो हुन्छन् । यसले गर्दा उत्पादन बिग्रने डर हुँदैन ।

वि.सं.२०८० जेठ २६ शुक्रवार १६:०७ मा प्रकाशित

कृत्रिम अभाव सृजना गर्नेलाई कानुनबमोजिम कारबाही

कृत्रिम अभाव सृजना गर्नेलाई कानुनबमोजिम कारबाही

वीरगञ्ज (पर्सा) । खाना पकाउने ग्यासमा कृत्रिम अभाव सिर्जना गर्नेलाई...

नाइमा मोविलिटी एक्स्पो-२०२६ मा अथर नेपालको मेगा गिभअवेः एउटा फोटोले जिताउन सक्छ नयाँ स्कुटर

नाइमा मोविलिटी एक्स्पो-२०२६ मा अथर नेपालको मेगा गिभअवेः एउटा फोटोले जिताउन सक्छ नयाँ स्कुटर

काठमाडौँ । आगामी साताबाट सुरु हुन लागेको नेपालकै ठूलो मध्येको...

तुलसा च्याउ दिदीका नामले चिनिन थालिन्

तुलसा च्याउ दिदीका नामले चिनिन थालिन्

दाङ । तुलसा आजकाल च्याउ दिदीका नामले चिनिन थाल्नुभएको छ...

नेपाल बैंक र चितवन इनर्जीबीच ४.७५ मेगावाट जलविद्युत् आयोजनाका लागि कर्जा सम्झौता

नेपाल बैंक र चितवन इनर्जीबीच ४.७५ मेगावाट जलविद्युत् आयोजनाका लागि कर्जा सम्झौता

काठमाडौं । नेपाल बैंक लिमिटेड र चितवन इनर्जी लिमिटेडबीच तल्लो...

फोहोरबाट बिजुली र मल उत्पादन गर्न वैकल्पिक ऊर्जासँग सम्झौता

फोहोरबाट बिजुली र मल उत्पादन गर्न वैकल्पिक ऊर्जासँग सम्झौता

काठमाडौँ । काठमाडौं महानगरपालिकाले टेकुस्थित बायोग्यास प्लान्ट (वेस्ट टु इनर्जी...

दराज नेपालद्वारा ‘८.८ ग्रेट एट सेल’को घोषणा, ५० लाख रुपैयाँ बराबरको भौचर पाउन सकिने

दराज नेपालद्वारा ‘८.८ ग्रेट एट सेल’को घोषणा, ५० लाख रुपैयाँ बराबरको भौचर पाउन सकिने

काठमाडौँ । नेपालकै अग्रणी अनलाइन किनमेल प्लेटफर्म दराज नेपालद्वारा बहुप्रतिक्षित...