Logo
१० आश्विन २०८०, बुधबार
     Wed Sep 27 2023
E-paper
  English Edition
   Unicode
Logo

कालीगण्डकी करिडोर निर्माणका क्रममा पूर्ववडाध्यक्षको मृत्यु



गल्याङ । कालीगण्डकी करिडोर निर्माणका क्रममा स्याङ्जाको गल्याङ नगरपालिका–५ का पूर्ववडाध्यक्षको मृत्यु भएको छ ।

स्यालबास निवासी ५५ वर्षीय विष्णुबहादुर क्षेत्रीको ट्र्याक्टरमा गिट्टी बालुवा लोड गर्ने क्रममा जेसिबीको स्टेप्लाइजरले च्यापिएर गम्भीर घाइते भएको र उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए ।

कालीगण्डकी करिडोरको सेतीबेनी–मिर्मी सडक खण्डअन्तर्गत गल्याङ –५ जोगिमारास्थित ठूलोखोलामा आज बिहान सो दुर्घटना भएको उनले जानकारी दिए । घाइते क्षेत्रीको मिर्मीस्थित कालीगण्डकी अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

क्षेत्री २०७४ सालको स्थानीय तहको निर्वाचनमा गल्याङ –५ को वडाध्यक्षमा निर्वाचित भएका थिए ।रासस


-->

काठमाडौं । एनएमबि बैंकले स्थीर ब्याजदरमा घर कर्जा योजना ल्याएको छ । बैंकले ‘अब

काठमाडौँ । नेपालमा रासायनिक मल कारखाना खोल्ने सम्बन्धमा विस्तृत सम्भाव्यता अध्ययनका लागि लगानी बोर्ड

काठमाडौं । डिजिटल वालेट ‘खल्ती’ले ‘सेन्ड मनी फर फ्री’ अफर सार्वजनिक गरेको छ ।

काठमाडौं । स्वास्थ्यकर्मीमाथि विरामीका आफन्त तथा परिवारबाट आक्रमणको सिलसिला बढेपछि गृहमन्त्रालयले सर्वसाधारणले देख्ने गरी

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सिटिजन लाइफ इन्स्योरेन्सको शेयर सुचिकृत भएको छ ।