काठमाडौं । पछिल्ला केही सातायता देशैभरी बढेको गर्मीका कारण जनजीवन अस्तव्यस्त बनेको छ ।
गर्मीका कारण बढेको खडेरीका कारण मुख्यत खानेपानीको समस्या, खेतबारीमा लगाएको बाली सुक्ने समस्याका साथै जनजीवनमा पनि त्यसले प्रत्यक्ष असर पारेको छ । जसका कारण देशका विभिन्न अस्पतालमा उपचार गराउन आउनेको संख्या बढिरहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सबैभन्दा बढी तापक्रम भैरहवा, धनगढी र नेपालगन्जको रहेको छ ।
महाशाखाका अनुसार आज भैरहवाको अधिकतम तापक्रम ४१.२ र न्यूनतम तापक्रम ३० डिग्री सेल्सियस मापन गरिएको छ ।
त्यसैगरी नेपालगन्जको अधिकतम तापक्रम ४०.८ र न्यूनतम तापक्रम ३० डिर्गी सेल्सियस मापन गरिएका छ भने सिमराको अधिकतम तापक्रम ४०.५, विरेन्द्रनगरको ३९.४ र दीपायल ३९.५ डिग्री मापन गरिएको छ ।
त्यसैगरी आज काठमाडौंको अधिकतम तापक्रम ३३.३ र न्यूनतम २१.५ मापन गरिएको छ । साथै सबैभन्दा कम जुम्ला, ताप्लेजुङ र ओखल ढुंगाको रहेको छ । त्यहाँ अधिकतम तापक्रम २७ डिर्गी सेल्सियसमापन गरेको छ ।
मध्य तथा पश्मिी तराईमा अझै केहीदिन तापक्रम उच्च हुने
महाशाखाले देशका मध्य तथा पश्चिमी तराईका भू–भागहरूमा अधिकतम र न्यूनतम तापक्रम केही दिन नघट्ने देखिन्छ । जसका कारण सो भू–भागहरूमा तातो हावा /लू चलिरहने हुनाले आवस्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
आज यी तीन प्रदेशमा वर्षाको सम्भावना
आज कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरू र बाँकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ–गर्जन÷चट्याङ्ग सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
त्यस्तै राति पनि कोशी र बागमती प्रदेशका थोरै स्थानहरूका साथै मधेश प्रदेश लगायत देशका बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा मेघ–गर्जन÷चट्याङ्ग सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ ।
Observations2023-06-11 08:45 NPT
| Station | Maximum Temp.* (°C) |
Minimum Temp. (°C) |
24 hrs Rainfall (mm) |
|---|---|---|---|
| Dadeldhura | 29.2 | 17.8 | 0.0 |
| Dipayal | 39.5 | 22.6 | 0.0 |
| Dhangadi | 40.6 | 26.5 | 0.0 |
| Birendranagar | 39.4 | 25.6 | 0.0 |
| Nepalgunj | 40.8 | 30.0 | 0.0 |
| Jumla | 27.4 | 12.2 | 0.0 |
| Ghorahi | 37.5 | 26.5 | 0.0 |
| Pokhara | 34.7 | 22.0 | Traces |
| Bhairahawa | 41.2 | 30.0 | 0.0 |
| Simara | 40.5 | 27.5 | 0.0 |
| Kathmandu | 33.3 | 21.5 | 0.0 |
| Okhaldhunga | 27.6 | 19.0 | 0.0 |
| Taplejung | 27.4 | 16.6 | 14.0 |
| Dhankuta | 30.3 | 20.5 | 0.0 |
| Biratnagar | 35.3 | 26.2 | 0.0 |
| Janakpur | 38.4 | 28.2 | 0.0 |
| * The maximum temp. as recorded yesterday afternoon | |||
वि.सं.२०८० जेठ २८ आइतवार १२:२६ मा प्रकाशित






























