back
CTIZAN AD

‘प्रचण्डमा देखिएको चिन्तन २०५२ तिरै आएको भए राजनीति कस्तो हुन्थ्यो होला ?’

वि.सं.२०८० जेठ २८ आइतवार

1K 

shares

काठमाडौं । नेकपा (एमाले)का नेता भीम रावलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको धार्मिक यात्राबारे टिप्पणी गरेका छन् । शनिबार प्रधानमन्त्रीसहित विभिन्न मन्त्रीहरुले पशुपतिनाथको दर्शनपछि उनले “यस्तो चिन्नत २०५२ सालतिरै आएको भए राजनीति कस्तो हुन्थ्यो होला ?” भनि प्रश्न गरेका छन् ।

भारतको इन्दौरमा गेरू बस्त्र लगाई पूजा गरेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रचण्डलाई आध्यात्मिक अनुभूति र पशुपतिनाथको सम्झना हुने बताएको समेत रावलले स्मरण गरेका छन् ।

“प्रम प्रचण्डले मन्त्रीहरू सहित पशुपतिनाथको दर्शन गर्नुभएछ, यस्तो चिन्तन उहाँमा २०५२ साल तिर आएको भए राष्ट्रिय राजनीति कस्तो हुन्थ्यो होला ?”, रावलले प्रश्न गरेका छन्, “प्रमले भारतको इन्दौरमा गेरू बस्त्र लगाई पूजा गरेपछि भारतीय प्रमंले प्रचण्डलाई अध्यात्मिक अनुभूति र पशुपतिनाथको सम्झना हुने भन्नुभएको थियो !”

भारत भ्रमणका क्रममा उज्जैनमा महाकालेश्वर मन्दिरमा पूजापाठ गरेका प्रचण्डले शनिबार पशुपतिनाथमा पुजाआजा गरेका थिए । सोक्रममा प्रचण्डले उज्जैनस्थित ज्योतिर्लिङ्ग महाकालेश्वरबाट ल्याएको जल पशुपतिनाथमा चढाएका थिए ।

वि.सं.२०८० जेठ २८ आइतवार १२:२० मा प्रकाशित

हेटौंडा कपडा उद्योग एक वर्षमै ‘सेतो हात्ती’ बन्न सक्ने भन्दै पूर्व प्रशासकको सरकारलाई सुझाव

हेटौंडा कपडा उद्योग एक वर्षमै ‘सेतो हात्ती’ बन्न सक्ने भन्दै पूर्व प्रशासकको सरकारलाई सुझाव

न्यौपानेका अनुसार हेटौंडा कपडा उद्योगसँगै विगतमा बन्द भएका अन्य सरकारी...

सेवोन अध्यक्षका अभिव्यक्तिबारे रविन्द्र भट्टराईको प्रश्न – ‘साना लगानीकर्तालाई किन भाइरसजस्तो चित्रण गरिँदैछ ?’

सेवोन अध्यक्षका अभिव्यक्तिबारे रविन्द्र भट्टराईको प्रश्न – ‘साना लगानीकर्तालाई किन भाइरसजस्तो चित्रण गरिँदैछ ?’

काठमाडौं । शेयर विश्लेषक तथा अर्थशास्त्री रविन्द्र भट्टराईले नेपाल धितोपत्र...