back
CTIZAN AD

आर्थिक विधेयकप्रति बैंकर्सहरुको आपत्ति, नसच्याए आन्दोलन गर्ने चेतावनी

वि.सं.२०८० जेठ ३१ बुधवार

786 

shares

काठमाडौं । बैंक तथा वित्तीय क्षेत्रले आर्थिक विधेयक, २०८०का केही बुँदामाथि आपत्ति जनाएका छन् । प्रस्तावित विधेयकका दफा नं. २६, २७ र २९ तत्काल खारेज गर्न बैंक तथा वित्तीय क्षेत्रको माग छ ।

बुधबार नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एशोसिएसन, जीवन बीमक संघ, नेपाल बीमक संघ, नेपाल वित्तीय संस्था संघ, बैंक तथा वित्तीय संस्था परिसंघले संयुक्त रुपमा प्रेस विज्ञप्ति सार्वजनिक गर्दै उक्त बुँदाहरु खारेज गर्न माग गरेका हुन् । संयुक्त विज्ञप्तिमा उक्त बुँदा खारेज नगरिए चरणबद्ध आन्दोलन गर्ने चेतावनी पनि दिइएको छ ।

संयुक्त प्रेस विज्ञप्तिमा भनिएको छ, “समग्र अर्थतन्त्रमा पर्न सक्ने गम्भीर प्रभावलाई मध्यनजर गरी आर्थिक विधेयक, २०८० को दफा नं. २६, २७ र २९ लाई तत्काल खारेज गर्न नेपाल सरकार समक्ष जोडदार माग गर्दछौं । यदि उक्त बुँदाहरु खारेज गर्नेतर्फ नेपाल सरकारले तत्काल तदारुकता नदेखाउने हो ेभने हामी सबै आ–आफ्नो क्षेत्रबाट चरणबद्ध विरोधका कार्यक्रमहरु सञ्चालन गर्न बाध्य हुनेछौं ।”

विधेयकको दफा २६ मा एफपिओबाट प्रिमियम मूल्यमा सेयर जारी गरी प्राप्त भएको रकममध्ये अघिल्लो वर्षसम्म हिताधिकारीलाई बोनस सेयरको रुपमा वितरण गरेको लाभांश रकमलाई आयकर ऐन, २०५८ को दफा ५६ को उपदफा (३) बमोजिम आयमा समावेश गर्नुपर्ने र दफा २७ मा संस्थाहरु मर्जर वा एक्विजिसन हुँदा प्राप्त लाभ (बार्गेन पर्चेज गेन) बापतको आयलाई कर प्रयोजनको लागि आयमा समावेश गरी कर दाखिला गर्नुपर्ने र दफा २९ मा धितोपत्र, जग्गा तथा घर जग्गाको कारोबार गर्नेलाई छुट सम्बन्धी व्यवस्था गरिएको छ ।

जुन व्यवस्थाले अर्थतन्त्रका प्रमुख क्षेत्रहरु बैकिङ्ग, बीमालगायत समग्र अर्थतन्त्रमा नै अपूरणीय क्षति पुग्ने बैंक तथा वित्तीय क्षेत्रको ठम्माई छ । बैंक तथा वित्तीय क्षेत्रले विभिन्न बुँदामा विरोध गर्नुका कारण पनि खुलाएका छन् ।

यस्तो छ संयुक्त विज्ञप्ति

वि.सं.२०८० जेठ ३१ बुधवार १२:१७ मा प्रकाशित

दलको विधान संशोधन गर्दै रास्वपा

दलको विधान संशोधन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको विधान, २)८३...

किन कारबाही नगर्ने भन्दै ? भन्दै प्राधिकरणद्वारा एनसेलसँग स्पष्टीकरण माग

किन कारबाही नगर्ने भन्दै ? भन्दै प्राधिकरणद्वारा एनसेलसँग स्पष्टीकरण माग

काठमाडौँ, ३ भदौः नेपाल दूरसञ्चार प्राधिकरणले सेवाग्राहीले डाटा अफ गरेको...

स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष, उपाध्यक्षसहित सदस्यहरु नियुक्त

स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष, उपाध्यक्षसहित सदस्यहरु नियुक्त

नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (NHRC) को अध्यक्षमा डा. सुधा बस्नेत...

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

गरिमा विकास बैंककोे नवनिर्मित केन्द्रिय कार्यालय उद्घाटन

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको नवनिर्मित आफ्नै केन्द्रीय कार्यालय...

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा.डा ढुण्डीराज पौडेल नियुक्त

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा.डा ढुण्डीराज पौडेल नियुक्त

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलको अध्यक्ष पदमा प्रा. डा ढुण्डीराज...

चार महिनामा ११ हजार सरकारी कर्मचारीलाई कारबाही

चार महिनामा ११ हजार सरकारी कर्मचारीलाई कारबाही

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको राष्ट्रिय सतर्कता केन्द्रले...