back
CTIZAN AD

ब्राजिलमा आँधीका कारण १३ जनाको मृत्यु, ८० हजार विस्थापित

वि.सं.२०८० असार ४ सोमवार

897 

shares

रियो दि जेनेरियो । ब्राजिलको दक्षिणी क्षेत्रमा आएको आँधीका कारण मृत्यु हुनेको सङ्ख्या कम्तीमा १३ पुगेको छ । आँधीका कारण हजारौं व्यक्ति विस्थापित भएका अधिकारीहरूले सोमबार बताएका छन् ।

बिहीबार र शुक्रबार रियो ग्रान्डे डो सुल राज्यमा आएको आँधीका कारण १३ जनाको मृत्यु भएको छ भने अन्य तीन जना अझै सम्पर्कमा नआएको अधिकारीले बताए ।मृत्यु हुनेमा एक चार महिनाको शिशु रहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

साओ लियोपोल्डो शहरकी एक महिलाले आफ्नो नाम उल्लेख नगरिकन एस्टादाओ पत्रिकासँग भन्नुभयो, “घरभित्र हाम्रो कम्मरसम्म पानी आयो । अग्निनियन्त्रकहरू तुरुन्तै आए र हामीलाई डुङ्गामा चढाएर बाहिर निकाले । यसका लागि हामी ईश्वरप्रति आभारी छौँ ।” उनले एउटा अकल्पनीय सपनाजस्तो घटना भएको बताए ।

आँधीपछि आएको बाढीका कारण डुबानमा परेका सयौँ मानिसलाई हेलिकप्टरबाट पानी बाहिर निकालिएको छ । आँधीका कारण करिब पाँच हजार परिवार घरवारविहीन बनेका छन् भने झण्डै एक लाख व्यक्ति विद्युतीय सेवाबाट बञ्चित बनेका छन् । बिहीवारदेखि शुक्रबारसम्म आएको चक्रवातका कारण जाखिममा रहेका करिब ८० हजार व्यक्तिलाई प्रभावित क्षेत्रबाट सुरक्षित स्थानमा सारिएको छ । (रासस/सिन्ह्वा)

file -photo

वि.सं.२०८० असार ४ सोमवार १६:५६ मा प्रकाशित

मतदाता सूची विवादबीच पश्चिम बङ्गालमा मतदान सुरु

मतदाता सूची विवादबीच पश्चिम बङ्गालमा मतदान सुरु

कोलकाता । लाखौँ मतदाताको नाम सूचीबाट हटाइएको विवादबीच भारतको पश्चिम...

बेलायतमा चुरोटमाथि ऐतिहासिक कडाइ

बेलायतमा चुरोटमाथि ऐतिहासिक कडाइ

लन्डन  । बेलायतले भविष्यका पुस्तालाई धूम्रपानबाट जोगाउने लक्ष्यसहित चुरोट खरिदमै...

लेबनानमा इजरायली आक्रमण, पाँच जनाको मृत्यु

लेबनानमा इजरायली आक्रमण, पाँच जनाको मृत्यु

इजरायल । लेबनानको राष्ट्रिय समाचार एजेन्सी (एनएनए) र अल जजिराले...

१४ महिनापछि स्वदेश फर्कियो २५०० वर्ष पुरानो अमूल्य सुनौलो हेलमेट

१४ महिनापछि स्वदेश फर्कियो २५०० वर्ष पुरानो अमूल्य सुनौलो हेलमेट

बुखारेस्ट । गत वर्ष नेदरल्यान्ड्सको एक सङ्ग्रहालयबाट चोरी भएको दुई...

युक्रेनमा रूसी आक्रमण, १४ जनाको मृत्यु

युक्रेनमा रूसी आक्रमण, १४ जनाको मृत्यु

युक्रेन । युक्रेनमा भएको पछिल्लो रूसी आक्रमणमा परी कम्तिमा १४...