back
CTIZAN AD

मेयर बालेनको कदम, ४६५ विद्यालयले पठाए १३ हजार विद्यार्थीलाई छात्रवृत्ति दिएको विवरण

वि.सं.२०८० असार ६ बुधवार

846 

shares

काठमाडौं । काठमाडौं महानगर पालिकाभित्र संचालित ५०४ वटा विद्यालयमध्ये ४६५ विद्यालयले १३ हजार विद्यार्थीलाई छात्रवृत्ति दिएको विवरण पठाएका छन् ।

काठमाडौँ महानगरपालिकाको विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ५८ र ५९ एवं काठमाडौँ महानगरपालिका शिक्षा ऐन, २०७५ को दफा ५० अनुसार प्रत्येक विद्यालयमा छात्रवृत्ति वितरण गरेको विवरण उपलब्ध गराउन महानगरले निर्देशन दिएको थियो ।

महानगरले गत जेठ १८ गतेभित्र नियमअनुसार छात्रवृत्ति प्रदान गरेको विवरण उपलब्ध नगराउनेलाई कारबाहीको चेतवानी समेत दिएको थियो । उक्त चेतावनीपछि महानगरभित्र संचालनमा रहेका ५०४ विद्यालय मध्ये ४६५ विद्यालयले १३ हजार विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको विवरण पठाएका थिए ।

महानगर प्रमुख बालेन शाहले हालसम्म विवरण नपठाएका बाँकी विद्यालयहरूलाई १ लाख रुपैयाँसम्म जरिवाना तिराएर थप एकपटक विवरण बुझाउने मौका दिइने बताएका छन् ।

‘त्यसपछि पनि विवरण नबुझाएमा काठमाडौँ महानगरपालिका शिक्षा ऐन, २०७५ को दफा ५७ को उपदफा ४ बमोजिम विद्यालयलाई प्रदान गरिएको अनुमति वा स्वीकृति रद्द गर्ने गरी कारबाही गरिनेछ ।’ मेयर शाहले भनेका छन् ।

 

 

 

 

 

 

 

वि.सं.२०८० असार ६ बुधवार १४:०८ मा प्रकाशित

काठमाडौं महानगरले ७ क्लस्टरमा विभाजन गरी फोहोर व्यवस्थापन गर्ने

काठमाडौं महानगरले ७ क्लस्टरमा विभाजन गरी फोहोर व्यवस्थापन गर्ने

  काठमाडौं । फोहोर नि:शुल्क, सशुल्क, न्यूनीकरण, सिर्जनात्मक पुन: चक्रीय...

लुम्बिनीको बजेट सोमबार

लुम्बिनीको बजेट सोमबार

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४ को...

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

वासिङ्टन  । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ८०औँ जन्मदिनलाई असामान्य...

कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा

कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको १९औँ नगर अधिवेशनले आगामी आर्थिक वर्ष...

अल्लोबाट आत्मनिर्भर बन्दै रुमका महिला

अल्लोबाट आत्मनिर्भर बन्दै रुमका महिला

म्याग्दी । जिल्लाको मालिका गाउँपालिका–२ रुमका महिलाले जङ्गलमा खेर जाने...

पर्सामा एक सय किलो गाँजा पक्राउ

पर्सामा एक सय किलो गाँजा पक्राउ

काठमाडौैँ । जिल्ला प्रहरी कार्यालय पर्सा र सशस्त्र प्रहरी बल...