back
CTIZAN AD

सन्राइज बैंकद्वारा विभिन्न विद्यालयहरुमा प्याड एटिएम हस्तान्तरण

वि.सं.२०८० असार ६ बुधवार

825 

shares

काठमाडौं । सन्राइज बैंकले देशका विभिन्न विद्यालयहरुमा प्याड एटिएम प्रदान गरेको छ ।

देशभर विभिन्न सामाजिक उत्तरदायित्वका कामहरु गर्दै आएको बैंकले महिला स्वास्थ्य र महिलाहरुको सशक्तिकरणको लागि विद्यालयमा अध्ययनरत छात्राहरु तथा कार्यरत महिलाहरुलाई लक्षित गरी प्याड एटिएम प्रदान गरेको हो ।

हाल विद्यालयमा व्यवस्थित शौचालय र स्यानेटरी प्याडको व्यवस्था नहुँदा उनीहरु विद्यालय जान अप्ठेरो मान्ने गरेका समस्यालाई मध्येनजर गर्दै बैंकले विभिन्न विद्यालयहरुमा अटोमेटिड प्याड भेन्डिङ मशिन प्रदान गरेको हो ।

एउटा सिक्का हाल्दा एउटा एबम आउने ब्याट्री ब्याकअप सहितको उक्त मेसिनले छात्राहरु तथा विद्यालयमा कार्यरत महिलाहरुलाई आवश्यक पर्दा सजिलै प्याड लिन सकिने वातावरणको सिर्जना हुने बैंकले बताएको छ ।

बैंकले बुधबार एक कार्यक्रमका बिच काठमाडौँको शान्ति विद्यागृह माध्यमिक विद्यालय, लैनचौरमा एक थान प्याड मसिन र एक थान प्याड डिस्पोजल मेसिन हस्तान्तरण गरेको हो ।

बैंकका सहायक महाप्रबन्धक हरि प्रसाद आचार्यले बैंकका सिएसआर प्रमुख सुमन थापा र कान्तिपथ शाखा प्रमुख अनिल महर्जनको उपस्थितीमा विद्यालयका प्रधानाध्यापक श्रीमती शिव कुमारी बराल घिमिरेलाई उक्त सामान हस्तान्तरण गरेका हुन् । साथै बैंकद्वारा ललितपुर एकान्तकुनास्थित महेन्द्र भृकुटी माध्यमिक विद्यालयमा पनि सो मेसिन हस्तान्तरण गरेको जनाएको छ ।

यसैगरी बैंकले मोलुङ्ग, किन्जा, डुम्रे, देउराली, बाग्लुङ्ग, वालिङ्ग, कावासोती, बर्दिवास, तेह्रथुम, विरेन्द्रनगर लयागतका ठाउँहरुमा उक्त प्याड मसिनहरु हस्तान्तरण गरिसकेको जनाएको छ ।

 

वि.सं.२०८० असार ६ बुधवार १७:१० मा प्रकाशित

‘गूरु आमा’को टाइटल गीत ‘मन मान्दै मानेन’ सार्वजनिक

‘गूरु आमा’को टाइटल गीत ‘मन मान्दै मानेन’ सार्वजनिक

काठमाडौं । भिन्नै कथावस्तुमा आधारित नेपालीकथानक चलचित्र ‘गूरु आमा’को गीत...

कागती पानी : भ्रम की यथार्थ, के-के छन् त यसको फाइदा ?

कागती पानी : भ्रम की यथार्थ, के-के छन् त यसको फाइदा ?

काठमाडौँ । बिहानै खाली पेटमा कागती पानी पिउँदा तौल घट्ने...

‘सामाजिक सञ्जाल प्लेटफर्म सम्पर्क केन्द्र दर्ता नहुँदा पीडितलाई न्याय दिन चुनौती’

‘सामाजिक सञ्जाल प्लेटफर्म सम्पर्क केन्द्र दर्ता नहुँदा पीडितलाई न्याय दिन चुनौती’

काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सामाजिक सञ्जाल प्लेटर्फमहरुको सम्पर्क...

नबिल बैंक १६ स्थानमा सिपमूलक वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम दिँदै

नबिल बैंक १६ स्थानमा सिपमूलक वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम दिँदै

काठमाडौँ । नबिल बैंक लिमिटेडले कृषि व्यवसायमा संलग्न जनशक्तिलाई लक्षित...

रविविरुद्धको रिटमाथिको सुनुवाइ स्थगित

रविविरुद्धको रिटमाथिको सुनुवाइ स्थगित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको...