back
CTIZAN AD

कांग्रेसको नेतृत्वमा अर्को गठबन्धनको तयारी

वि.सं.२०८० असार ६ बुधवार

849 

shares

काठमाडौं । आगामी आर्थिक वर्षको बजेट पारितको प्रक्रियामा रहेकै बखत पृष्ठभूमिमा सरकार ढाल्ने खेलको सुरुवात भएको छ । मुख्यगरी सत्ता गठबन्धनको ठूलो दल नेपाली कांग्रेसबाटै सरकार ढाल्ने खेलको प्रारम्भ भएको हो । सत्ता गठबन्धनका तीन दल र विप्लव नेतृत्वको नेकपा मिलेर समाजवादी मोर्चा गठन गरिरहँदा पृष्ठभूमिमा कांग्रेस नयाँ सरकार गठनको खेलमा लागेको हो ।

अहिले कांग्रेस सभापति शेरबहादुर देउवा सिंगापुरमा छन् । उपचारको नाममा एक साताका लागि सिंगापुर पुगेका देउवा नयाँ सरकार निर्माणको कसरतमा जुटेको चर्चा कांग्रेसभित्रै चलेको छ । उसो त कांग्रेसभित्रबाटै पनि कतिपयले सरकारको विकल्प खोज्न ढिला सार्वजनिकरुपमै पनि अभिव्यक्ति दिइरहेका छन् । अहिलेको गठबन्धनले राजनीतिक स्थिरता नदिने र मुलुकले चाहेको प्रगति पनि नहुने उनीहरुको टिप्पणी छ ।

कांग्रेस नेता डा. दामोदर भुसाल कांग्रेस र एमाले मिलेर देशलाई निकास दिनुपर्ने बताउँछन् । अहिलेको गठबन्धनले राजनीतिक स्थिरता नदिने हुनाले सरकार परिवर्तन गर्न ढिला गर्न नहुने उनको भनाई छ ।

“व्यवस्थाको भावनाअनुसारको व्यवहार गर्न जरुरी देखियो । त्यो अवसरबाट हामी एक कदम चुकिसकेका छौं, अब अगाडिको बाटो के त भन्ने सन्दर्भ उठेको छ”, उनले भनेका छन्, “एमाले र माओवादीसहितको गठबन्धन पनि हेर्‍यौं, अहिलेको गठबन्धन पनि हेर्‍यौं, अब एमाले र कांग्रेससहितको स्थिर सरकार दिने पहल हुनुपर्छ ।”

अहिले प्रमुख प्रतिपक्षी एमाले पनि प्रचण्ड नेतृत्वको सरकारको विस्थापन जुनसुकै रुपमा हुनुपर्ने देखिन्छ । एमालेले पनि दुई मुख्य दल मिलेर देशलाई निकास दिनुपर्ने बताइरहेको छ । एमालेका सचिव योगेश भट्टराई अहिलेको अवस्थाबाट मुलुकले निकास पाउनु अनिवार्य रहेको बताउँछन् । मुख्य दल मिल्नुपर्ने अवस्थाको सिर्जना भएको उनको भनाई छ ।

“अहिलेको परिस्थितिबाट मुलुकले निकास पाउनैपर्छ, यसको निकास मुख्य शक्ति मिलेरै हुन्छ”, संघीय संसद् भवनमा सञ्चारकर्मीहरुसँगको काराकानीमा उनले भनेका छन्, “कांग्रेस र एमाले मिलेर निकास दिन नहुने भन्ने छैन ।”

कांग्रेस सभापति देउवा सिंगापुरबाट फर्किए लगत्तै कांग्रेस र एमालेबीच समीकरण निर्माण भइ सरकार गठनको प्रक्रिया सुरु हुने कतिपयले बताउन थालेका छन् । एमालेका अर्का नेता तथा सचेतक महेश बर्तौला पनि सरकारको आयु प्रत्येक एक दिनका लागि भएको बताउँछन् ।

“यदि एमालेले चाहने हो भने सरकार ढाल्न बेर लाग्दैन, कुनै मोर्चाले रोक्दैन, यो सरकारको आयु एक दिनका लागि हो” बर्तौलाले भनेका छन् ।

मोर्चा गठन गरेर सुरक्षित भइन्छ भन्ने सपना देखेको भएपनि त्यस्तो नरहेको उनको टिप्पणी छ । उनले मोर्चाकै कारण सत्ता गठबन्धनभित्रै थप अविश्वासको अवस्था पनि सिर्जना भएको र विग्रह सुरु भएको बताए ।

अहिले संसदमा कांग्रेससँग ८८ र एमालेसँग ७८ सिट छ । दुई पार्टी मिलेमा सहजै बहुमत १६६ सिट पुग्छ । दुई पार्टी मिल्दा अन्य दललाई सहभागि गराउन पर्दैन ।

उसो त एमाले र समाजवादी मोर्चालाई बाहिरै राखेर पनि सरकार गठन गर्न कांग्रेसलाई सहज नै देखिन्छ । कांग्रेसले २१ सिट भएको रास्वपा, १४ सिट भएको राप्रपा, ६ सिट भएको जनमत, ४ सिट भएको लोसपा, ४ सिट भएको नागरिक उन्मुक्ति र केही स्वतन्त्र सांसदलाई आफ्नो पक्षमा ल्याएमा पनि बहुमत जुट्छ ।

घटनाक्रमले कांग्रेस आफ्नै नेतृत्वमा सरकार गठन गर्ने दिशामा लागेको देखिन्छ । रहस्यमा लुकेको सम्भावना देउवाको स्वदेश फिर्तिसँगै उद्घाट हुनसक्नेछ ।

वि.सं.२०८० असार ६ बुधवार १८:२० मा प्रकाशित

‘गूरु आमा’को टाइटल गीत ‘मन मान्दै मानेन’ सार्वजनिक

‘गूरु आमा’को टाइटल गीत ‘मन मान्दै मानेन’ सार्वजनिक

काठमाडौं । भिन्नै कथावस्तुमा आधारित नेपालीकथानक चलचित्र ‘गूरु आमा’को गीत...

कागती पानी : भ्रम की यथार्थ, के-के छन् त यसको फाइदा ?

कागती पानी : भ्रम की यथार्थ, के-के छन् त यसको फाइदा ?

काठमाडौँ । बिहानै खाली पेटमा कागती पानी पिउँदा तौल घट्ने...

‘सामाजिक सञ्जाल प्लेटफर्म सम्पर्क केन्द्र दर्ता नहुँदा पीडितलाई न्याय दिन चुनौती’

‘सामाजिक सञ्जाल प्लेटफर्म सम्पर्क केन्द्र दर्ता नहुँदा पीडितलाई न्याय दिन चुनौती’

काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सामाजिक सञ्जाल प्लेटर्फमहरुको सम्पर्क...

नबिल बैंक १६ स्थानमा सिपमूलक वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम दिँदै

नबिल बैंक १६ स्थानमा सिपमूलक वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम दिँदै

काठमाडौँ । नबिल बैंक लिमिटेडले कृषि व्यवसायमा संलग्न जनशक्तिलाई लक्षित...

रविविरुद्धको रिटमाथिको सुनुवाइ स्थगित

रविविरुद्धको रिटमाथिको सुनुवाइ स्थगित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको...