back
CTIZAN AD

सामसङले ल्यायो आफ्ना ग्राहकका लागि नयाँ अफर

वि.सं.२०८० असार ७ बिहीवार

756 

shares

काठमाडौं । सामसङले आफ्ना उपभोक्ताहरुका लागि शून्य प्रतिशत ब्याजदर रहेको वित्तीय सुविधायुक्त नयाँ अफर ‘इन्स्टा फाइनान्स’ प्रारम्भ गरेको छ ।

यो योजना २५ हजार रुपैयाँभन्दा बढी मूल्यका सामसङ स्मार्ट फोन खरिद गर्ने ग्राहकहरूका लागि लागू गरिएको कम्पनीले पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ ।

यो पहलको उद्देश्य भनेको नै नेपालभरका ग्राहकहरूले सजिलैसँग आफ्नो चाहना बमोजिमको स्मार्ट फोन किन्न सक्षम भई वित्तीय समावेशीकरणमा सहयोग पु¥याउनु रहेको कम्पनीको भनाइ छ ।

सामसङ नेपालका निर्देशक प्रणय रत्न स्थापितले भने, ‘सामसङ आफ्नो ग्राहकहरू कै कारणले यहाँसम्म पुग्न सफल भएको हो भन्नेमा विश्वास गर्दछौँ, हामी उनीहरूको आवश्यकता र जरुरतहरूलाई बुझ्दछौँ, त्यसैले हामी हाम्रो उत्कृष्ट उत्पादनहरू र सेवाहरू उपलब्ध गराउने गर्दछौँ, हामीले ल्याएको इन्स्टा फाइनान्स त्यस्तै एउटा मुख्य पहल हो, सासमङ इन्स्टा फाइनान्स ग्राहक केन्द्रित रहेको छ जसले ग्राहकहरूलाई सहजतापूर्वक सामसङको नवीनतम अत्याधुनिक प्रविधिमा अपग्रेड गराउन सक्छ ।’

प्रारम्भमा, सामसङले नेपालका सम्पूर्ण प्रमुख बजारका २०० वटाभन्दा धेरै शोरुमहरुमा यो इन्स्टा फाइनान्स सुविधा उपलब्ध गराउने उनले बताए । यो योजनालाई अर्को महिनासम्ममा आफ्नो नेटवर्कमार्फत बढाउँदै लग्ने योजना सामसङको रहेको छ । सामसङले भनेको छ, ‘यो एक अत्यन्त महत्त्वपूर्ण पहल हो, जुन सामसङ जस्तो स्थापित ब्रान्डले आफ्नो उपकरणहरूलाई सुलभ तरिकाले सबैको पहुँचमा पु¥याउन शुरु गरेको छ, ग्राहकहरू जसले उत्कृष्ट स्मार्टफोनमा आफूलाई अपग्रेड गर्ने सोच बनाइराख्नु भएको छ, उनीहरुका लागि यो एक अत्यन्त सुवर्ण अवसर हो ।’

 

वि.सं.२०८० असार ७ बिहीवार ०८:३७ मा प्रकाशित

सुनचाँदीको मूल्य आज पनि घट्यो

सुनचाँदीको मूल्य आज पनि घट्यो

काठमाडौँ । स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ...

ग्लोबल आइएमई बैंकको नेतृत्वमा सुपर तमोर जलविद्युतमा यी बैंकहरुले लगानी गर्ने

ग्लोबल आइएमई बैंकको नेतृत्वमा सुपर तमोर जलविद्युतमा यी बैंकहरुले लगानी गर्ने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको अगुवाइमा १६६ मेगावाट क्षमताको...

बढी तातो र खडेरीका कारण धानको ब्याड सुक्न थालेपछि किसान चिन्तित

बढी तातो र खडेरीका कारण धानको ब्याड सुक्न थालेपछि किसान चिन्तित

गाईघाट (उदयपुर) । जेठको पहिलो हप्तादेखि अत्यधिक गर्मीसँगै सुक्खा खडेरी...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी...

विदेशबाट फर्केपछि फलफूलखेतीमा लागेका अधिकारीकाे वार्षिक १० लाख आम्दानीको लक्ष्य

विदेशबाट फर्केपछि फलफूलखेतीमा लागेका अधिकारीकाे वार्षिक १० लाख आम्दानीको लक्ष्य

भोजपुर, २३ जेठ – मलेसियामा करिब छ वर्ष रोजगारी गरेर फर्किएका...

आजदेखि लागू हुने गरी अण्डाको नयाँ मूल्य निर्धारण

आजदेखि लागू हुने गरी अण्डाको नयाँ मूल्य निर्धारण

नारायणगढ (चितवन) । नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको फार्म समर्थन...