back
CTIZAN AD

कास्की आदर्श समाज कतारले सर्वाधिक राशिको भलिबल प्रतियोगिता गर्दै

वि.सं.२०८० असार ७ बिहीवार

621 

shares

दोहा, कतार । बकर इदको अवसरमा कतारमा सर्वाधिक धन राशिको अन्तर नेपाली खुल्ला पुरुष भलिबल प्रतियोगिता हुनेभएको छ ।

कास्की आदर्श समाज कतारको आयोजना र गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषदको खेलकुद बिभागको सहकार्यमा प्रतियोगिता गर्न लागिएको बुधबार पत्रकार सम्मेलनमा जानकारी गराईएको हो ।

नेपालबाट भलिबल टिमका पूर्व कप्तान सहित राष्ट्रिय खेलाडीको समेत सहभागीता रहने उक्त प्रतियोगिताको प्रथम पुरस्कार ५ हजार रियाल राखिएको छ ।
प्रतियोगिताको दोस्रो पुरस्कार २ हजार पाँच सय, तेस्रो पुरस्कार १ हजार र सान्त्वना ५ सय रहेको छ भने टिम दर्ता शुल्क ५ सय पाच कतारी रियल रहेको छ । प्रतियोगिताको लागि एनसीसी कतारले नगद ३ हजार रियल सहयोग गर्ने भएको छ ।

सनैया लेफ्ट साईडको स्ट्रिट ५४ नम्बरमा २७ जुनमा उद्घाटन गरिने प्रतियोगितामा सहभागी हुन इच्छुक टिमले २५ तारिकभित्र दर्ता गरिसक्नुपर्ने आयोजकले जनाएको छ ।

नेपालबाट पुर्व कप्तान इम रानामगर, बिशाल बिक र मनोज खड्का आउने कास्की आदर्श समाजका उपाध्यक्ष एवं भलिबल प्रतियोगिताका संयोजक अमृत विश्वकर्माले जानकारी दिए ।

भलिबल खेललाई ब्यबस्थित र सुरक्षित गर्न प्राथमिक स्वास्थ्य सेवा सहित उल्लेख्य स्वयंसेवकको ब्यवस्थापन गरिएको कास्की आदर्श समाज कतारका अध्यक्ष अग्निधर देवकोटाले बताए । अध्यक्ष देवकोटाले नेपालको राष्ट्रिय खेल भलिबल सबै नेपालीमा लोकप्रिय रहेकोले लामो समय देशको लागि भलिबल खेलेका खेलाडीको सम्मान, यहाँका खेलाडीलाई प्रोत्साहन र प्रतियोगितालाई ब्यवस्थित गर्न नेपाल देखी अनुभवी खेलाडी ल्याउन लागिएको जानकारी दिए ।

कार्यक्रममा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले एनसीसी कतारले दोहाका समाजीक सस्थाले खेलकुद लगायत नेपालीको हितमा गर्ने कुनै पनि कार्यक्रममा आवश्यकता अनुसार सहकार्य र सहयोग गर्ने बताउदै राम्रो योजना लिएर आउन आग्रह गरे ।

पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ शाखा कतारका कार्यबाहक अध्यक्ष दिल कुमार श्रेष्ठ, कास्की आदर्श समाज कतारका संरक्षक बिमल सुवेदी, आश बहादुर गुरुङ, गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारका प्रवक्ता सन्तोष क्षत्री, नेपाली जनसम्पर्क समिती कतारका महामन्त्री केदार भुसाल, गण्डकी प्रदेश समन्वय परिषद कतारका अध्यक्ष सागर पौडेल, लुम्बिनी प्रदेश समन्वय परिषद कतारका सचिव विक्की गैरै,कास्की आदर्श समाज कतारका सल्लाहकार रेशम बस्नेत, जिल्ला सस्थाका अध्यक्ष एवं प्रतिनिधि र विभिन्न सन्चार माध्यममा आवद्ध पत्रकारहरुको उपस्थिति रहेको कार्यक्रमको सञ्चालन कास्की आदर्श समाज कतारका सचिव बिष्णु प्रसाद तिमिल्सिनाले गरेका थिए ।

 

वि.सं.२०८० असार ७ बिहीवार १५:३७ मा प्रकाशित

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी...

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०८३÷८४ को नीति...

बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

पाल्हीनन्दन (नवलपरासी पश्चिम) । बर्दघाट सुस्तापश्चिम नवलपरासी क्षेत्रमा दुई हप्तादेखि...

शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी...

यातायात व्यवसायी भारत भ्रमणमा

यातायात व्यवसायी भारत भ्रमणमा

काठमाडौँ । आधुनिक सार्वजनिक यातायात प्रणालीको विकास गर्ने उद्देश्यले यहाँका...