back
CTIZAN AD

बालेनले बन्द गरेका हिसान शैक्षिक मेला पुनः सञ्चालन हुने

वि.सं.२०८० असार ७ बिहीवार

777 

shares

काठमाडौँ । उच्च अदालत, पाटनको अन्तरिम आदेशका आधारमा उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ नेपाल, (हिसान) र कान्तिपुर पब्लिकेसन्स लिमिटेडको संयुक्त आयोजनामा यही असार ८ गतेदेखि पुनः शैक्षिक मेला (एडुफेयर) हुने भएको छ ।

‘उत्कृष्ट शिक्षा नेपालमै’ भन्ने नाराका साथ आयोजित चारदिने मेलाको पहिलो दिन गत जेठ ३२ गते काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन साहको मौखिक आदेशमा नगर सुरक्षाकर्मीको अवरोध गरेपछि मेला स्थगन भई आयोजक अदालत पुगेका थिए ।

बुधबारको अन्तरिम आदेशसँगै अब मेला असार ८, ९ र १० गते पुनःसञ्चालन हुने आज मेलास्थल भृकुटीमण्डपमा आयोजित पत्रकार सम्मेलनमा हिसानका अध्यक्ष रमेश सिलवालले जानकारी दिए । उनले महानरगको हस्तक्षेप गैह्रकानुनी भन्ने अदालतको व्याख्या आइसकेकाले निर्वाधारुपमा मेला सञ्चालन हुने जनाउँदै अवरोधका कारण भएको आर्थिक र मानसिक क्षतिपूर्तिका लागि अदालतको अन्तिम सुनुवाइ पर्खने उल्लेख गरे ।

विद्यार्थी र अभिभावकको विदेश जाने मोहका कारण ठूलो धनराशि विदेशिएको अवस्थामा नेपालकै उत्कृष्ठ शिक्षालयका बारेमा विस्तृत जानकारी दिन मेला उपयोगी हुने उनको भनाइ छ । एक प्रश्नको जवाफमा उनले मेलाको पहिलो दिन कुनै पनि कलेजले विद्यार्थीको भर्ना लिने वा शुल्क लिने काम नगरेको जिकिर गर्र्दै त्यस्तो पाइए सार्वजनिक गर्न माग गरे ।

महानरपालिकाले लिखित जानकारीबिना एकाएक मेला अवरोध गराइएकोे भन्दै निजी शिक्षा क्षेत्रका संस्थाले ध्यानाकर्षण गराएका थिए । मेलाका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट स्वीकृति लिइएको हिसानले जनाएको छ । मेलामा नेपालमै सञ्चालित शिक्षालयले दिने गुणस्तरीय तथा उत्कृष्ट शिक्षाका बारेमा सत्य, तथ्य र यथार्थ जानकारी र परामर्श दिइने मेलाका संयोजक टङ्कराज आचार्यले जानकारी दिए ।

मेलामा विद्यालय तहका संस्था, काठमाडौँ विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को सम्बन्धमा सञ्चालित ७५ भन्दा बढी संस्थाको सहभागिता रहने र दुई लाखभन्दा बढीले अवलोकन गर्ने जनाइएको छ । मेलामा प्रवेश निःशुल्क गरिएको छ भने एक हजारभन्दा बढी विद्यार्थीका लागि पूर्ण र आंशिक छात्रवृत्तिको व्यवस्था गरिएको उनले बताए ।

सभामुखले उद्घाटन गरेको शैक्षिक मेला बालेनले बन्द गरिदिएपछि…

 

वि.सं.२०८० असार ७ बिहीवार १५:४७ मा प्रकाशित

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले...

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

काठमाडौं । राहदानी विभागमा हाल करिब एक महिनालाई मात्र पुग्ने...

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी...

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०८३÷८४ को नीति...