back
CTIZAN AD

वडाध्यक्षलाई कारबाही गर्न गाउँपालिकाको पत्राचार

वि.सं.२०८० असार ८ शुक्रवार

810 

shares

दाङ । दाङको शान्तिनगर गाउँपालिकाले वडा नं २ का वडाध्यक्ष सुनिल वलीलाई कारबाही गर्न पत्राचार गरेको छ । वलीले कर्मचारीमाथि हातपात गरेको भन्दै जिल्ला प्रशासन कार्यालय दाङसँग कारबाहीका लागि पत्राचार गरिएको हो ।

कर्मचारीमाथि हातपात गरेको आरोपमा वलीलाई कानुनी कारबाहीको माग गरी बिहीबार पत्राचार गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्ली खड्काले जानकारी दिए । उनले जिल्ला प्रशासन कार्यालयमा पत्र पठाएर कारबाहीको माग गरेका हुन् ।

वडाध्यक्ष वलीले बिहीबार दिउँसो शान्तिनगर गाउँपालिकाको कार्यालयमा प्रवेश गरी शिक्षा अधिकृत सुमन पाण्डेलाई हातपात गरेको खड्काले जानकारी दिए।

खड्काका अनुसार वडाध्यक्ष वली स्थानीय शिक्षा शाखामा प्रवेश गरी एक आयोजनाको फाइल माग गरेपछि सो विषयमा विवाद उत्पन्न भएको थियो । त्यसलगत्तै वडाध्यक्ष वलीले त्यहीँ रहेका शिक्षा अधिकृत पाण्डेलाई हातपात गरेका थिए ।

वि.सं.२०८० असार ८ शुक्रवार १४:४८ मा प्रकाशित

लुम्बिनीको बजेट सोमबार

लुम्बिनीको बजेट सोमबार

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४ को...

पानी नपर्दा धानको ब्याड राख्न ढिलाइ

पानी नपर्दा धानको ब्याड राख्न ढिलाइ

राँझा (बाँके) । जेठ महिनाको अन्त्य हुँदा पनि पर्याप्त पानी...

कावासोती खानेपानीको सचिवमा रमाकान्त काफ्लेको उम्मेदवारी घोषणा

कावासोती खानेपानीको सचिवमा रमाकान्त काफ्लेको उम्मेदवारी घोषणा

कावासोती । कावासोती खानेपानी तथा सरसफाइ संस्थाको आगामी निर्वाचनका लागि...

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

तानसेन (पाल्पा) । उन्नत जातका धान उत्पादनमा किसानहरुको आकर्षण बढेको...

घाँस आम्दानीको राम्रो स्रोत

घाँस आम्दानीको राम्रो स्रोत

देउखुरी (दाङ) । दाङका किसान वर्सिम घाँसखेती गर्न आर्कषित भएका...

जनज्योति माविबाट ४० जना स्काउट विद्यार्थी दीक्षित

जनज्योति माविबाट ४० जना स्काउट विद्यार्थी दीक्षित

देवचुली नगरपालिका–१५ स्थित जनज्योति माध्यमिक विद्यालयमा ‘जनज्योति स्काउट ट्रुप’को आयोजनामा...