back
CTIZAN AD

गुल्मीका बाह्र पालिकामा १६ करोड बढी बजेट कटौती, कुन पालिकाको कति कटौती ?

वि.सं.२०८० असार ८ शुक्रवार

918 

shares

तम्घास । गुल्मीका १२ पालिकामा १६ करोडभन्दा बढी बजेट कटौती भएको छ । सङ्घीय सरकारले वित्तीय समानीकरण अनुदानअन्तरगत बजेट कटौती गर्दा जिल्लाका पालिकाहरुमा रु १६ करोड १७ लाख ५० हजार बजेट कटौती भएको कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख छविन्द बेल्वासेले जानकारी दिए । दुई नगरपालिका र १० गाउँपालिका गरी १२ पालिका रहेको गुल्मीमा सबैभन्दा धेरै रेसुङ्गा नगरपालिकामा रु एक करोड ६३ लाख ८७ हजार पाँच सय बजेट कटौती भएको छ ।

त्यस्तै मुसिकोट नगरपालिकामा रु एक करोड ५९ लाख ५० हजार बजेट कटौती गरिएको छ । गाउँपालिकामध्ये इस्मामा रु एक करोड २६ लाख ५० हजार, गुल्मी दरबारमा रु एक करोड ३३ लाख २५ हजार, कालीगण्डकीमा रु एक करोड १९ लाख ७५ हजार, चन्द्रकोटमा रु एक करोड ३२ लाख ८७ हजार पाँच सय बजेट कटौती भएको छ ।

त्यसैगरी छत्रकोटमा रु एक करोड ३१ लाख २५ हजार, धुर्कोटमा रु एक करोड ३३ लाख ७५ हजार, मदानेमा रु एक करोड २९ लाख ८७ हजार, मालिकामा रु एक करोड २८ लाख ७५ हजार, सत्यवतीमा रु एक करोड ३६ लाख ६२ हजार पाँच सय र रुरुक्षेत्रमा रु एक करोड २१ लाख ५० हजार बजेट कटौती भएको कोष तथा लेखा नियन्त्रक बेल्वासेले जानकारी दिए ।

रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले सङ्घीय सरकारले बजेट कटौती गर्दा कार्यसम्पादनमा समस्या परेको बताए । धुर्कोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानुराम पन्थीले बजेट कटौतीले सम्झौता गरिएका योजना समयमै भुक्तान दिन नपाएको गुनासो गरे । “बजेट आउँछ भनेर योजना सम्झौता भयो, योजना कार्यान्वयन पनि भए तर बजेट नआउने भयो”, उनले भने, “त्यस्ता योजनाहरुको भुक्तानी आगामी आर्थिक बर्षमा दिन्छौ ।”रासस

 

वि.सं.२०८० असार ८ शुक्रवार १५:५२ मा प्रकाशित

बिपी राजमार्गको रोशी क्षेत्रमा सवारी आवागमन बन्द

बिपी राजमार्गको रोशी क्षेत्रमा सवारी आवागमन बन्द

काभ्रेपलाञ्चोक । सम्भावित जोखिमलाई मध्यनजर गर्दै बिपी राजमार्गमा आज मध्याह्न...

एमाले अध्यक्ष ओलीको आग्रह : ‘एकताबद्ध भएर जनतामाझ जानुस्’

एमाले अध्यक्ष ओलीको आग्रह : ‘एकताबद्ध भएर जनतामाझ जानुस्’

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले...

अतिक्रमित संरचना हटाइयो

अतिक्रमित संरचना हटाइयो

गण्डकी । सरकारी जग्गा अतिक्रमण गरेर बनाइएका संरचना हटाइएपछि पोखरा...

प्रधानमन्त्री बालेनको सिफारिसमा गुरुङ गृहमन्त्री र पुन विज्ञान मन्त्री बन्दै, शपथको लागि शितल निवास पुगे

प्रधानमन्त्री बालेनको सिफारिसमा गुरुङ गृहमन्त्री र पुन विज्ञान मन्त्री बन्दै, शपथको लागि शितल निवास पुगे

काठमाडौँ । प्रधानमन्त्री बालेन शाह(बालेन)को नेतृत्वमा रहेको वर्तमान मन्त्रिपरिषद् आज...

आगलागीबाट १२ घर नष्ट

आगलागीबाट १२ घर नष्ट

राजविराज (सप्तरी) । सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–५ मा आज भएको...

बिरुवा बेचेर वार्षिक ३० लाख कमाउँदै बाङदेल

बिरुवा बेचेर वार्षिक ३० लाख कमाउँदै बाङदेल

फिक्कल (इलाम) । इलामको माङसेबुङ गाउँपालिका–२ इभाङका किसान राजेशकुमार बाङदेलको...