back
CTIZAN AD

रुसविरुद्ध विद्रोहको प्रयास असफल

वि.सं.२०८० असार १० आइतवार

837 

shares

काठमाडौं । वाग्नर समूहका लडाकुहरूले रुसविरुद्ध गरेको विद्रोहको प्रयास असफल भएको छ । विद्रोहको घोषणा गरेको २४ घण्टाभित्रै वाग्नर समूह पछि हटेको छ ।

विद्रोह असफल भएपछि वाग्नर समूहका प्रमुख येभगेनी प्रिगोजिन बेलारुस लागेका छन् । उनले यसअघि नै रक्तपातबाट बच्न आफ्ना लडाकुहरूलाई युक्रेन फर्कन आग्रह गरेका थिए। योसँगै रसियामा नाटकीय रुपमा सुरु भएको विद्रोहको प्रयास पनि अन्त्य भएको मानिएको छ ।

वाग्नर पैसाका लागि लड्ने भाडाको निजी सैन्य समूह हो । हालसम्म युक्रेन युद्धमा वाग्नर समूहका लडाकूहरू रुसी सेनासँग मिलेर लडिरहेका थिए ।

तर, युक्रेनविरुद्धको लडाइँकै बीच रुसी सेना र वाग्नर समूहबीच मतभेद सिर्जना भएको थियो । वाग्नरका प्रमुख प्रिगोजिनले पछिल्ला समयमा रुसको सैन्य नेतृत्वको खुलेर आलोचना गर्ने गरेका थिए ।

यसबीचमा शनिवार वाग्नर र रुसी सेनाबीचको तनाव बाहिर आएको थियो । ​वाग्नरका लडाकूहरू युक्रेनमा रहेको आफ्नो शिविरबाट बाहिर निस्केर दक्षिणी शहर रोस्तोभ–अन–डोन पुगे र रूसी सेनाको दक्षिणी कमान्डको मुख्यालय कब्जा गरे। त्यहाँबाट उनीहरू रुसको राजधानीतर्फ पनि अघि बढ्न थालेको खबर आएको थियो ।

दक्षिणी कमाण्डको मुख्यालय कब्जापछि वाग्नर समूह उत्साहित बनेको थियो भने मस्कोमा त्रास सिर्जना भएको थियो । मस्कोमा उच्च सुरक्षा व्यवस्था गरिएको थियो भने स्थानीयलाई बाहिर निस्कन रोकिएको थियो ।

बेलारुसको पहलपछि रोकियो तनाव

वाग्नर समूह मस्कोतर्फ अगाडि बढ्दै बढ्दै गर्दा चेचन्याको विशिष्ट सैन्य बल पनि मस्कोतर्फ अगाडि बढ्दै गरेको रिपोर्टहरु आए । वाग्नर समूहसँग चेचन्या लडाकु भिड्ने समाचार बाहिरियो ।

राष्ट्रपति पुटिनले पनि वाग्नर समूहलाई दुस्साहसको जवाफ कडा पाउने चेतावनी दिए । तनाव उच्च रहेकै अवस्थामा एक्कासी शनिबार साँझ स्थितिलाई नियन्त्रण लिने सहमति भएको विषय बाहिरियो । रुसको टेलिभिजनले युद्ध नहुने सन्देश दियो ।

बेलारुसका नेता अलेक्जेन्डर लुकाशेन्को र वाग्नर समूह प्रमुख प्रिगोजिनबीचको लामो संवादपछि युद्ध नगर्ने सहमति भयो । साथै, रुसले कुनै पनि मुद्दा नलगाउने सहमति पनि भयो । जसपश्चात येभगेनी प्रिगोजिनले एक विज्ञप्ति जारी गर्दै रक्तपात रोक्न पछि हटेको सन्देश दिए । बीबीसीको सहयोगमा

वि.सं.२०८० असार १० आइतवार १२:५९ मा प्रकाशित

बंगलादेशी राजदूतद्वारा वार्षिक नेपाल-बंगलादेश सांस्कृतिक आदानप्रदान कार्यक्रमको प्रस्ताव

बंगलादेशी राजदूतद्वारा वार्षिक नेपाल-बंगलादेश सांस्कृतिक आदानप्रदान कार्यक्रमको प्रस्ताव

काठमाडौँ ।– नेपालका लागि बंगलादेशी राजदूत महामहिम मोहम्मद शफिकुर रहमानले...

तीन दिनदेखि हराएका साढे दुई वर्षीय बालकको जंगलबाट सकुशल उद्धार

तीन दिनदेखि हराएका साढे दुई वर्षीय बालकको जंगलबाट सकुशल उद्धार

नवलपुर । पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका–१४, भागरबाट हराएका साढे दुई...

५० वर्षको नाडा अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश

५० वर्षको नाडा अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश

काठमाडौं। नेपाली अटोमोबाइल बजारमा नाडा अटो शो एउटा प्रदर्शनी मात्र...

नेपाल आइपुग्यो Sierra.ev: अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित सार्वजनिक हुँदै

नेपाल आइपुग्यो Sierra.ev: अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित सार्वजनिक हुँदै

काठमाडौँ | भारतीय अटोमोबाइल बजारमा आफ्नो उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि...

बागमतीमा राप्रपाबाट तीन मन्त्री बन्दै,

बागमतीमा राप्रपाबाट तीन मन्त्री बन्दै,

हेटौंडा । बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेसँगै...

सात हजार कुखुराको ‘पोष्टमार्टम – १० रोगको पहिचान

सात हजार कुखुराको ‘पोष्टमार्टम – १० रोगको पहिचान

चितवन । यहाँ रहेको राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाले एक...